Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

कोइरालाको स्वास्थ्य परिक्षण सुरु/यस्तो थियो हवाई एम्बुलेन्स

काठमाडौ, काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको सिंगापुरको ग्लेनेगलस् अस्पतालमा स्वास्थ्य परिक्षण सुरु भएको छ । भतिजा डा. शेखर कोइरालाका अनुसार उनको स्वास्थ्य परिक्षण उक्त अस्पतालमा बरिष्ठ चिकित्सक ली काल होको नेतृत्वमा भइरहेको छ । 'उहाँलाई यहाँ पनि देशकै परिस्थितिले पिरोलिइरहनु भएको छ' डा. शेखरले इकान्तिपुरसंग टेलीफोनमा भने, 'उहाँले मेरो परिक्षण छिटो गरिदिनु होला, मलाई छिट्टो र्फकनु पर्नेछ भन्नुभयो ।' कोइरालाका अनुसार कोइराला दिउँसो चार बजे अस्पताल भर्ना भएका थिए । उनलाई सिंगापुरबाटै ल्याईको बिशेष खालको एयर एम्बुलेन्समा शनिबार बिहान सिंगापुर लगिएको थियो । अस्वस्थ भएपछि गंगालाल हृदयरोग केन्द्र भर्ना गरिएका कोइराला केही बिसेक भएपछि सम्पूर्ण परिक्षणको लागि सिंगापुर लगिएका हुन् । ग्लेनेगल विश्वव्यापी पाक्वेहेल्थको सञ्जाल अस्पताल मध्येको हो । ६ सय ८० शैयाको यो अस्पताल स्वास्थ्य उपचारको लागि प्रसिद्ध छ । पार्थवेहेल्थले एशिया, यूरोप, मध्यपूर्वमा गरी १६ वटा अस्पताल सञ्चालन गरिरहेको यसको वेवसाइटले उल्लेख गरेको छ ।
यस्तो थियो हवाई एम्बुलेन्स
आपतकालिन स्थितिमा रोगीलाई हवाई मार्गको माध्यमले चिकित्सा सुविधा भएको ठाउमा पुर्‍याउने काम हवाई एम्वुलेन्सको हो । जीवन रक्षक यन्त्र, औषधि, चिकित्सक सहितको यस्तो एम्वुलेन्स सानो दुरीको लागि हेलिकप्टर वा ठूलो दुरीको लागि सानो प्लेन वा जेट प्लेनको रुपमा हुन्छ । कोईरालालाई जेट प्लेन एम्वुलेन्सले लिएर गएको हो । एयर एम्वुलेन्सवाट न्युनतम समयमा विशेषज्ञ चिकित्सकको निगरानीमा उच्च चिकित्सा सुविधा सहित विशेषज्ञ अस्पतालमा पुर्‍याउन सकिन्छ । एम्वुलेन्समा सवै आवश्यक मेडिकल उपकरण युक्त मिनी थियेटर समेत हुन्छ । विशेषज्ञ, नर्स र सहायकको टोली रोगीको स्याहारको लागि हुन्छ । कोईरालालाई लिन आएको एयर एम्वुलेन्समा श्वास प्रश्वास सम्वन्धि सम्पुर्ण उपकरण थिए । जस्तै अक्सिजन, फेसियल मास्क, नेजेल क्यानुला, ट्राकिनोटोमी मास्क, ईसोफेगल अव्टयुरेटर्स, रेस्पिरेटर्स, एम्वु व्याग आदि । यस्ता उपकरण भने अन्य एयर एम्वुलेन्समा समेत हुन्छ । एम्वुलेन्समा तमाम जीवन रक्षक उपकरण र ओषधिहरु रहने गरेको छ । यसलाई वोलचालमा आइसियु अन एयर पनि भनिन्छ । यस्तै मुटुको लागि हर्ट मोनिटर र डिफाईवि्रलेटर लगायतका उपकरण हुन्छन । यस्तै सक्सन, ईमर्जेन्सी ड्रग किट, आभी सल्युसन र ईनफ्युजन सेट, इन्फ्युजन पम्प लगायत का उपकरण रहने गरेको छ । यस्तै विरामीको प्रकृति अनुसार एयर एम्वुलेन्समा थप उपकरण र विशेषज्ञहरु समेत राखिने गरिएको छ । छिमेकी मुलुक भारतमा आन्तरिक सेवाका लागि समेत एयर एम्वुलेन्सको सुविधा उपलब्ध छ ।

No comments: