Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

माओवादी महासचिवलाई खुर्दलोटनमा भारतीय सुरक्षाकर्मीद्वारा अवरोध

काठमाडौँ, पुस २८ - चौथो चरणको आन्दोलन अन्तर्गत सीमा क्षेत्र निरीक्षण गर्ने क्रममा रुपन्देहीको खुर्दलोटन बाँध क्षेत्र पुगेका एकीकृत माओवादीका महासचिव रामबहादुर थापासहितको टोलीलाई भारतीय सीमा सुरक्षा बलले अवरोध पुर्‍याएको छ। एभिन्युज टेलिभिजनले जनाए अनुसार एसएसबीले टोलीलाई बाँध निरीक्षण गर्न नदिई सञ्चारकर्मीलाई समेत दुर्व्यवहार गरेका थिए। माओवादीसहितको टोली आउने थाहा पाएपछि दसगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको उपस्थिति बढाइएको थियो। अवरोधपछि थापासहितको टोलीले नेपाली भूमिबाट बाँधको अवलोकन गरेको थियो।  

सरकारले निर्णय नदिएर बेइजिङ ओलम्पिकमा जान पाइनँ : राष्ट्रपति

काठमाडौं, पुस २८- भारतको दबाबका कारण विश्व ओलम्पिकमा भाग लिन चीन नगएको भनी तत्कालीन प्रधानमन्त्री तथा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले लगाएको लाञ्छनाप्रति राष्ट्रपति रामवरण यादवले आपत्ति प्रकट गरेका छन्। छिमेकी मित्रराष्ट्रमा भइरहेको ऐतिहासिक विश्व खेलको उदघाटन (वा समापनमा) सहभागी हुन आफू इच्छुक रहँदारहँदै तत्कालीन सरकारले कुनै निर्णय नगरिदिएको गुनासो समेत उनले गरेका छन्। 'मेरो भ्रमणको निर्णय म आफैंले गर्ने होइन, सरकारले गर्ने हो,' राष्ट्रपति यादवले सोमबार नागरिकसँग संक्षिप्त कुराकानी गर्दै भने, 'सरकारले मलाई कुनै निर्णय नदिइरहेको बेला (तत्कालीन) प्रधानमन्त्री (दाहाल) आफैं बेइजिङ जाने भन्ने समाचारले म आश्चर्यचकित भएको थिएँ।' यादवका अनुसार, ओलम्पिक उद्घाटनअघि विश्व ओलम्पिक कमिटीले उनलाई निमन्त्रणा दिएको थियो। कमिटीको निमन्त्रणामा जाने कि चीन सरकारबाटै निमन्त्रणामा आउँछ भन्नेबारे राष्ट्रपति कार्यालयले परराष्ट्र मन्त्रालयसँग सम्पर्क गरिरहेको थियो।


बेइजिङस्थित नेपाली राजदूतमार्फत चीन सरकार नेपालका प्रथम राष्ट्रपतिलाई निमन्त्रित गर्न इच्छुक रहेको जानकारीसमेत राष्ट्रपति कार्यालयले पाएको थियो। 'म आफैं ओलम्पिकका लागि चीन भ्रमण गर्न उत्सुक थिएँ,' यादवले भने, 'तर प्रधानमन्त्री (दाहाल)ले एकाएक विमानस्थलबाट फोन गरी आफू बेइजिङ जान लागेको भनेर टेलिफोन गरेपछि म छक्क परेँ।' प्रधानमन्त्रीले विदेश भ्रमण गर्नुअघि राष्ट्रपतिलाई शिष्टाचार भेट गरी 'ब्रिफिङ' गर्ने चलन बसाल्ने राष्ट्रपति कार्यालयको चाहना थियो। तर तत्कालीन प्रधानमन्त्री दाहालले विमानस्थलबाट फोन गरी 'राष्ट्रपतिज्यू, म ओलम्पिकका लागि चीन जान लागेँ, तपाईंसँग भेटघाटका लागि समय पाउन सकिन, यसबीच कोशी (बाढी पीडित क्षेत्र) भ्रमणमा व्यस्त भएँ' भन्ने जानकारी दिए।

'चीन सरकारको निमन्त्रणा आउँदैछ भन्ने मलाई जानकारी आएको थियो, म सरकारको निर्णय पर्खिरहेको थिएँ,' राष्ट्रपति यादवले भने, 'राष्ट्रपतिलाई पनि निमन्त्रणा आएको हुनाले बेइजिङ को जाने भन्नेबारे प्रधानमन्त्रीले मसँग दुई चार शब्द सोध्नुहुन्छ भन्ने लागेको थियो तर तर शपथ लिएको केही दिनमै प्रधानमन्त्रीले आफैं बेइजिङ जान लागेको भनेर मलाई विमानस्थलबाट फोन गर्नुभयो, म छक्क परेको थिएँ।' चीनले नेपालबाट राष्ट्रपति वा प्रधानमन्त्रीको उपस्थिति ओलम्पिक उद्घाटन वा समापनका लागि अपेक्षा गरेको थियो। उद्घाटनका बेला नेपालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए। उनले स्वास्थ्यका कारण आफू सहभागी हुन नसक्ने जानकारी दिएका थिए।


संविधानसभा निर्वाचनको चार महिनासम्म पनि माओवादी नेतृत्वमा सरकार गठन गर्न नदिइएको भन्दै माओवादीले दबाब दिइरहेको थियो। तत्कालीन प्रधानमन्त्री कोइराला सार्क शिखर सम्मेलनमा भाग लिई श्रीलंकाको राजधानी कोलम्बोबाट फर्किने क्रममा एक दिन नयाँ दिल्ली बसी भारतीय प्रधानमन्त्री मनमोहन सिंह र सत्तारूढ गठबन्धनकी नेतृ सोनिया गान्धीसँग भेटेका थिए।

त्यसपछि माओवादीले कोइराला सत्ता छाड्न अनिच्छुक रहेको भन्दै तत्काल संसदबाट प्रधानमन्त्रीको निर्वाचनका लागि तारताकेता गरिरहेको थियो। कोइराला भने संक्रमणकालमा संसदको बहुमतभन्दा पनि सहमतिय प्रणालीबाट चल्नुपर्ने धारणासाथ आफ्नै नेतृत्वको सरकार जारी राख्ने पक्षमा थिए।

राष्ट्रपति यादवले प्रधानमन्त्रीको निर्वाचनका बेला हत्तपत्त बेइजिङ उड्दा नयाँ सरकार बनाउन राष्ट्रपतिले आलटाल गरे भन्ने आलोचना आउनसक्ने अवस्था अनुमान गर्दै थिए। उपराष्ट्रपति परमानन्द झा हिन्दीमा शपथ लिएपछि विवादमा आइसकेका थिए। राष्ट्रपति भने संविधानसभा निर्वाचनपछिको पहिलो गणतान्त्रिक सरकार गठन प्रक्रियाबारे संविधानविद्हरूसँग छलफलमा व्यस्त थिए। ओलम्पिक समाचारका लागि बेइजिङमा रहेको यस संवाददातालाई ओलम्पिक उद्घाटनको पूर्वसन्ध्यामा बेइजिङस्थित नेपाली राजदूत टंक कार्कीले राष्ट्रपतिका लागि एउटा पाँचतारे होटलको 'स्वीट् रूम' हेरिसकेको बताएका थिए। उनी काठमाडौंमा सरकारको निर्णय प्रतीक्षा गर्दै थिए।

दाहालले राष्ट्रपति यादव भारतको दबाबमा बेइजिङ ओलम्पिकमा जाने हिम्मत नगरेको भनेर दोस्रोपल्ट सोमबार महेन्द्रनगरमा पनि भाषण गरेपछि राष्ट्रपतिले आपत्ति प्रकट गरेका हुन्। दाहालले आमसभालाई सम्बोधन गर्दै भनेका थिए, 'तपाईंहरूलाई लाग्छ राष्ट्रपति सञ्चो नभएर चीन नगएका हुन् वा चीन मन नपरेर ओलम्पिकमा भाग लिन नगएका हुन्? होइन, आकाशबाणी (भारत)बाट आयो, तँ नजा भनेर अनि उनी गएनन्, मलाई पनि त्यस्तो आकाशबाणी आएको थियो तर मैले त्यो आकाशबाणी त्यतै फर्काइदिएँ।' दाहालले यसअघि काठमाडौंको नयाँ बानेश्वरमा पार्टीको भव्य आमसभामा पनि राष्ट्रपति भारतको दबाबका कारण बेइजिङ नगएको आरोप लगाएका थिए। 'यस भनाइप्रति मेरो आपत्ति छ, मैले आफू जान चाहँदा चाहँदै सरकारले निर्णय गरिदिएन, अहिले उल्टै मलाई दोष लगाउनु कति उचित हुन्छ?' राष्ट्रपति यादवले भने, 'त्यतिबेला प्रधानमन्त्रीले विमानस्थलबाट फोन गरेपछि मैले भन्नैपर्‍यो,' 'ल तपाईंलाई शुभयात्रा छ, नेपाल र चीनबीचको घनिष्ट छिमेकी सम्बन्धलाई तपाईंको भ्रमणले अझ उचाइमा पुर्‍यायोस् भन्ने म शुभकामना दिन्छु।' 

थ्री इडियट्सलाई दस अवार्ड


मुम्बई, पुस २७ (एजेन्सी)- बलिउडको प्रतिष्ठित स्क्रिन अवार्डमा राजकुमार हिरानीको फिल्म 'थ्री इडियट्स'ले
उत्कृष्ट फिल्मसहित १० अवार्ड पाएको छ। २१ विधामा मनोनित यो फिल्मले निर्देशक (राजकुमार हिरानी), लोकप्रिय अभिनेत्री (करिना कपुर), हास्य कलाकार नयाँ अभिनेता (ओमी वैद्य), खलपात्र (बोमन इरानी) सम्पादन (राजकुमार हिरानी)को अवार्ड पायो। यो फिल्मले पटकथा, कोरियोग्राफी संवादको पनि अवार्ड पायो। फिल्म 'पा'मा गरेको १३ वर्षीय बालकको चरित्रका लागि अमिताभ बच्चनले उत्कृष्ट अभिनेताको अवार्ड पाए। यसै फिल्मका लागि विद्या बालान उत्कृष्ट अभिनेत्री अरुन्धती नाग सहअभिनेत्री घोषित भए। यो फिल्ममा मुख्य भूमिकामा अभिनय गरेका बाबुछोराको जोडी अमिताभ-अभिषेकले दशककै सबभन्दा राम्रो जोडीको पनि अवार्ड पायो।  लोकप्रिय अवार्डबाट भने शाहिद कपुर करिना कपुरलाई पुरस्कृत गरियो। वर्षभरिका लोकप्रिय अभिनेताको अवार्ड शाहिदले 'कमिने'का लागि करिनाले 'थ्री इडियट्स'का लागि पाए। सहअभिनेताको अवार्ड 'लभ आजकल'का लागि ऋषि कपुरलाई दिइयो। यो फिल्म उत्कृष्ट कथा, गीत गायक (राहत फतेहअलि खान) विधामा अब्बल ठहरियो।  नयाँ निर्देशकको अवार्ड 'फिराक'का लागि नन्दिता दास, नयाँ अभिनेत्रीको अवार्ड 'देव डी'का लागि माही गिललाई प्रदान गरियो। 'देव डी' कै लागि राजीव रविले उत्कृष्ट सिनेम्याटोग्राफरको अवार्ड हात पारे। 'दिल्ली 'मा दिएको संगीतले एआर रहमानलाई संगीतकारको अवार्ड दिलायो।  गायिकाको अवार्ड 'वेक अप सिड'की कविता सेठले पाइन्। क्याट्रिना कैफलाई वर्षभरि सबभन्दा बढी मनोरञ्जन प्रदान गरेकी कलाकार घोषित गरियो।

बाबुराम भूमिगत मोर्चाको तयारीमा

काठमाडौं। जनसेना र हतियार आफ्नो नियन्त्रणमा नआएसम्म अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'साग आत्मसमर्पण गर्नुबाहेक आफ्ना लागि अरु विकल्प नरहेको निष्कर्षमा माओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराई पुगेका छन्। तर जनसेनाभित्र डा.भट्टराईको पक्षमा माहौल बन्न नदिन अध्यक्ष प्रचण्ड सक्रिय देखिएका छन्। जनसेनाभित्र भट्टराईको पक्षमा बन्दै गएको माहौललाई भत्काउन अध्यक्ष प्रचण्डले भारतीय एजेन्टका रूपमा प्रस्तुत गरेको माओवादीका एक केन्द्रीय सदस्यले तरुणलाई बताए। उनका अनुसार डा. भट्टराईलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने दबाब भारतबाट आएको होइन, बरु दसैंअघि नै क्यान्टोनमेन्टमा रहेका जनसेनाको तर्फबाट पार्टी हााक्न प्रचण्ड सक्षम र सरकार हााक्न डा.भट्टराई सक्षम भन्ने सुझाव आएको थियो। उक्त सुझावपछि अध्यक्ष प्रचण्ड सााच्चिकै झस्के। उनले एक महिनाभित्रै सबै क्यान्टोनमेन्टका कमान्डरहरूलाई सरुवा तथा हेरफेर गरी जनसेनालाई आफ्नो पूर्ण नियन्त्रणमा लिए। तर पनि जनसेनाभित्र डा.भट्टराईको पक्षमा भित्रभित्रै माहौल बन्दै गयो। 'नौ महिना सरकार चलाउादा इतिहासमै सफल अर्थमन्त्री सावित भएका कारण पनि डा. भट्टराईलाई प्रधानमन्त्री बनाएर हेर्दा कस्तो होला? भन्ने सोचाइ कार्यकर्तामा जाग्नु स्वाभाविकै हो,' माओवादीका एक केन्द्रीय सदस्यले तरुणलाई बताए। तर डा. भट्टराई प्रधानमन्त्री बन्नु भनेको आफू समाप्त हुनु हो भन्ने कुरा राम्रोसाग बुझेका अध्यक्ष प्रचण्ड भट्टराईलाई भारतीय दलाल सावित गर्ने प्रपञ्चमा लागेका हुन्। बाबुराम भट्टराई प्रधानमन्त्री बनून् भन्ने कुरा भारतीय नेताहरूको मुखबाटै सार्वजनिक गराउने प्रयासमा अध्यक्ष प्रचण्ड केन्द्रित रहे। तर भारतीय नेताहरूको मुखबाट यो कुरा सार्वजनिक भएन। गिरिजाप्रसाद कोइरालासाग वार्ता गर्न दुई महिनाअघि सिंगापुर पुगेका प्रचण्डले भारतीय प्राध्यापक एसडी मुनीलाई भेटे। मुनी डा.भट्टराईका गुरु पनि हुन््। भेटवार्तामा एसडी मुनीले आफ्ना विद्यार्थी डा. भट्टराईको क्षमता माथि तारिफ गर्दै भने– 'यो मान्छेलाई प्रधानमन्त्री बनाउने निर्णय गर्नोस्, तत्काल माओवादीको नेतृत्वमा सरकार बन्छ, होइन भने अब माओवादी सरकारमा पुग्न गाह्रो छ।' यो कुरा सार्वजनिक रूपमा बोलिदिादा आफूलाई सहज हुने प्रस्ताव पनि अध्यक्ष प्रचण्डले एसडी मुनीलाई राखेका थिए। तर उनले मानेनन्। त्यसपछि झन् सशंकित भएका प्रचण्डले स्वदेश फर्केपछि नारायणकाजी श्रेष्ठ, मोहन वैद्यहरूसाग क्यान्टोनमेन्टमात्र डा. भट्टराईको पक्षमा नभएर अन्तर्राष्ट्रिय जगतसमेत उनको पक्षमा भएको विषयमा छलफल गरेका थिए। यो कुरा सार्वजनिक नगरेसम्म आफूहरूलाई सहज नहुने निष्कर्षमा तीनैजना नेताको सहमति भएपछि प्रचण्डमार्फत बोल्न लगाउने र बैठकबाटै प्रचण्डले नै सरकारको नेतृत्व गर्ने कुराको टुंगो लगाउने सहमति भएको थियो। क्यान्टोनमेन्टका जनसेना र हतियारलाई कडा निगरानीमा राख्ने, जनसेनाका डिपुटी कमान्डरहरू अनन्त, बलदेव र जनार्दन शर्माका अंगरक्षक परिवर्तन गरी उनीहरूका गतिविधिमाथि अध्ययन गर्ने र डा. भट्टराई भारतीय एजेन्ट हो भन्ने कुरा सर्कुलर गर्ने निर्णय भयो। उक्त निर्णयअनुसार अहिले जनसेनालाई राष्ट्रियताका विषयमा प्रशिक्षण सुरु गरिएको छ। 'हतियार चलाउने प्रशिक्षण भन्दै तीन/तीन सयको समूह बनाएर तालिम गराइएको बताइए पनि वास्तवमा त्यहाा माओवादीभित्र डा. भट्टराईमार्फत भारतले चलखेल गराइएको विषयमा क्लास सञ्चालन गरिएको छ,' समाचार स्रोतले तरुणलाई बतायो। यसैगरी, जनसेनामात्र होइन डा. भट्टराईको पक्षमा रहेका केन्द्रीय सदस्यहरूलाई पनि साम, दाम, दण्ड, भेदको नीति प्रयोग गर्दै आफ्नो पक्षमा ल्याउने अभियान प्रचण्डले सुरु गरेका छन्। कुनैबेला डा. भट्टराईसागै सती जान तयार भएका दीनानाथ शर्मालाई एबीसी टेलिभिजनमा भएको सम्पूर्ण लगानी बेहार्ने सर्तमा अध्यक्ष प्रचण्डले आफ्नो पक्षधर बनाएका छन्। पार्टीका गतिविधि अखबारमा ल्याएको आरोपमा दीनानाथका ज्वाइा एवं एबीसी टेलिभिजनका सञ्चालक शुभशंकर काडेललाई जनयुद्धकालमा सफाया गर्ने निर्णय भएको थियो। डा. भट्टराईले कडा आपत्ति नजनाएको भए दिनानाथका ज्वाइा पार्टीभित्रैबाट मारिने थिए। तसर्थ, यत्रो सहयोग गरेको व्यक्तिसमेत आफ्नो विपक्षमा लागिसकेको अवस्थामा अध्यक्ष प्रचण्डको खुला विरोधमा लाग्ने आाट डा. भट्टराईले नगरेका हुन्। पार्टी नछाड्ने र भित्रभित्रै मोर्चा बनाएर आफू देखा नपरी राजनीतिक खेल आरम्भ गर्ने निष्कर्षमा डा.भट्टराई पुगेका छन्। यता, डा. भट्टराई समर्थकलाई सिध्याउन भारतीय दलाल करार गर्नुबाहेक अरु बाटो नभएको निष्कर्षमा अध्यक्ष प्रचण्ड पुगेका छन्। डा.भट्टराई समर्थक र आफूसाग रहेकाहरू मिल्दासमेत अल्पमतमा पर्दै गएका प्रचण्डको पछिल्लो समयमा विलासी जीवन बिताउन तस्करहरूसाग मिलेको भनी पार्टीभित्र व्यापक आलोचना हुादै आएको थियो। यसपछि उनी किरण र नेत्रविक्रमहरूको पनि सर्वस्वीकार्य नेता बनेका छन्। किरण पक्षधरहरू डा.बाबुरामलाई प्रधानमन्त्रीका रूपमा देख्नुभन्दा पार्टी फुटाउन दिनु राम्रो भन्ने निष्कर्षमा पुगिसकेको उनीनिकट एक केन्द्रीय सदस्यले बताए। आफ्नो शक्तिको चाल नपाएका भट्टराई भने प्रचण्डले माफी मागे एकपटक फेरि आत्मसमर्पण गर्ने टुंगोमा पुगेका छन्। तर उनीनिकट नेताहरूले भने गोप्य मोर्चाको तयारी गरेको विश्वस्त सूत्रले बताएको छ।