Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

शिविरका लडाकु हतियारसहित राजधानीमा समातिए

हड्तालमा भाग लिन आएकाहरुबाट हतियार बरामद-
केपी ढुंगाना, काठमाडौं, वैशाख १६- माओवादीद्वारा घोषित आमहड्तालमा सहभागी हुन उपत्यका भित्रिएका माओवादी प्रर्दशनकारीवाट हतियार बरामद भएको छ। प्रहरीले नयांबजार, मुड्खु र मैतिदेवीवाट हतियार सहित ६ जनालाई पक्राउ गरेको छ। शिविरका २ जना लडाकु हतियारसहित समातिएका छन्। प्रर्दशनमा सहभागी हुन उपत्यका भित्रिएका माओवादी कार्यकर्ता हतियार हुने आशंकामा प्रहरीले चेकजांज गर्नेक्रममा बेलुका सात वजे नयाँबजारमा खुकुरी सहित तीन जनालाई पक्राउ गरेको थियो। प्रहरीले काभ्रे भकुण्डेबेशीका बर्ष १७ को मनोज मगर, ईलाम चुलाचुलीका बर्ष १६ को प्रतिक राई र बर्ष २० को राजन राईलाई खुकुरी, तरवार सहित पक्राउ गरेको हो। प्रहरीले विहान आठ वजे मैतिदेवीमा रेन्बो चक्कु सहित एक जनालाई पक्राउ गरेको थियो। समुहमा सुन्धारावाट देखी मैतीदेबी जानेक्रमा प्रहरीले गरेको चेकजांचको क्रममा काभ्रे मनखुका निर्मल थापाको साथबाट रेम्बो चक्कु बरामद भएको थियो।

महानगरीय प्रहरी प्रभाग मुडखुको टोलिले ना १६ प १७७५ कालो पल्सर मोटर साईकलमा आएका नुवाकोट जिल्ला घर भई चितवन प्रताप स्मृति बिग्रेड क्याक्टेनमेन्ट बस्ने बर्ष २७ को मुकुन्द केसी र बर्ष ३५ को कृष्ण बहादुर तामाङ्गलाई खुकुरी सहित पक्राउ गरेको छ। प्रर्दशनमा आएका माओवादीवाट हतियार बरामदको घटना बढेपछि प्रहरीले चेकजाँच बढाएको छ। काठमाडौं प्रवेश गर्ने नाकाहरुको प्रहरी निरिक्षक र असई खटिने गरेपछि बैशाख १६ गतेवाट डिएसपीको कमान्डमा प्रहरी टोली खटाईएको प्रहरी स्रोतले बतायो। स्रोतका अनुसार उपत्यकाका सबै इकाई प्रहरी प्रमुखहरुलाई'झोला सहितका नयां अनुहारका ब्यक्तिलाई अनिवार्य रुपमा चेक गर्न निर्देशन दिइएको छ। काठमाडौंभित्र प्रहरीले बुधवार पांच तारे होटल र क्यासिनोहरुमा छापा मारेको थियो। प्रहरी स्रोतका अनुसार क्यासिनोमा हतियार भन्डारण गरिएको गोप्य जानकारीको आधारमा काठमाडौं परिसरको टोलिले स्थानीय प्रहरी युनिटले उपत्यकाका प्रमुख क्यासिनो र होटलमा छापा मारेको थियो। छापामा संलग्न एक प्रहरीले भने'जानकारीको आधारमा सबै कोठाभित्र पुगेर छापा मारियो तर, केही फेला परेन।'काठमाडौं परिसर प्रमुख रमेश खरेलले काठमाडौंका होटल,लज र अन्य शंकास्पद क्षेत्रको पहिचान गरी छड्के चेकजाँचलाई तिब्र बनाएको बताए। उनले भने'चेकजाँचकोक्रममा केही हतियार समेत बरामद भएकाले थप प्रहरी शक्ति परिचालन गरिरहेका छौं।'



के भन्छ अन्मिन?

प्रेस वक्तव्य

वैशाख १५, २०६७

हिजो, १४ गते वैशाख, सार्वजनिक यातायातको एउटा साधनमा यात्रा गर्दा एउटा ह्याण्ड ग्रिनेडका साथमा मुख्‍य शिविर २ सिन्धुलीका माओवादी सेनाका प्लाटुन कमाण्डर सन्तोष राई फेला परेका छन्।
जीवनलाई जोखिममा पार्ने यो लापरवाहीको भर्त्सना गर्दै अन्मिन एकीकृत नेकपा माओवादीलाई यससम्बन्धी अनुसन्धानमा पूर्णत सहयोग गर्न र उपयुक्त कारबाही गर्न आव्हान गर्छ। हतियार आफ्नो साथमा राख्‍नु र त्यसलाई लिएर हिड्नु कानुन विपरीत हो र यसमा कानुनबमोजिम कारबाही हुनुका साथै त्यसो गर्नु हतियार तथा सेनाको व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौताको उल्लङ्‍घन पनि हो।
शान्ति सम्झौताको पूर्ण पालना गर्न र कुनै पनि प्रकारको उत्तेजनात्मक वक्तव्य नदिन तथा क्रियाकलाप नगर्न एकीकृत नेकपा माओवादी र अन्य सबै पक्षलाई अन्मिन आव्हान गर्छ।

बैशाख १९ गतेदेखी शुरु हुने अनिश्चितकालीन आम हड्तालमा सहभागि हुन आएका माओवादी कार्यकर्ताहरु निजी घर,विद्यालय,पार्टी प्यालेस,होटल, गेष्ट हाउस, कारखाना, र वाईसियल क्याम्पहरुमा बसेका छन्। उनीहरु उपत्यकाका खुल्ला स्थानहरुमा टेन्ट समेत राखेका छन्। प्रहरीले केही विद्यालय र निजी घरमा बसेका प्रर्दशनकारीहरुलाई बुधवार हटाएपनि उनीहरुको बस्नेक्रम भने रोकिएको छैन। महानगरिय प्रहरी आयुक्त कार्यालयका प्रहरी अधिकारीका अनुसार सरकारी भवन, क्याम्पस र विद्यालयमा बस्न प्रर्दशनकारीहरुलाई प्रतिबन्धै लगाईएको छ। ति अधिकारीले भने'प्रर्दशनकारीलाई सरकारी भवनमा कुनै हालतमा बस्न दिंदैनौं।'

निजी घर, व्यापारीक भवन, विद्यालय र कारखानामा प्रर्दशनकारी जर्वजस्ती बसेको जानकारी आएमा प्रहरीले तत्काल घर खाली गराउने ति अधिकारीले बताए। उनले भने'उपत्यकामा ब्यक्तिगत घर,निजी विद्यालय र होटलमा उनीहरु बसेको जानकारी हामीलाई छ। तर उनीहरुलाई राजीखुसीले राखिएको हो वा जर्वजस्ती त्यसको बारेमा सम्बन्धीत ब्यक्तिले जानकारी नगराएसम्म हामीले मात्र केही गर्न सक्दैनौं।' प्रहरीले बुधवार तयार पारेको माओवादी सक्रियताको प्रतिवेदन अनुसार माओवादीले पहिलो प्राथमिकतामा पार्टी प्यालेस, हाउजिगं र निर्माणाधिन सपिङ्गमललाई बनाएका छन्। ब्यक्तिगत घरमा १० जनासम्मको संख्यामा बसेका छन् भने पार्टी प्यालेस, हाउजिगं र सपिगंमलमा पांच सय देखी तीन हजारसम्म बसेका छन्। प्रर्दशनमा सहभागि हुन आएकाहरु सुकुम्बासी बस्ती, खोला किनारमा खाली स्थानमा टेन्ट लगाएर समेत बसेका छन्।

स्रोतका अनुसार माओवादी उपत्यकाका सबै गेष्ट हाउसहरुलाई १७ गतेवाट प्रति गेष्ट हाउस १५ देखी २५ जनाको संख्यामा आफ्ना कार्यकर्ता राख्न उर्दी जारी गरेका छन्। केही गेष्ट हाउसहरुमा उनीहरु बसिसकेपनि अधिकांशलाई फोन मार्फत कोठाहरु खाली राख्न निर्देशन दिएका छन्।स्रोतवाट प्राप्त प्रहरी प्रतिवेदन अनुसार प्रर्दशनकारीहरु सानो भर्‍याङ्ग,बालाजु, गोलढुंगा,मनमैजु म्हैपी, क्षेत्रपाटी धोविचौर, गैर्ही गाउं लगायतका क्षेत्रमा उनीहरुले ब्यक्तिको घरमा आफ्ना कार्यकर्ता राखेका छन्। स्रोतका अनुसार सानो भर्‍यागं स्थित बाबुकाजी महर्जनको घर, बालाजु गोलढुङ्गा, गुजेश्वरी स्थित माधव पुडासैनीको घर, बालाजु मनमैजु स्थित सम्भु बस्नेतको घर, मनमैजु डाँडाँगाउँ स्थित निर्माणाधिन घर, म्हैपी स्थित रामचन्द्र सिंखडाको घर, क्षेत्रपाटी ११ नं.वडा स्थित बलराम मानन्धरको घर, कामनपा.१७, धोबीचौर स्थित दिवाकर राणाको घर, कामनपा.३४, विनायकध्रुर्व मार्ग स्थित रामेश्वर कोइरालाको घर, कामनपा.३५, साईराम मार्ग स्थित लक्ष्मण पराजुलीको घर, कामनपा.३५, गैह्रीगाउँ स्थित विनायक मार्गको निजी घरमा हड्तालमा सहभागिहरु बसेका छन्। उनीहरु प्रतिघर ५ देखी १० जनाको संख्यामा बसेका छन्।

जुनतारा बोर्डिगं स्कुल, युनिभर्सल एकेडेमी, फर्वाड एकेडेमी, कालिकास्थानको त्रिनीटी कलेज र प्लाटिना कलेज,युनिर्भसल बोर्डिग स्कुल धुम्बाराही, कीर्तिपुरको लेबेटोरी विद्यालयमा प्रर्दशनकारी बसेका छन्। बिजय स्मारक उच्च माबि,कन्या स्कुल र टिनेटी कलेजमा बसेका प्रर्दशनकारीहरुलाई प्रहरीले हटाएको छ। माओवादीले त्रिचन्द्र, सरस्वती, पब्लीक युथ,मिनभवन,कर्मश क्याम्पसमा कार्यकर्ता राख्ने तयारी गरेको जानकारी पाए लगत्तै प्रहरीले शैक्षिक क्षेत्र, सरकारी भवनमा बसेका हस्तक्षेप गर्न बाध्य हुने जानकारी गराएपछि उनीहरु पछि हटेका छन्।

प्रर्दशनकारीहरु बालाजु औधोगिक क्षेत्रको पस्मिना फ्याक्ट्री, बसपार्क स्थित ल्होत्से बहुउद्देश्य भवन, ठमेलको नमस्ते पार्टी प्यालेस ठमेल पार्टी प्यालेस, सुन्धारा स्थित नवनिर्मित सिभिल मल र त्यसको वरिपरी निर्माणाधिन भवन, कालिकास्थान, भत्केको पुलमा रहेको वाईसिइल क्याम्प, गौशाला धर्मशाला, शान्तिसेवा गृह गौशालामा बसेका छन्। कोजिहोम पार्टी प्यालेस महाराजगंज, , विरेन्द्र बाटिका क्रियापुत्री भवन बसुन्धारा, बसुन्धारा मन्दिर, धापासी हाउजिगं,एसआर क्याटरिगं धुम्बाराही, ओमसाई होटल,धुम्बाराही, गोकर्ण ९ स्थित अन्नपूर्ण गलैचा कारखाना, कीर्तिपुर ट्याङ्गलाफाँटको सिभिल होम्स, , फर्पिङ्ग टल्कु २ स्थित सामुदायिक भवन, फर्पिङ्ग बसपार्कको गाउँले गेष्ट हाउस, कालिमाटी टंकेश्वरको तरकारी बजार,बलम्बुको वाईसियल क्याम्प र कलंकीको दर्शन पार्टी प्यालेसमा बसेका छन्। त्रिपुरेश्वर बागमति किनारमा टेन्ट सहित करिव १० हजारको संख्यामा प्रर्दशनकारीहर बसेका छन्।

ओम साईराम होटल, कञ्चनजंघा होटलमा करिव २ सय ५० प्रर्दशनकारी बसेका छन्। गोंगबु बसपार्कका पुजा,न्यु पर्वत शंकर र तम्घास गेष्ट हाउसमा प्रत्येक गेष्ट हाउसमा ३० जनाको संख्यामा प्रर्दशनकार िबसेका छन्। गेष्ट हाउस व्यवसायिका अनुसार गोंगबु क्षेत्रमा १७ गतेवाट प्रत्येक लजमा २० देखी ३० जनाको दरमा आफ्ना मान्छे आउने भएकाले कोठा खाली राख्न निर्देशन दिएपनि होटल र रेष्टुरेन्टले ग्राहक राख्न छोडिसकेका छन्। ललितपुरमा अशोक पार्टी प्यालेस,नमस्ते सुपरमार्टेक, खन्ना गार्मेन्ट र कुपन्डोलको कार्यालय,कान्तीपुर हाईटमा माओवादी प्रर्दशनकारीहरु बसेका छन्। प्रहरीले ललितपुर क्षेत्रमा करिव १० हजार कार्यकर्ता बसेको निष्कर्ष प्रहरीको छ।

भक्तपुरमा १७ हजार प्रर्दशनकारी बसेको एक प्रहरीले बताए। भक्तपुरको कटुन्जे,नरेफांट बागमति किनार, मनोहरा फाँटमा कार्यकर्ता बसेका छन्। बोडेमा वाईसिएलको आफ्नै क्याम्प छ। भक्तपुरको ग्रामिण क्षेत्रमा ब्यक्तिगत घरमा तीन देखी पांच जनाको संख्यामा सेल्टर लिएको प्रहरी रिर्पोटमा उल्लेख छ।

No comments: