Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

प्रियदर्शनको फिल्ममा आमिर

मुम्बई, निर्देशक प्रियदर्शन कमेडी फिल्मका लागि प्रसिद्ध छन्। यता, अभिनेता आमिर खान भने गम्भीर भूमिकाका लागि सम्झिन्छन्। तर, अब यी दुईले एउटै फिल्ममा अभिनय गर्ने भएका छन्। यो फिल्म प्रियदर्शनले निर्देशन गरेको तमिल फिल्म 'काञ्चिवरम'को रिमेक हुनेछ। एड्सका विषयमा बन्ने यो फिल्म प्रियदर्शनका अघिल्ला फिल्महरूभन्दा फरक र गम्भीर प्रकृतिको हुनेछ। आमिरले फिल्मको कथा सुनिसकेको र अभिनय गर्न तयार भएको प्रियदर्शनले बताएका छन्। गत वर्ष शाहरुख खानलाई लिएर 'बिल्लु' बनाएका प्रियदर्शनको आमिरसँग यो पहिलो फिल्म हुनेछ। एड्सका विषयमा पछिल्ला समयमा दुई दक्षिण भारतीय निर्देशक रेबतीले 'फिर मिलेङ्गे' र ओनिरले 'माई ब्रदर निखिल' बनाएका थिए।

प्रियदर्शन अहिले नाम नराखिएको एउटा नयाँ फिल्मको सुटिङमा व्यस्त छन्। तमिलनाडुमा सुटिङ भइरहेको यो फिल्ममा अजय देवगन र अक्षय खन्ना मुख्य भूमिकामा देखिँदैछन्। उता, आमिर भने राजकुमार हिरानीको फिल्म 'थ्री इडियटस्'मा व्यस्त छन्। यो फिल्ममा उनीसँग आर माधवन, सरमन जोशी र करिना कपुर पनि हुनेछन्।

No comments: