Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

फ्रान्स, पोर्चुगल र रसिया विश्वकपनजिक

फ्रान्स, रसिया र पोर्चुगल आगामी वर्षदक्षिण अप्रिmकामा हुने विश्वकप फुटबलको नजिक पुगेका छन्। शनिबार राति सम्पन्न प्लेअफको पहिलो लेगमा जित आत्मसात् गर्दै टोलीहरू अन्तिम ३२ को सूचीतर्फअग्रसर भएका हुन्। पेरिसमा सन् २००६ को विश्वकपको उपविजेता फ्रान्सले आयरल्यान्डलाई १-० ले पराजित गर्ने क्रममा चेल्सी मिडफिल्डर निकोलस एनेल्काले अन्तिम समयमा गरेको गोल निर्णायक हुन पुग्यो। ८० हजार दर्शकका अगाडि ७२औं मिनेटमा एनेल्काले गोलको खडेरी तोडेपछि टोलीको आशा जीवितै भएको हो।पोर्चुगलले बोस्निया हर्ज गोभिनामाथि समान नतिजा निकाल्ने क्रममा डिफेन्डर ब्रुनो एल्भसको पहिलो हाफको हेड गोल पर्याप्त भयो। उता डिनियर बिल्यालेट्दिनोभले २ गोल गर्दा रसियाले स्लोधानियालाई २-१ ले निराश पार्यो। तर प्रतिस्थापित नेज पेक्निकले अन्तिम समयमा गोल गर्दै गोल अन्तर कम गरेका थिए।स्वाइनफ्लुको खतराका कारण सुरक्षित मास्कमा लुजिन्की रंगशालामा रसियन राष्ट्रपति भ्लादिमिर पुटिनसहित ८० हजार दर्शकका अगाडि बिल्यालेट्दिनोभले ४०औं मिनेटमा पहिलो गोल गरेका थिए। ५१औं मिनेटमा उनैले दोस्रो गोल गर्दै अन्तर दोब्बर पारे पनि ८३औं मिनेटमा मैदान प्रवेश गरेका पेक्निकले ८८औं मिनेटमा अन्तर कम गरेका थिए। युक्रेनले ग्रिसलाई उसकै घरेलु मैदानमा गोलरहित बराबरीमा रोक्दै छनोटको आशा जीवितै राखेको छ। एसिया ओसेनिया प्लेअफको दोस्रो लेगमा बहराइनलाई १-० ले पराजित गर्दै औसतमा १-० को नतिजाका साथ न्युजिल्यान्डले भने विश्वकपको टिकट काटिसकेको छ। न्युजिल्यान्ड सन् १९८२ पछि पहिलोपटक विश्वकपमा छनोट भएको हो। युक्रेनले दक्षिण अमेरिकन/कोन्केफ प्लेअफको पहिलो लेग खेलमा कोस्टारिकामाथि १-० को नतिजा निकाल्दै आगामी बुधबारसम्मका लागि सुरक्षित स्थान समाएको छ। टोलीका लागि एक मात्र गोल डिएगो लुगानाले २२औं मिनेटमा गरेका थिए।

No comments: