Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

लैला–मजनुको मन्त्री बन्ने धुन!

काठमाडौं। माधवकुमार नेपाल नेतृत्वको सरकारमा सहभागिताको विषयलाई लिएर यसअघि दुई फ्याक भइसकेको मधेशी जनअधिकार फोरम पुनः फुट्ने भएको छ। सरकारमा जाने विषयलाई नै लिएर फोरम फुट्न लागेको हो। यसअघि विजय गच्छदारको नेतृत्वमा फोरम फुटेको थियो भने अब जयप्रकाश गुप्ताले फोरम फुटाउने सम्भावना बढेको छ। उपेन्द्र यादवले उपप्रधानमन्त्री पाएर सरकारमा गएमा फोरम फुट्ने निश्चित रहेको एक नेताले बताए। यसअघि पनि विजय गच्छदारले उपप्रधानमन्त्री पाएर सरकारमा गएपछि फोरम फुटेको थियो। जेपी गुप्ता समूहले सरकारमा जानैपर्ने दक्षिणतिरको दबाब धान्न नसकिएमा दोस्रो तहका नेताहरूलाई सरकारमा पठाउनुपर्ने प्रस्ताव राखेको छ। तर, उपेन्द्र र रेणु यादवहरूको समूह उपेन्द्रकै नेतृत्वमा जाने पक्षमा उभिएको छ। नौ महिना सरकारमा रहँदा आकर्षक शुभलाभ हातपारेका उपेन्द्र–रेणु जोडीले पैसाकै लागि सरकारमा जान जोडबल गरेको तर्क पनि कतिपय फोरम नेताहरूको छ। 'मधेशको राजनीति नै पैसाले चल्छ, कुनै पनि मधेशी नेता सरकारमा नगई लामो समयसम्म सडकमा बस्नै सक्दैनन्,' एक मधेशी नेताले भने। वर्तमान सरकारमा विजयकुमार गच्छदारभन्दा वरिष्ठता पाए सामेल हुन आतुर भइसकेका उपेन्द्र यादवलाई दक्षिण छिमेकीले पनि पटक–पटक सरकारमा जान दबाब दिइरहेको छ। आफ्नाविरुद्ध जेपी गुप्ताले नै खेल खेल्न थालेपछि सशंकित भएका यादवले आफूले भनेजस्तो नभएमा रेणु यादवलाई सरकारको नेतृत्व गरेर पठाउने धम्की दिएका छन्। फोरमभित्र लैला–मजनुको जोडीका रुपमा चर्चित उपेन्द्र र रेणुको सम्बन्ध यति गहिरो भइसकेको छ कि उपेन्द्रकी पत्नीले छाडेर माइती जाँदासमेत उनले रेणुसँगको उठबस नछाडेको फोरम नेताहरू गुनासो गर्छन्। जेपी गुप्ताले सरकारको नेतृत्व गरेर जाने षडयन्त्र गर्न थालेपछि उपेन्द्रले आफ्नी अन्तरंग महिला रेणुलाई सरकारको नेतृत्व गरेर पठाउन लागेका हुन्। यद्यपि, गच्छदारभन्दा माथिल्लो वरीयतामा उपप्रधानमन्त्री बन्ने उनको प्रयास भने दिल्लीमा पनि जारी थियो। उपेन्द्रले आफू जान नपाएमा रेणु यादव, बीपी यादव र रत्नेश्वरलाल कायस्थलाई मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको बताइएको छ।

No comments: