Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

अश्लिल दृश्य दिएको छैन : करिना

अभिनेत्री करिना कपुरले 'कुर्वान' फिल्मको प्रोमोसनको लागि कुनै अश्लिल दृश्य नदिएको दावी गरेकी छिन्। यो फिल्मको प्रोमोसन पोस्टरमा करिनाको ड्रेस बिनाको ढाड देखिएको छ। थ्रिलर 'कुर्वान'को दृश्य बारे करिनाले भनिन्, 'ढाडमा ड्रेसबिनाको दृश्य र सैफको छातीमा बिसाएको दृश्यले फिल्मको थिमलाई वर्णन गरेको छ।' 'जब वी मेट'पछि यो फिल्म पनि दर्शकले मनपराउनेमा करिनाले विश्वास व्यक्त गरिन्। 'माया, धैर्यता र हिंसाको मिश्रण मानिएको फिल्ममा सबै कुरा छन्'- निर्माता करण जोहरले भने, 'फिल्म हेरेमा दर्शक स्वयंले दृश्यमा अश्लिलता पाउने छैनन्।' करिनाले फिल्ममा प्रोफेसरको भूमिका निर्वाह गरेकी छन्। 'यस फिल्मलाई विशेष मानिनुको कारण, यसमा मैले सुन्दर युवती प्रोफेसरको भूमिका निर्वाह गरेको छु। जो एक साधारण व्यति हो। उनले पहिलो पटक आतंककारीको सामना गर्दछिन्। जसले गर्दा उनको साधारण जिवनमा एक्कासी परिवर्तन हुन्छ।' उनले बताईन्। वास्तवमा 'कुर्वान' एक केटीको स्टोरी हो। फिल्ममा करिना, सैफ अलि खान सहति विवेक ओबरोय, ओम पुरी, किरन खेर र दिया मिर्जाले पनि अभिनय गरेका छन्।

No comments: