Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

खाजा भनेर राखेका थिए पेट्रोल बम पो रहेछ

काठमाडौं, बैशाख १७ - 'विहिवार विहानै हाम्रो खाजा हो भनेर बोराका बोरा सामान गेष्ट हाउसको कोठामा राखेका थिए,यस्तो सामान पो रहेछ।'
सुन्धारामा रहेको मेचीकाली गेष्ट हाउसवाट आन्दोलन हिंशात्मक बनाउने प्रयोग हुने पेट्रोल बमका सामाग्री, गुलेली र गुच्चा बरामद गरेपछि प्रहरीद्धारा पक्राउ गरिएका गेष्ट हाउसका सञ्चालक अजव पाण्डेले काठमाडौं परिसरमा विहिवार बेलुका भने 'उनीहरुको खाजा यस्तो हो भन्ने थाहै भएन।' पाण्डेका अनुसार बुधवार बेलुका २ जना गेष्ट हाउसमा आएर बस्न एउटा कोठा चाहियो भनेका थिए। कोठा बुक गर्नेक्रममा फारम भर्न दिंदा उनीहरुले नाम र ठेगाना राखेपनि सम्पर्क नम्बर भने भरेनन्। नाम कृष्ण घिमिरे अनी ठेगाना लाजीम्पाट लेखे। पाण्डेले भने'उनीहरु हेर्दा २५ वर्षका जस्ता देखिन्थे, मोवाइल नम्बर पनि राख्नुस भन्दा पर्दैन भनेर गए।'

'उनीहरुले बुधवार कोठा बुक गरेपनि बेलुका गेष्ट हाउसमा बसेनन्। विहिवार विहान बोरामा सामानहरु बोकेर आए। के हो भनेर सोधेको हाम्रो खाजाहरु हो भने। पछि प्रहरी आएर कोठा खोलेर हेर्दा पो बोराभित्र सिसी,गुलेलीहरु रहेछन् ' पाण्डेले सञ्चारकर्मीमाझ भने। प्रहरी निरिक्षकको कमान्डमा गेष्ट हाउसमा छापा मार्न पुगेको प्रहरीले गेष्ट हाउसको कोठा नम्बर १०३ वाट प्रहरीले पेट्रोलले भरिएको १०० लिटरको २ वटा ड्रम, ५० लिटरको चार वटा ड्रम, खाली बोतल राखिएको १० वटा बोरा,एक बोरा गुलेली , एक बोरा गुच्चा, काठको भूस भएको सात वटा बोरा, ६ वटा कैची र तीन रोल सेतो कपडा बरामद गरेको थियो। आन्दोलनलाई विध्वंशात्मक बनाउने सामाग्रि बरामद भएपछि प्रहरीले गेष्ट हाउस सञ्चालकलाई समेत पक्राउ गरेर प्रहरी कार्यालय ल्याएको थियो।

बरामद सामाग्रीबाट करिव एक हजार पेट्रोल बम बनाउन सकिन्छ। पाँच सय भन्दा बढी गुलेली रहेका छन्। बरामद भएको पेट्रोल,खाली सिसी र कपडाको सुतलीको प्रयोग पेट्रोल बम बनाएर माओवादी आन्दोलनमा प्रयोग गर्ने तयारी गरिएको प्रहरीको निष्कर्ष छ। बरामद गुच्चा र गुलेली आन्दोलनको शुरक्षार्थ परिचालीत प्रहरीमाथि आक्रमण गर्न संकलन गरिएको प्रहरीको निष्कर्ष छ। पाण्डेले उनीहरुले आफु माओवादी हौं भनेर परिचय नदिएको बताएपनि काठमाडौं परिसरका प्रमुख रमेश खरेल माओवादीद्धारा घोषित आन्दोलनमा प्रयोग गर्न ति सामाग्रि लुकाएर राखेको दावी गर्छन। खरेलले भने'बरामद सामाग्रिको प्रकृतीवाट बैशाख १८ गतेवाट शुरु हुने पार्टीको आन्दोलनमा जनधनको क्षती पुर्‍याउन राखिएको प्रष्ट हुन्छ।'

खरेलले काठमाडौं उपत्यकाका विभिन्न गेष्ट हाउस, रेष्टुरेन्ट तथा सरकारी, गैर सरकारी सघं संस्थाहरुमा अवैध हातहतियार तथा सरसामनहरु लुकाई छिपाई राखेको सूचनाका आधारमा शंकास्पद क्षेत्रमा छापा मार्नेक्रम तिब्र बनाएको बताए। आन्दोलनको औपचारिक घोषणा अगाडि माओवादीले देशव्यापी लाठि र खुकुरी तालीम सञ्चालन गरेकाले आन्दोलन हिंशात्मक हुने आशंका गरिएको छ। प्रहरीले बुधवार नयांबजार, मुड्खु र मैतिदेवीवाट हतियार सहित ६ जनालाई पक्राउ गरेको थियो। चितवन प्रताप स्मृति बिग्रेड क्याक्टेनमेन्ट बस्ने बर्ष २७ को मुकुन्द केसी र बर्ष ३५ को कृष्ण बहादुर तामाङ्ग मुड्खुवाट खुकुरी सहित पक्राउ परेका थिए। उपत्यकाभित्र हतियार भित्रिने आशंकामा प्रहरीले उपत्यका भित्रिने नाकाहरुमा डिएसपीको कमान्डमा प्रहरी टोली परिचालन गरेको छ। एसपी खरेलले हतियार लुकाउन सकिने सम्भावीत स्थानहरुमा नियमित चेकजा"च र छापामार्ने कामलाई तिब्रं बनाएको बताए। उनले भने'हतियार लुकाउन सकिने सम्भावीत स्थानहरुको सूची बनाएर विशेष टोली परिचालन गरेका छौं।'

No comments: