Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

माओवादीलाई आन्दोलन घाँडो

झलनाथको सन्देशले माओवादी निराश --
काठमाडौं/भारत भ्रमणवाट फर्केका एमाले अध्यक्ष झलनाथ खनाललले नेपालका माओवादीसँग भारतीय सशस्त्र समुहको शंकास्पद सम्बन्ध रहेकोमा भारत सशंकित रहेको खबर ल्याएपछि आन्दोलनवाट सरकारमा पुग्ने आशा माओवादीले पूर्ण रुपमा त्यागेको छ। सहमतिवाट माओवादीसहितको सरकार बनाउने एमाले अध्यक्ष झलनाथ खनालले भारतीय नेताहरूसँग राखेपछि भारतले खनालसमक्ष यस्तो आशंका गरेको थियो। माओवादीले आफ्नै नेतृत्वको सरकार गठनलाई मुख्य शर्त राखेर पछिल्लो चरणमा नागरिक सर्बाेच्चताको परिभाषा बदलेपछि एमाले अध्यक्ष खनाल पनि सहमतिको निकासका लागि सरकारको नेतृत्व त्याग्नसम्म पनि एमाले तयार रहेको वताउदै आएका थिए। खनालको दिल्ली यात्रालाई नयाँ समीकरणको प्रयासका रुपमा अर्थ्याउनेहरूले पनि खनाल फर्केपछि खनालको नेतृत्वमा नयाँ सरकार गठन हुने वताएका थिए। माओवादीले खनाललाई दिल्लीमा दुतको रुपमा पठाएको र खनालले सकारात्मक सन्देश ल्याउने आशामा रहेको माओवादी पनि निर्णायक भनिएको आफ्नो आन्दोलनको रुप बदलेर रत्यौलीमा बदल्न थालेको थियो। तर, खनालले नेपाल र भारतका माओवादीवीच भौतिक रुपमै हतियार ओसार्नेसम्मको सम्बन्ध रहेको भारतले आशंका गरेको खबर ल्याएपछि माओवादी आन्दोलनवाट सरकारमा पुग्न नसकिने निश्कर्षमा पुगेको हो। भारतमा सशस्त्र युद्ध लडिरहेको माओवादीले नेपालका माओवादी संशोधनवादी धारमा गएर बिग्रेको वताउँदै आए पनि नेपालका माओवादीले आफुले नेपालको शान्ति प्रक्रिया र दलीय प्रतिस्पर्धालाई रणनीतिक रुपमा मात्रै उपयोग गरेको भारतीय माओवादीसमक्ष वताएको कुरा भारतले खनालसमक्ष चासो राखेको थियो। भारत भ्रमण सकेर फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एमाले अध्यक्ष खनालले पत्रकारहरूसँग भने–'नेपाल र भारतका माओवादीको हतियार सप्लाई गर्ने तहसम्मको सम्बन्ध रहेको भारतीय आशंका छ, तर मैले नेपालको भूमी छिमेकी देश विरुद्ध प्रयोग हुन नदिने वताएँ।' खनालले दिल्लीमा गएर पनि नेपालमा भन्दै आएझैं सहमतिका लागि एमाले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको वताएका थिए। भारतीय नेताहरूसँगको भेटमा पनि उनले माओवादीसहितको सरकार गठन गरी नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणलाई निश्कर्षमा पुर्यालउने वताएका थिए। यता मुलुकलाइृ थप अस्थिर बनाउन जोसुकैलाई पनि प्रधानमन्त्री बनाउने प्रस्ताव गर्दै आएको माओवादीले पछिल्लो पटक अध्यक्ष खनाललाई प्रधानमन्त्रीको लालिपप देखाएको वताइन्थ्यो। खनालको दिल्ली भ्रमणपछि निर्णाय लिने मुडका साथ आन्दोलन नरम बनाएको माओवादीले दोस्रो चरणको आन्दोलन सकिएका दिनसम्म पनि नयाँ चरणको आन्दोलनको तयारी गरेको छैन। आन्दोलनको उत्कर्ष वताइएको सिंहदरवार घेराउको अघिल्लो दिन माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले आन्दोलन सहमतिका लागि वताएर उनीहरू आन्दोलनवाट सहमतिमा पुग्ने मुडमा पुगेको संकेत गरेका थिए। 'यो आन्दोलनले सहमति कायम गर्न सकेन भने तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्छाैं' भट्टराईले भनेका थिए। गाउँ गाउँवाट गाडीमा लोड गरेर ल्याइएका कार्यकर्तावाट सधैं नाचगान मात्रका कार्यक्रम राखेपछि माओवादी नेतृत्वलाई पनि आन्दोलन परिणामहिन तर खर्चिलो लाग्न थालेको छ। राजधानीमा ल्याइएका सबै कार्यकर्तालाई खानपिन, र सुत्ने ब्यवस्था पार्टीले नै गर्दै आएको छ। बिहान बेलुका खाने रातभरी सुत्ने र दिनभर मादल बजाएर नाच्ने कार्यक्रमले सरकार परिवर्तन हुन्छ र आफ्नो नेतृत्वमा सरकार बन्छ भन्ने माओवादी कार्यकर्ताहरूमा पनि विश्वास हराउन थालेको छ। उनीहरूले जिल्ला जिल्लावाट आएका कार्यकर्तालाई हाजिर गराएर खाने बस्ने ब्यवस्था गरेका छन् र पार्टी नेतृत्वको अनुमति बेगर फर्के कारवाही गर्नेसम्मको चेतावनी दिएका छन्। आन्दोलनवाट सरकारमा पुग्न सकिंदैन भन्ने भन्ने नेतृत्वको मनोविज्ञान पनि कार्यकर्तामा यति छिटै सञ्चारित भएको छ कि त्यो देखेर माओवादी नेतृत्व पनि छक्क परेको छ। दिउसो आन्दोलनका नाममा नाचगान गर्ने र साँझ परेपछि ठाडै खुट्टाले सत्तारुढ दलहरूका नेताका घर र मन्त्री निवासमा खाना खान जाने नेताहरूको प्रबृत्ति देखेर उनीहरू आन्दोलन देखाउन मात्र गरेको निश्कर्षमा पुगेका हुन्। माओवादीले आन्दोलनको आफ्नो कार्यक्रमलाई जनप्रदर्शनको रुपमा देखाउने अन्तिम निश्कर्ष निकालेका थिए। जस अनुसार उनीहरूले बिहीवारको सिंहदरवार घेराउमा कम्तिमा ३ लाख कार्यकर्ता उतार्ने योजना बनाएका थिए। तर उनीहरूले आयोजना गरेको घेराउमा अपेक्षित जनसहभागित न माओवादीले पाउन सक्यो न काठमाडौ ठप्पै पार्छ भन्ने अनुमान गरिएझैं माओवादीको कार्यक्रममा जनसहभागिता नै देखियो। त्यसैले पनि माओवादी आन्दोलन नामको घाँडो न बिसाउने न बोकेर हिंड्ने अवस्थामा पुगेको छ।

No comments: