Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

पिसाब गर्दा ज्यान गयो

image

२२ वर्षे हिमांशु शर्मा र उनका साथीहरूले पेट्रोल पम्पमा पिसाब गरेको निहुँमा झगडा पर्‍यो । आफ्नो सम्पत्तिमा पिसाब गरेको भन्दै पेट्रोल पम्पका गार्डले गोली चलाउँदा हिमांशुको मृत्यु भएको छ । गोली चलाउने गार्ड पुलिस थानामा छन् । सार्वजनिकस्थलमा थुक्ने र पिसाब गर्ने समस्या भारतभरि नै छ । यसरी सार्वजनिकस्थलमा पिसाब गरेकै निहुँमा मान्छे मारिएको यो पहिलो घटना हो । घटनालगत्तै गृहमन्त्री चिदम्बरमले भारतीय नाागरिकले सार्वजनिक ठाउँमा पिसाब गर्ने र थुक्ने बानीमा सुधार ल्याउनुपर्ने सल्लाह दिएका छन् । भारतका केही राज्यहरूले आफ्ना नागरिकले जहाँ पायो त्यहीँ थुक्ने र पिसाब गर्ने गरेका बानी छुटाउने प्रयास पनि गरेको छ । ती राज्यहरूले आफ्ना नागरिकको त्यस्तो बानी छुटोस् भनेर पिसाब निषेध क्षेत्र घोषणा गरेको छ ।

घटना भएको राति बुधबार हिमांशु शर्मा आफ्ना साथीहरूसँग आफ्नो घरनजिकैको पेट्रोल पम्प पुगेका थिए । 'उनीहरूले केही स्न्याक्स खान कर गरे, त्यसैवेला मेरो छोरा कारबाहिर आएँ,' हिमांशुका बाबु पिके शर्माले भने, 'पेट्रोल पम्पनजिक हिमांशु पिसाब फेर्न थालेका थिए ।' शर्माका अनुसार पेट्रोल पम्पका साहुजीले हिमांशुलाई हकारे र कामदारलाई बोलाए । 'त्यसवेला पेट्रोल पम्प साहुजीसँग हिमांशुको झगडा भयो,' प्रहरी महानिर्देशक आनन्द मोहनले भने, 'पछि त्यो झगडाले मान्छेसम्म मार्‍यो ।' आनन्दका अनुसार गोली चलाउने गार्डको हतियार खोसिएको छ र उनलाई अदालतको फैसलाअनुसार सजाय हुनेछ ।

मान्छे समाजप्रति उत्तरदायी नहुँदा र उनीहरूमा अनुशासन हराउँदा सहर निकै फोहोर बन्दै गएको छ । मान्छेहरूको सार्वजनिकस्थलमा पिसाब गर्ने र थुक्ने बानी छुटाउन भारतीय सरकारले निकै प्रयास पनि गरेको हो । मानिसले जहाँ पायो त्यहीँ पिसाब नगरून् भनेर भारतका केही ठाउँमा देवी र अन्य भगवान्का तस्बिर पनि टाँसिएका छन् ।

No comments: