Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

तारे होटलमा माओवादी मजदुरको आन्दोलन

काठमाडौं, मंसिर ९ - राजधानीका तारे होटलमा कार्यरत माओवादी मजदुरले फेरि आन्दोलन सुरु गरेका छन्। आन्दोलनबाट होटल सञ्चालनमा प्रभाव पर्न थालेको छ। मजदुरले बेसिक तलबमा ४० प्रतिशत र महँगी भत्तामा सतप्रतिशत वृद्धि गर्नुपर्ने मागसहित आन्दोलन सुरु गरेको बताए। माओवादी भ्रातृ संगठन अखिल नेपाल होटल तथा रेस्टुरेन्ट मजदुर संघमा आबद्ध मजदुरले ठूला तारे होटलमा कालोपट्टी बाँधेर आन्दोलन थालेका हुन्। 'मजदुर आन्दोलनका कारण होटल सञ्चालनमा प्रभाव पर्न थालेको छ,' होटल एसोसिएसन नेपाल (हान) का कार्यका निर्देशक माधवओम श्रेष्ठले सोमबार नागरिकसँग भने, 'उनीहरू होटल व्यवस्थापन र हानसँग आफैले गरेको सम्झौताविपरित काम गरिरहेका छन्।' उनीहरूको आन्दोलनले चर्को रूप लिनसक्ने आशंका होटल सञ्चालकहरुको छ। माओवादी मजदुरले पाँचतारे होटल हायात रिजेन्सी र साँग्रिलामा कालोपट्टी बाँधेर काम गरिरहेका छन्। यसबाट काममा सामान्य प्रभाव परेको साँग्रिलाका वरिष्ठ महाप्रबन्धक राजुविक्रम शाहले बताए। 'हामीले त्यसो नगर्न अनुरोध गर्ने हो र यसबाट होटलमा बसिरहेका पाहुनालाई जिज्ञासा उत्पन्न हुनु स्वभाविक हो,' उनले भने, 'यस्ता गतिविधिबाट अन्तर्राष्ट्रिय पर्यटन बजारमा नकारात्मक सन्देश जान्छ।'

साँग्रिला व्यवस्थापनसँग मजदुरको कुनै माग नभए पनि माओवादीको देशव्यापी आन्दोलनका लागि ट्रेड युनियनबाट अनुरोध आएकाले कालोपट्टी बाँधेर काम गरिरहेको सम्बद्ध मजदुरले बताएको शाहले जानका दिए। माओवादी मजदुरले सोमबार कालोपट्टी बाँधेर साँग्रिलामा काम गरेका थिए। हायातमा पनि आइतबार र सोमबार आधा-आधा घन्टा कालोपट्टी बाँधेर काम गरेका छन्। 'मजदुरसँग वार्ता हुँदैछ,' हायातका उपाध्यक्ष शेखर राणाले भने, 'मजदुरले सामान्य विरोध गरेका हुन्। तर, काममा बाधा भने पारेका छैनन्।' पाँचतारे याक एन्ड यतिका कर्पोरेट अफेयर्स प्रेसिडेन्ड शिवराम थापाले माओवादी मजदुरले डेढ महिनाअघि तलब र महंगीभत्ता वृद्धि गर्न र दशैंअघि १८ बुँदे माग बुझाएको जानका दिए। मजदरका मागका बारेमा आगामी डिसेम्बरमा छलफल गर्ने उनले बताए। होटलले हरेक तीन वर्षमा मजदुर युनियनसँग सेवासुविधाका बारेमा छलफल गर्छ। सन् २००६ डिसेम्बर ३० मा हान, विभिन्न होटल व्यवस्थापन र विभिन्न पाँच राजनीतिक दलसम्बद्ध ट्रेड युनियनबीच भएको सम्झौताअनुसार होटलबाट उपलब्ध हुने सेवा शुल्कमा १० प्रतिशत उठाएर त्यसको ६८ प्रतिशत मजदुर, ३० प्रतिशत व्यवस्थापन र २ प्रतिशत हानले लिइरहेका छन्। यो सुविधा हुँदाहुँदै पनि माओवादी मजदुर फेरि तलब र महंगी भत्ता वृद्धिको माग राखेर आन्दोलनमा आउनु सम्झौताविपरित भएको श्रेष्ठले बताए। माओवादी मजदुर भने सरका कर्मचाको तलबभत्ता बढेकाले होटल कर्मचाको पनि बढ्नुपर्ने अडानमा छन्। होटल सञ्चालक भने मजदुरको हालको खाइपाइ आएको तलबभत्ता अन्य औद्योगिक मजदुरको दाँजोमा बढी भएकाले पुनः वृद्धि गर्न नसकिने बताउँदै आएका छन्। 'माओवादी मजदुरको माग सरासर अनुचित र पूरा गर्नै नसकिने खालका छन्,' एक होटल सञ्चालकले नाम उल्लेख नगर्ने सर्तमा भने, 'माओवादी जहिले पनि काममा बाधा अडनमात्रै हालिरहेको छ।'

हानले उपलब्ध गराएको तथ्यांक अनुसार पाँचतारे होटलका मजदुर कर्मचाले तलब, भत्ता, महंगी भत्ता, खाना खर्चसमेत औषत ७ हजार ९ सय ५० रुपैयाँ पाउँछन्। त्यसबाहेक औषत सेवा शुल्क ६ हजार रुपैयाँ पाउँछन्। चारतारेका मजदुरले सबै गरेर औषत १० हजार ५ सय ६०, रिसोर्टकाले १० हजार र तीनतारेका मजदुरले औषत ७ हजार ५ सय रुपैयाँ पाउँछन्। आपसी सहमतिमा सम्पन्न सम्झौता र सरकारले तलब वृद्धि गर्ने सम्बन्धी कानुनी प्रक्रिया बेवास्ता गरेर राजनीतिसँग निरपेक्ष रहने होटल उद्योग सञ्चालनमा बाधा नपुर्‍याउन हानले माओवादी मजदुरसँग आग्रह गरेको छ।

प्र.म.को झोँक बामदेवतिर

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले ढ्यांग्रे शरीर एमालेमा राखेर नबस्न उपाध्यक्ष बामदेव गौतमलाई सुझाव दिएका छन्। पार्टीको अंचल सम्पर्क समन्वय कमिटीले मंसिर ६ गते शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री नेपालले शरीर एमाले र आत्मा चाहिा अन्तै भएकाहरुलाई पार्टीमा ठाउ दिन नहुने बताएका थिए। उनले कसैको नाम नलिए पनि बामदेव गौतमलाई संकेत गरेको कार्यकर्ताहरुले स्पष्ट बुझेका थिए। आफू प्रधानमन्त्री भएदेखि नै 'यो दक्षिणपन्थीहरुको गठजोडबाट बनेको सरकार हो, यसले शान्ति प्रक्रिया सफल बनाउादैन' जस्ता आरोप लगाएर हिंडेकोमा बामदेवप्रति आक्रोशित बनेका प्रधानमन्त्रीले अति भएर यस्तो जवाफ फर्काएको उनी निकट स्रोतले जनाएको छ। एमालेमा बसेर माओवादीको चिन्ता गर्नेहरुले एमाले छाडेर हिंड्नु राम्रो हुने सुझाव प्रधानमन्त्री नेपालले अचेल पार्टीका नेता कार्यकर्ताहरुसागको भेटमा पनि दिने गरेका छन्। उनले माओवादीबिना शान्ति प्रक्रिया पनि सफल हाुदैन, संविधान पनि बन्दैन र सरकार पनि चल्दैन भन्नेहरु एमाले हुनै नसक्ने बताएका छन्। प्रधानमन्त्रीले पछिल्लो समयमा उपाध्यक्ष बामदेव गौतम, अशोक राई, सचिव युवराज ज्ञवाली र केन्द्रीय सदस्यहरु राजेन्द्र श्रेष्ठ, योगेश भट्टराई, घनश्याम भुषाल लगायतको भूमिकाप्रति आक्रोश व्यक्त गरेका छन्। अध्यक्ष झलनाथ खनाललाई एकलकाटे ढंगले पार्टी चलाउन उक्साउनेहरु पनि उनीहरु नै हुन् भन्ने ठम्याइ प्रधानमन्त्री नेपालको रहेको चर्चा बालुवाटार वृत्तमा चलेको छ।