Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

सुमार्गीको घरमा प्रचण्डको खाना

मकवानपुर । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कात्तिक २२ गते दिउँसोे नवउद्योगपति अजय सुमार्गीको हेटौंडास्थित घरमा खाना खाएर काठमाडौं फर्किएका छन्। एकीकृत नेकपा माओवादी मधेशी राष्ट्रिय मुक्ति मोर्चा क्रान्तिकारीको वीरगञ्ज सम्मेलनको कार्यक्रम सकेर राजधानी फर्कने क्रममा अध्यक्ष प्रचण्ड करिब दुई घण्टा सुमार्गीको हेटौंडा–४ मा रहेको सुमार्गी कम्प्लेक्समा बसेका थिए। प्रचण्डको टोलीका लागि उद्योगपति सुमार्गीले खानाको व्यवस्था गरेका थिए। स्थानीय तहमा कसैलाई पनि जानकारी नदिई प्रचण्ड सुमार्गीको घरमा खाना खान पसेका थिए। प्रचण्डसँग सीपी गजुरेल 'गौरव' समेत रहेका थिए। अध्यक्ष प्रचण्ड निजी सुरक्षासहित करिब १२ बजेतिर त्यहाँ पुगेका थिए। अर्को गाडीमा आएका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश' भने सुमार्गीकहाँ नपसी सीधै चितवनतर्फ लागेका थिए। प्रचण्ड आइपुगेको थाहा पाएपछि सुमार्गी कम्प्लेक्समा आइपुगेका कार्यकर्ताहरूमध्ये थोरैलाई मात्र भुइँतल्लामा प्रवेश दिइएको थियो भने अन्यलाई प्रवेश निषेध गरिएको थियो। मकवानपुरका सभासद्हरू दिलबहादुर घिसिङ, प्रेमबहादुर पुलामी, वाईसीएल जिल्ला अध्यक्षलगायतका व्यक्तिले अध्यक्ष प्रचण्डलाई भेट्न पाए पनि अन्य कार्यकर्ताहरूले भने नरमाइलो मानेका थिए।

No comments: