Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

नेपालीमै शपथ खाने अन्तिम निर्णय

काठमाडौं। मधेसवादी दलहरूले अझै हिन्दी भाषाको वकालत गरिरहेका वेला निष्त्रि्कय उपराष्ट्रपति परमानन्द झाले मातृभाषामै शपथ लिन पाउनेगरी संविधान संशोधन भए पनि आफूले अब नेपाली भाषामै शपथ लिने बताएका छन्।
मधेसको पहिलो सम्पर्कभाषा हिन्दी भएकाले आफूले पहिलोपटक हिन्दीमा शपथ लिएको बताउादै झाले नेपाली भाषा तराई(मधेसको दोस्रो सम्पर्कभाषा भएकाले आफूले नेपालीमा शपथ लिने निर्णयमा पुगेका हुन्।

'मलाई नेपाली भाषासाग कुनै भेदभाव छैन, यो सबै नेपालीको राष्ट्र भाषा हो, त्यस कारण नेपाली मेरो पनि राष्ट्रभाषा हो' जनआस्थासाग झाले भने( त्यसैले अब दोस्रोपटक शपथ नेपाली भाषामै लिउँ्क भन्ने सोचाइमा पुगेको छु।' मधेसवादी दलले हिन्दी भाषाकै वकालत गरिरहेका वेला उपराष्ट्रपति झाले आफू फेरि हिन्दी भाषामै शपथ लिने पक्षमा नरहेको जानकारी पनि दिए। मैले हठ गर्नुहुँदैन, हिन्दी तराई(मधेसको सम्पर्क भाषा हो, त्यसमा मैले शपथ लिइसकेको छु, फेरि संविधान संशोधन गरी हिन्दी वा अरू कुनै मातृभाषामा शपथ लिने प्रावधान राखिए पनि पहिले त्यही भाषामै शपथ लिइसकेकाले त्यही भाषामा शपथ लिनु जरुरी छैन। उनले हिमाल, पहाडदेखि तराईसम्मका नेपालीको सम्पर्कभाषा नेपाली भएकाले पनि आफू दोस्रोपटक नेपाली भाषामा शपथ लिन तयार भएको स्पष्टोक्ति दिए।

अन्तरिम व्यवस्थापिका संसद्मा सरकारले मातृभाषामा पनि शपथ लिन पाउनेगरी विधेयक प्रस्तुत गरिसकेको छ। मधेसवादी दलहरूले सो विधेयकले भाषासम्बन्धी समस्या समाधान नगर्ने बताउँदै आएका छन्। उनीहरूले मातृभाषाको छनोट शपथ लिने व्यक्ति स्वयंले गर्न पाउनुपर्ने तर्क राख्दै आएका छन्। उपराष्ट्रपतिको मातृभाषा मैथिली भएकाले उनले मैथिलीमा शपथ लिनुपर्ने केहीले भनिरहेका वेला झाले भने( 'पहिले पनि कसैको दबाबमा मैले हिन्दीमा शपथ लिएको होइन र अहिले पनि नेपालीमा शपथ लिने निर्णय कसैको दबाबमा गरेको होइन।'

No comments: