Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

'वारेन्टेड' राज्यमन्त्री बेगम गृहमन्त्रीसित

पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि थप्पड हानेको अभियोगमा पक्राउ गर्न 'वारेण्ट' जारी गरिएकी कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगम पनि दिनभरि सिंहदरबारभित्रै थिइन्। सात बजे मन्त्रालय पुगेकी उनले मन्त्रालय र मन्त्रीहरूसँगको बैठकमा दिन बिताएको बताइन्। सीडीओ कुटेको आरोपमा सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको पर्सा प्रहरीको अनुरोधमा उपत्यकाका सबै युनिटलाई उनलाई पक्रन बिहीबार निर्देशन दिइएको छ। उनले भनिन्, 'मलाई पक्राउ गर्न निर्देशन दिएकोबारे कुनै जानकारी छैन।'
पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई 'चार थप्पड' लगाएर काठमाडौं आएकी बेगम र गृहमन्त्री भीमबहादुर रावल तथा राज्यमन्त्री रिजमान अन्सारीसँग शुक्रबार भेट भएको थियो। 'शुक्रबार मेरो गृहमन्त्री, राज्यमन्त्री, पर्यटन मन्त्री, श्रममन्त्री, भौतिक योजनालगायत सबै मन्त्रीसँग भेटघाट भयो, सिडिओ कुट्नुपर्ने कारण मन्त्रीजीलाई खुलस्त पारें' उनले नागरिकसित भनिन्। उनले गृह राज्यमन्त्री अन्सारीलाई पर्सा घटनाका बारेमा आफूले सबै कुरा राखेको बताइन्। 'उस (सीडीओ) ले मेरो नाकनिर औंला ठड्याएर धम्क्यायो, अपमानित गर्‍यो, मेरो हात समात्यो', राज्यमन्त्री बेगमले भनिन्, 'मैले पनि चार थप्पड हानें।' मुस्लिम महिला भएकाले आफूले कसैसँग हातसमेत नमिलाउने दाबी गर्दै उनले भनिन्, 'हात लगाएकामा मैले मुद्दा हाल्नुपर्थ्यो, थप्पड हानेर सजाय दिएँ भनेर छाडिदिएँ, उल्टै उसले मुद्दा हाल्न लगाएछ।' आफूलाई स्याबासी दिएर पर्सा, रौतहट र सुन्सरीबाट फोन आइरहेको दाबी उनको छ। सबै अखबारले आफूले कुटेको कुरामात्र उछालेकामा पत्रकारप्रति समेत आक्रोश व्यक्त गर्ने बेगमले भनिन्, 'सबैले गाडी पुरानो पठायो भनेर कुटी भनेर लेखे, तर औला ठड्याएर कुरा गरेको र मलाई हात लगाउन आएकाले थप्पड हानेकी हुँ।'
उनले आफूले कुनै गल्ती नगरेको बताउँदै एउटी महिलाविरुद्ध सबै खनिएको जिकीर गरिन्। ४ बजे सिंहदरबारबाट निस्केर बागबजार पुगेकी मन्त्री बेगम इस्लामिक 'हाजी' हरूसँग भेटघाट गरी साढे छ बजे मात्र घर फर्केकी थिइन्।

No comments: