Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

यस्तो छ सडकमा माओवादीको पूर्वाभ्यास (फोटो फिचर)


smaller text tool iconmedium text tool iconlarger text tool icon







काठमाडौं, वैशाख १६ - मजदुर दिवशको दुई दिन अघिदेखि नै माओवादीले राजधानीमा आफ्नो उपस्थिति देखाउन सुरु गरेको छ। माओवादीले आज बिहानै देखि जिल्ला जिल्लाबाट ल्याएका कार्यकर्तालाई सडकमा उतार्‍यो। थाइल्यान्डका आन्दोलनकारीको शैलीमा उत्रिएका धेरैले रातो टिसर्ट लगाएका थिए जसमा माओवादीको मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारी लेखिएको देखिन्थ्यो। काठमाडौंका सडकमा दौडिँदै आफ्नो बलियो उपस्थिति देखाएका माओवादीले आइतबारदेखि सुरु गर्ने भनिएको देशब्यापी हड्तालको 'रिहर्सल' झै देखिन्थ्यो।



बिहानैको दौडमा वाइसीएल। तस्बिर : केशव थोकर


सडकका दुई किनारामा माओवादी लामवद्ध हिडेपछि बाटो अवरुद्ध बनेको थियो। तस्बिर : केशव थोकर


पाइला आन्दोलनतिर। तस्बिर : केशव थोकर


मार्चमा युवाहरु। तस्बिर : केशव थोकर


नारायणहिटी दरबारबाट अगाडि बढ्दै। तस्बिर : भाश्वर ओझा


मार्सल आर्ट प्रशिक्षणमा वाइसिएल। तस्बिर : भाश्वर ओझा


नारायणहिटीबाट त्रिचन्द्रतर्फ बढ्दै। तस्बिर : भाश्वर ओझा

शिविरका लडाकु हतियारसहित राजधानीमा समातिए

हड्तालमा भाग लिन आएकाहरुबाट हतियार बरामद-
केपी ढुंगाना, काठमाडौं, वैशाख १६- माओवादीद्वारा घोषित आमहड्तालमा सहभागी हुन उपत्यका भित्रिएका माओवादी प्रर्दशनकारीवाट हतियार बरामद भएको छ। प्रहरीले नयांबजार, मुड्खु र मैतिदेवीवाट हतियार सहित ६ जनालाई पक्राउ गरेको छ। शिविरका २ जना लडाकु हतियारसहित समातिएका छन्। प्रर्दशनमा सहभागी हुन उपत्यका भित्रिएका माओवादी कार्यकर्ता हतियार हुने आशंकामा प्रहरीले चेकजांज गर्नेक्रममा बेलुका सात वजे नयाँबजारमा खुकुरी सहित तीन जनालाई पक्राउ गरेको थियो। प्रहरीले काभ्रे भकुण्डेबेशीका बर्ष १७ को मनोज मगर, ईलाम चुलाचुलीका बर्ष १६ को प्रतिक राई र बर्ष २० को राजन राईलाई खुकुरी, तरवार सहित पक्राउ गरेको हो। प्रहरीले विहान आठ वजे मैतिदेवीमा रेन्बो चक्कु सहित एक जनालाई पक्राउ गरेको थियो। समुहमा सुन्धारावाट देखी मैतीदेबी जानेक्रमा प्रहरीले गरेको चेकजांचको क्रममा काभ्रे मनखुका निर्मल थापाको साथबाट रेम्बो चक्कु बरामद भएको थियो।

महानगरीय प्रहरी प्रभाग मुडखुको टोलिले ना १६ प १७७५ कालो पल्सर मोटर साईकलमा आएका नुवाकोट जिल्ला घर भई चितवन प्रताप स्मृति बिग्रेड क्याक्टेनमेन्ट बस्ने बर्ष २७ को मुकुन्द केसी र बर्ष ३५ को कृष्ण बहादुर तामाङ्गलाई खुकुरी सहित पक्राउ गरेको छ। प्रर्दशनमा आएका माओवादीवाट हतियार बरामदको घटना बढेपछि प्रहरीले चेकजाँच बढाएको छ। काठमाडौं प्रवेश गर्ने नाकाहरुको प्रहरी निरिक्षक र असई खटिने गरेपछि बैशाख १६ गतेवाट डिएसपीको कमान्डमा प्रहरी टोली खटाईएको प्रहरी स्रोतले बतायो। स्रोतका अनुसार उपत्यकाका सबै इकाई प्रहरी प्रमुखहरुलाई'झोला सहितका नयां अनुहारका ब्यक्तिलाई अनिवार्य रुपमा चेक गर्न निर्देशन दिइएको छ। काठमाडौंभित्र प्रहरीले बुधवार पांच तारे होटल र क्यासिनोहरुमा छापा मारेको थियो। प्रहरी स्रोतका अनुसार क्यासिनोमा हतियार भन्डारण गरिएको गोप्य जानकारीको आधारमा काठमाडौं परिसरको टोलिले स्थानीय प्रहरी युनिटले उपत्यकाका प्रमुख क्यासिनो र होटलमा छापा मारेको थियो। छापामा संलग्न एक प्रहरीले भने'जानकारीको आधारमा सबै कोठाभित्र पुगेर छापा मारियो तर, केही फेला परेन।'काठमाडौं परिसर प्रमुख रमेश खरेलले काठमाडौंका होटल,लज र अन्य शंकास्पद क्षेत्रको पहिचान गरी छड्के चेकजाँचलाई तिब्र बनाएको बताए। उनले भने'चेकजाँचकोक्रममा केही हतियार समेत बरामद भएकाले थप प्रहरी शक्ति परिचालन गरिरहेका छौं।'



के भन्छ अन्मिन?

प्रेस वक्तव्य

वैशाख १५, २०६७

हिजो, १४ गते वैशाख, सार्वजनिक यातायातको एउटा साधनमा यात्रा गर्दा एउटा ह्याण्ड ग्रिनेडका साथमा मुख्‍य शिविर २ सिन्धुलीका माओवादी सेनाका प्लाटुन कमाण्डर सन्तोष राई फेला परेका छन्।
जीवनलाई जोखिममा पार्ने यो लापरवाहीको भर्त्सना गर्दै अन्मिन एकीकृत नेकपा माओवादीलाई यससम्बन्धी अनुसन्धानमा पूर्णत सहयोग गर्न र उपयुक्त कारबाही गर्न आव्हान गर्छ। हतियार आफ्नो साथमा राख्‍नु र त्यसलाई लिएर हिड्नु कानुन विपरीत हो र यसमा कानुनबमोजिम कारबाही हुनुका साथै त्यसो गर्नु हतियार तथा सेनाको व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौताको उल्लङ्‍घन पनि हो।
शान्ति सम्झौताको पूर्ण पालना गर्न र कुनै पनि प्रकारको उत्तेजनात्मक वक्तव्य नदिन तथा क्रियाकलाप नगर्न एकीकृत नेकपा माओवादी र अन्य सबै पक्षलाई अन्मिन आव्हान गर्छ।

बैशाख १९ गतेदेखी शुरु हुने अनिश्चितकालीन आम हड्तालमा सहभागि हुन आएका माओवादी कार्यकर्ताहरु निजी घर,विद्यालय,पार्टी प्यालेस,होटल, गेष्ट हाउस, कारखाना, र वाईसियल क्याम्पहरुमा बसेका छन्। उनीहरु उपत्यकाका खुल्ला स्थानहरुमा टेन्ट समेत राखेका छन्। प्रहरीले केही विद्यालय र निजी घरमा बसेका प्रर्दशनकारीहरुलाई बुधवार हटाएपनि उनीहरुको बस्नेक्रम भने रोकिएको छैन। महानगरिय प्रहरी आयुक्त कार्यालयका प्रहरी अधिकारीका अनुसार सरकारी भवन, क्याम्पस र विद्यालयमा बस्न प्रर्दशनकारीहरुलाई प्रतिबन्धै लगाईएको छ। ति अधिकारीले भने'प्रर्दशनकारीलाई सरकारी भवनमा कुनै हालतमा बस्न दिंदैनौं।'

निजी घर, व्यापारीक भवन, विद्यालय र कारखानामा प्रर्दशनकारी जर्वजस्ती बसेको जानकारी आएमा प्रहरीले तत्काल घर खाली गराउने ति अधिकारीले बताए। उनले भने'उपत्यकामा ब्यक्तिगत घर,निजी विद्यालय र होटलमा उनीहरु बसेको जानकारी हामीलाई छ। तर उनीहरुलाई राजीखुसीले राखिएको हो वा जर्वजस्ती त्यसको बारेमा सम्बन्धीत ब्यक्तिले जानकारी नगराएसम्म हामीले मात्र केही गर्न सक्दैनौं।' प्रहरीले बुधवार तयार पारेको माओवादी सक्रियताको प्रतिवेदन अनुसार माओवादीले पहिलो प्राथमिकतामा पार्टी प्यालेस, हाउजिगं र निर्माणाधिन सपिङ्गमललाई बनाएका छन्। ब्यक्तिगत घरमा १० जनासम्मको संख्यामा बसेका छन् भने पार्टी प्यालेस, हाउजिगं र सपिगंमलमा पांच सय देखी तीन हजारसम्म बसेका छन्। प्रर्दशनमा सहभागि हुन आएकाहरु सुकुम्बासी बस्ती, खोला किनारमा खाली स्थानमा टेन्ट लगाएर समेत बसेका छन्।

स्रोतका अनुसार माओवादी उपत्यकाका सबै गेष्ट हाउसहरुलाई १७ गतेवाट प्रति गेष्ट हाउस १५ देखी २५ जनाको संख्यामा आफ्ना कार्यकर्ता राख्न उर्दी जारी गरेका छन्। केही गेष्ट हाउसहरुमा उनीहरु बसिसकेपनि अधिकांशलाई फोन मार्फत कोठाहरु खाली राख्न निर्देशन दिएका छन्।स्रोतवाट प्राप्त प्रहरी प्रतिवेदन अनुसार प्रर्दशनकारीहरु सानो भर्‍याङ्ग,बालाजु, गोलढुंगा,मनमैजु म्हैपी, क्षेत्रपाटी धोविचौर, गैर्ही गाउं लगायतका क्षेत्रमा उनीहरुले ब्यक्तिको घरमा आफ्ना कार्यकर्ता राखेका छन्। स्रोतका अनुसार सानो भर्‍यागं स्थित बाबुकाजी महर्जनको घर, बालाजु गोलढुङ्गा, गुजेश्वरी स्थित माधव पुडासैनीको घर, बालाजु मनमैजु स्थित सम्भु बस्नेतको घर, मनमैजु डाँडाँगाउँ स्थित निर्माणाधिन घर, म्हैपी स्थित रामचन्द्र सिंखडाको घर, क्षेत्रपाटी ११ नं.वडा स्थित बलराम मानन्धरको घर, कामनपा.१७, धोबीचौर स्थित दिवाकर राणाको घर, कामनपा.३४, विनायकध्रुर्व मार्ग स्थित रामेश्वर कोइरालाको घर, कामनपा.३५, साईराम मार्ग स्थित लक्ष्मण पराजुलीको घर, कामनपा.३५, गैह्रीगाउँ स्थित विनायक मार्गको निजी घरमा हड्तालमा सहभागिहरु बसेका छन्। उनीहरु प्रतिघर ५ देखी १० जनाको संख्यामा बसेका छन्।

जुनतारा बोर्डिगं स्कुल, युनिभर्सल एकेडेमी, फर्वाड एकेडेमी, कालिकास्थानको त्रिनीटी कलेज र प्लाटिना कलेज,युनिर्भसल बोर्डिग स्कुल धुम्बाराही, कीर्तिपुरको लेबेटोरी विद्यालयमा प्रर्दशनकारी बसेका छन्। बिजय स्मारक उच्च माबि,कन्या स्कुल र टिनेटी कलेजमा बसेका प्रर्दशनकारीहरुलाई प्रहरीले हटाएको छ। माओवादीले त्रिचन्द्र, सरस्वती, पब्लीक युथ,मिनभवन,कर्मश क्याम्पसमा कार्यकर्ता राख्ने तयारी गरेको जानकारी पाए लगत्तै प्रहरीले शैक्षिक क्षेत्र, सरकारी भवनमा बसेका हस्तक्षेप गर्न बाध्य हुने जानकारी गराएपछि उनीहरु पछि हटेका छन्।

प्रर्दशनकारीहरु बालाजु औधोगिक क्षेत्रको पस्मिना फ्याक्ट्री, बसपार्क स्थित ल्होत्से बहुउद्देश्य भवन, ठमेलको नमस्ते पार्टी प्यालेस ठमेल पार्टी प्यालेस, सुन्धारा स्थित नवनिर्मित सिभिल मल र त्यसको वरिपरी निर्माणाधिन भवन, कालिकास्थान, भत्केको पुलमा रहेको वाईसिइल क्याम्प, गौशाला धर्मशाला, शान्तिसेवा गृह गौशालामा बसेका छन्। कोजिहोम पार्टी प्यालेस महाराजगंज, , विरेन्द्र बाटिका क्रियापुत्री भवन बसुन्धारा, बसुन्धारा मन्दिर, धापासी हाउजिगं,एसआर क्याटरिगं धुम्बाराही, ओमसाई होटल,धुम्बाराही, गोकर्ण ९ स्थित अन्नपूर्ण गलैचा कारखाना, कीर्तिपुर ट्याङ्गलाफाँटको सिभिल होम्स, , फर्पिङ्ग टल्कु २ स्थित सामुदायिक भवन, फर्पिङ्ग बसपार्कको गाउँले गेष्ट हाउस, कालिमाटी टंकेश्वरको तरकारी बजार,बलम्बुको वाईसियल क्याम्प र कलंकीको दर्शन पार्टी प्यालेसमा बसेका छन्। त्रिपुरेश्वर बागमति किनारमा टेन्ट सहित करिव १० हजारको संख्यामा प्रर्दशनकारीहर बसेका छन्।

ओम साईराम होटल, कञ्चनजंघा होटलमा करिव २ सय ५० प्रर्दशनकारी बसेका छन्। गोंगबु बसपार्कका पुजा,न्यु पर्वत शंकर र तम्घास गेष्ट हाउसमा प्रत्येक गेष्ट हाउसमा ३० जनाको संख्यामा प्रर्दशनकार िबसेका छन्। गेष्ट हाउस व्यवसायिका अनुसार गोंगबु क्षेत्रमा १७ गतेवाट प्रत्येक लजमा २० देखी ३० जनाको दरमा आफ्ना मान्छे आउने भएकाले कोठा खाली राख्न निर्देशन दिएपनि होटल र रेष्टुरेन्टले ग्राहक राख्न छोडिसकेका छन्। ललितपुरमा अशोक पार्टी प्यालेस,नमस्ते सुपरमार्टेक, खन्ना गार्मेन्ट र कुपन्डोलको कार्यालय,कान्तीपुर हाईटमा माओवादी प्रर्दशनकारीहरु बसेका छन्। प्रहरीले ललितपुर क्षेत्रमा करिव १० हजार कार्यकर्ता बसेको निष्कर्ष प्रहरीको छ।

भक्तपुरमा १७ हजार प्रर्दशनकारी बसेको एक प्रहरीले बताए। भक्तपुरको कटुन्जे,नरेफांट बागमति किनार, मनोहरा फाँटमा कार्यकर्ता बसेका छन्। बोडेमा वाईसिएलको आफ्नै क्याम्प छ। भक्तपुरको ग्रामिण क्षेत्रमा ब्यक्तिगत घरमा तीन देखी पांच जनाको संख्यामा सेल्टर लिएको प्रहरी रिर्पोटमा उल्लेख छ।

खाजा भनेर राखेका थिए पेट्रोल बम पो रहेछ

काठमाडौं, बैशाख १७ - 'विहिवार विहानै हाम्रो खाजा हो भनेर बोराका बोरा सामान गेष्ट हाउसको कोठामा राखेका थिए,यस्तो सामान पो रहेछ।'
सुन्धारामा रहेको मेचीकाली गेष्ट हाउसवाट आन्दोलन हिंशात्मक बनाउने प्रयोग हुने पेट्रोल बमका सामाग्री, गुलेली र गुच्चा बरामद गरेपछि प्रहरीद्धारा पक्राउ गरिएका गेष्ट हाउसका सञ्चालक अजव पाण्डेले काठमाडौं परिसरमा विहिवार बेलुका भने 'उनीहरुको खाजा यस्तो हो भन्ने थाहै भएन।' पाण्डेका अनुसार बुधवार बेलुका २ जना गेष्ट हाउसमा आएर बस्न एउटा कोठा चाहियो भनेका थिए। कोठा बुक गर्नेक्रममा फारम भर्न दिंदा उनीहरुले नाम र ठेगाना राखेपनि सम्पर्क नम्बर भने भरेनन्। नाम कृष्ण घिमिरे अनी ठेगाना लाजीम्पाट लेखे। पाण्डेले भने'उनीहरु हेर्दा २५ वर्षका जस्ता देखिन्थे, मोवाइल नम्बर पनि राख्नुस भन्दा पर्दैन भनेर गए।'

'उनीहरुले बुधवार कोठा बुक गरेपनि बेलुका गेष्ट हाउसमा बसेनन्। विहिवार विहान बोरामा सामानहरु बोकेर आए। के हो भनेर सोधेको हाम्रो खाजाहरु हो भने। पछि प्रहरी आएर कोठा खोलेर हेर्दा पो बोराभित्र सिसी,गुलेलीहरु रहेछन् ' पाण्डेले सञ्चारकर्मीमाझ भने। प्रहरी निरिक्षकको कमान्डमा गेष्ट हाउसमा छापा मार्न पुगेको प्रहरीले गेष्ट हाउसको कोठा नम्बर १०३ वाट प्रहरीले पेट्रोलले भरिएको १०० लिटरको २ वटा ड्रम, ५० लिटरको चार वटा ड्रम, खाली बोतल राखिएको १० वटा बोरा,एक बोरा गुलेली , एक बोरा गुच्चा, काठको भूस भएको सात वटा बोरा, ६ वटा कैची र तीन रोल सेतो कपडा बरामद गरेको थियो। आन्दोलनलाई विध्वंशात्मक बनाउने सामाग्रि बरामद भएपछि प्रहरीले गेष्ट हाउस सञ्चालकलाई समेत पक्राउ गरेर प्रहरी कार्यालय ल्याएको थियो।

बरामद सामाग्रीबाट करिव एक हजार पेट्रोल बम बनाउन सकिन्छ। पाँच सय भन्दा बढी गुलेली रहेका छन्। बरामद भएको पेट्रोल,खाली सिसी र कपडाको सुतलीको प्रयोग पेट्रोल बम बनाएर माओवादी आन्दोलनमा प्रयोग गर्ने तयारी गरिएको प्रहरीको निष्कर्ष छ। बरामद गुच्चा र गुलेली आन्दोलनको शुरक्षार्थ परिचालीत प्रहरीमाथि आक्रमण गर्न संकलन गरिएको प्रहरीको निष्कर्ष छ। पाण्डेले उनीहरुले आफु माओवादी हौं भनेर परिचय नदिएको बताएपनि काठमाडौं परिसरका प्रमुख रमेश खरेल माओवादीद्धारा घोषित आन्दोलनमा प्रयोग गर्न ति सामाग्रि लुकाएर राखेको दावी गर्छन। खरेलले भने'बरामद सामाग्रिको प्रकृतीवाट बैशाख १८ गतेवाट शुरु हुने पार्टीको आन्दोलनमा जनधनको क्षती पुर्‍याउन राखिएको प्रष्ट हुन्छ।'

खरेलले काठमाडौं उपत्यकाका विभिन्न गेष्ट हाउस, रेष्टुरेन्ट तथा सरकारी, गैर सरकारी सघं संस्थाहरुमा अवैध हातहतियार तथा सरसामनहरु लुकाई छिपाई राखेको सूचनाका आधारमा शंकास्पद क्षेत्रमा छापा मार्नेक्रम तिब्र बनाएको बताए। आन्दोलनको औपचारिक घोषणा अगाडि माओवादीले देशव्यापी लाठि र खुकुरी तालीम सञ्चालन गरेकाले आन्दोलन हिंशात्मक हुने आशंका गरिएको छ। प्रहरीले बुधवार नयांबजार, मुड्खु र मैतिदेवीवाट हतियार सहित ६ जनालाई पक्राउ गरेको थियो। चितवन प्रताप स्मृति बिग्रेड क्याक्टेनमेन्ट बस्ने बर्ष २७ को मुकुन्द केसी र बर्ष ३५ को कृष्ण बहादुर तामाङ्ग मुड्खुवाट खुकुरी सहित पक्राउ परेका थिए। उपत्यकाभित्र हतियार भित्रिने आशंकामा प्रहरीले उपत्यका भित्रिने नाकाहरुमा डिएसपीको कमान्डमा प्रहरी टोली परिचालन गरेको छ। एसपी खरेलले हतियार लुकाउन सकिने सम्भावीत स्थानहरुमा नियमित चेकजा"च र छापामार्ने कामलाई तिब्रं बनाएको बताए। उनले भने'हतियार लुकाउन सकिने सम्भावीत स्थानहरुको सूची बनाएर विशेष टोली परिचालन गरेका छौं।'

'जनताले चाहेमा राजसंस्था फर्किन्छ' पारस (फोटोफिचर सहित)
































बीरगञ्ज, वैशाख १५ - पूर्व युवराज पारश शाहाले जनताले चाहेमा राजसंस्था फर्किन सक्ने बताएका छन्। 'व्यक्तिगतरुपमा मलाई राजा बन्ने चाहना छैन,' पारसले पत्रकारहरुसँग भने, 'तर जनताले चाहेमा राजसंस्था फर्किन सक्छ।'

आइतबारमात्र सिंगापुरबाट नेपाल आएका पारस राजाको सक्रिय शासनकालमा समेत चरम आलोचनाका पात्र थिए। राजतन्त्र समाप्त भएर मुलुकमा गणतन्त्र स्थापना भइसक्दा पनि पूर्व राजपरिबारबाट यस्ता अभिव्यक्तिहरु बारबम्बार आइरहेका छन्।
करिब एक महिना अघिमात्रै पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र सकिएको भन्नु काल्पनिक भएको अभिव्यक्ति दिएका थिए।

बीरगञ्ज सामुदायिक आँखा अस्पताल उद्‍घाटनपछि पत्रकारसँगको कुराकानीमा पारसले आफूले राजनीतिक कुराकानी गर्न नचाहेको तर मुलुकको अवस्था हिंसात्मक बन्दै गएको टिप्पणी गरेका थिए।


हाइटीको जस्तो भूकम्प काठमाडौँमा गयो भने

हाइटीको महाभुकम्पमा उद्दार गर्दा बारम्बार स्वदेशको झल्झली याद आउँथ्यो। यही घटना काठमाडौंमा घटेमा कस्तो होला? कम्तिमा पनि ५ लाखको हाराहारीमा हताहत हुनसक्छ। समयमा उद्दार पक्कै पनि आउँदैन। किनकि, हाम्रो समुद्रसम्म पुग्ने मार्ग छैन। एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ, त्यो भत्किएमा हेलिकप्टर अवतवरणबाहेक अरु उपाय नै छैन। पृथ्वीराजमार्गका दुईवटा पुल मात्र भत्किएमा उद्धार कार्य नै हुनसक्दैन।

गणमा भोज हुनुअघि तयार पारिएको टेण्ट भुइचालोपछि त्यही टेण्टमा अस्थायी अस्पतालमा परिणत भएको थियो।

प्रकाश आचार्य, गणपति/ रोजप्रताप राणा, अप्रेसन अफिसर, शेर गण (हाइटी)-११ जनवरी, २०१०। हाइटीको राजधानी पोर्ट औ प्रिन्समा सबै हिसाबले चकमन्न थियो। हाइटी स्वतन्त्र भएको दिनमा फेब्रुअरी दोस्रो हप्तामा कार्निभल उत्सव मनाउन चोकचोकमा स्टेज बन्दै थियो। फेबु्रअरी २८ मा सिनेटको चुनाव भएकाले पनि हाइटीको माहौल तात्तिदै थियो। तर हामी पनि त्यसदिन फरक तवरमा उत्साहित थियौं। किनकि, श्री शेर गणको २०५ औं बार्षिक उत्सव मनाउने तयारीमा थियौं। पोर्ट औ प्रिन्स, तावारेस्थित चार्ली क्याम्पभित्र वेलुकी ५ बजे टेण्ट टागेर गणको बार्षिक उत्सव मनाउन गइरहेका थियौं।

५ बजेको बडाखाना भोजको तयारी गरि पाहुनाको स्वागतका लागि सबै गण परिवार खुलाचौरमा कुरिरहेका थिए। कोही बास्केटवल खेलिरहेका थिए भने कोही आफ्नै तवरमा मनोरञ्जन लिइरहेका थिए। ४ : ५३ मा विस्तारै जमिन हल्लियो। त्यसको दुई-तीन सकेण्डपछि जमिन माथि उठ्ने, तल जाने, दाया र बाया हल्लियो। पार्किङमा राखिएका गाडीहरू यताउति आफै सर्न थाले। गाडीएका झण्डाका पोलहरु भूँई छुन खोज्दै दाँयाबाँया हल्लिन थाले। चौरमा भएका व्यक्तिहरु पनि सायदै आफ्नो खुट्टामा उभिन सफल भए।

एकाएक कोलाहल मच्चियो। पोर्टअफ प्रिन्स पुरै कुइरीमण्डल भयो। मोबाइल बन्दै भयो। भाग्यवश आन्तरिक रेडियोसेट खुलै रहेछ। र, बाहिर रहेका पट्रोलसँग अप्रेसन अधिकृत रोजप्रताप राणासँग सम्पर्क भयो। हाम्रो मान्छे काउण्ट गर्‍यौं, सबै ठीक थियो। पट्रोल ग्ाएका जवान तथा हातहतियार सकुसल रहेको खबर प्राप्त भयो। तर राष्ट्रसंघीय मिसन बसेको क्रिस्टोफर होटेलको मिनुस्ता कार्यालय भने पुरै ध्वस्त भयो भन्ने खबर आयो।

त्यो दिन गुल्म खेल प्रतियोगिताको पुरस्कार बाड्ने समारोह थियो। सांस्कृतिक कार्यक्रम थियो। खानामा नेपाली स्वाद आउने विशेष परिकार पकाइएका थिए। भोजअघि सामान्य कोल्डड्रिक्स सुरू हुनै लागेको थियो। पाल टागेर सबै रमाइलो गर्दै थिए। त्यही पाललाई यहाँ मेडिकल टेण्टमा परिणत गर्‍यौं। भुकम्पपछि रमाइलो माहोल नै कता हो कता। सबैको ध्यान उद्धार कार्यतिर मोडियो। तुरुन्तै क्विक रेसपोन्स फोर्स उद्दारको लागि परिचालित गरियो। सिपाहीले खुकुराको सपेटा टोक्दै उद्दार गर्न गाडी उक्लिए।

भुकम्प गएको आधी घण्टामा घाइतेहरू हाम्रो क्याम्पतिर ओइरिन थाले। त्यतिखेरको परिस्थिति निकै दर्दानक थियो। एउटा मान्छे आफ्नो घरमा तीन वटी छोरी मरेको रहेछ, अर्को घाइते छोरालाई उपचार गर्न हाम्रो क्याम्पभित्र ल्यायो तर ऊ पनि मर्‍यो। यस्ता धेरै उदाहरण देखिए। जहाँ ठूला घरहरु छन्, अपार्टमेण्ट छन्, तीी पुरै ध्वस्त भएको जानकारी पाइयो। मिनुस्ताका धेरै मान्छे धेरै हताहत भएको खबर आयो।

मिलिटरी स्टाफको रुपमा मिनुस्ता हेडक्वार्टरमा कार्यरत महासेनानी रतिन्द्र खत्री गणको कार्यक्रमतिर हिडिसक्नुभएको थियो। तर त्यहाँ कार्यरत हाम्रा प्रमुख सेनानी डा प्रेमसिंह बस्नेतको केही ढिलाइ भएका कारण उहाँ भुकम्पको चपेटामा पर्नुभयो। भाग्यवश क्याप्टेन जनक सिलवालको पट्रोल त्यही पुगेको रहेछ। र, सोही पट्रोलले उहाँलाई सकुसल उद्दार गरी फिलिपिनो कम्पनीको मेडिकल क्याम्पमा पुर्‍याइयो। प्रेम करशाबको खुट्टामा छालाबाहेक अरू केही थिएन। ओभर व्लिडिङ भइरहेकेा थियो। जनक त्यहाँ नपुगेको भए प्रेम सरको बारेमा भन्न सकिने स्थिति थिएन।

जनक चुनावको सम्वन्य गर्न भिला प्रिभे भन्ने होटेलमा गएको थियो, तर त्यहाँ जोर्डनका दुई जना अफिसर ढिला गरेको बैठक चाडै सकियो। र, उनीहरू चाढै निस्किए। दुभार्ग्यवश, ती दुई जना जोर्डन अफिसर बैठक बसिरहेका वेला सोही होटलभित्र पुरिए। जनक बाचेको कारण प्रेम सरलाई बचाउन पनि सफल भयो। त्यसैगरी केन्सकोफ डाडामा गएको क्याप्टेन पूर्ण कार्कीको संयुक्त पट्रोलमा त्यत्तिकै भाग्यको खेला झेल्नुपर्‍यो। क्याप्टेन पूर्ण गएको संयुक्त पट्रोलमा अनपोलको गाडी क्रस भयो, नेपालको गाडीको बीचमा पहिरो खस्यो। र, गाडी त्यही रोकियो। उनीहरू पनि बाँच्न सफल भए।

जताततै कोलाहल र चित्कार मात्र। रगत लत्तपतिएको घाइते तथा लासहरू। हाम्रो गणबाट गएको थप फौजले घाइते विरामीलाई ल्याउन थाले। विरामी स्वयम् आफै पनि गण परिसरभित्र आउन थाले।हाम्रो टोलीले रातभर काम गर्‍यो। सरकार पनि छैन। स्थानीय प्रहरीको घर पनि छैन। प्रहरी आफै चौपटमा परेका छन्। हाइटीमा जे थियो, मिनुस्ता बाकी थियो। त्यसको नौ तले घर पनि पुरै ध्वस्त भइसकेको थियो। मिनुस्ताको फोर्स कमाण्डर विदामा थिए। डिपुटी फोर्स कमाण्डरचाहिं फोन गर्न तीन मिनेट बाहिर निस्केका के थिए, त्यही वेला भवन पुरै गर्ल्यामगुर्लुम्म ढल्यो। उनकी पत्नीचाहिं मन्तना होटेलभित्र भासिइन्। मिनुस्ता प्रमुखसहित डेढ सय जना त्यही भासिए। त्यसपछि हाम्रो टोलीले मिनुस्ता हेडक्वार्टरलाई उद्दार गर्न खट्टियो।

घाइतेलाई उपचार गर्दै नेपाली सेनाको स्वास्थ्य टोली


त्यतिखेर अस्पताल पुरै ध्वस्त भइसकेका थिए। उपचारका नाममा केही सैनिक क्याम्प थिए तर उनीहरू आफ्नै घाइते सैनिकलाई उपचार गर्न भ्याइ-नभ्याइ थिए। सौभाग्यवश, त्यसवेला हामो पल्टनमा केही क्षति नपुगेको कारणले हाम्रो मेडिकल टोली २३ जना मात्रै थियो। हामीले ३५० जनालाई छ महिनाको लागि ल्याइएको औषधी त्यही रात सिद्धियो। तैपनि हामीले प्रारिम्भक उपचार गरिरह्यौं। हाम्रो संस्कार नै छ, सकेसम्म अरूलाई सहयोग गर्ने। त्यही भावनाले हाइटी महाभुकम्पमा धेरै काम गर्‍यो।

हाम्रो सकल दर्जाले तन मन धनलगाएर उद्दारमा खटियो। ब्राजिलको १९ जना र जोर्डनका केही सैनिक मरेको हुँदा उनीहरू सोकमा थिए। हामी सकुसल भएपछि आफ्नो दायित्व पुरा गर्न सफल भयौं। भुकुम्पको उद्दार गर्न काखैमा रहेको अमेरिकाभन्दा अगाडि चिनियाँ टोल्ाी आइपुग्यो। उनीहरूको बटालियन कमाण्डर टोलीसहित भ्रमणमाा आएको उच्चस्तरीय टोली मिनुस्तामा पुरियो। आफ्ना मान्छेको लास बोक्न चिनियाँ टोली त्यति चाडो आइपुगेको हो।

हामीसँग साउण्ट डिटेक्टर मेसिन पनि थिएन। न त आधुनिक तालिमप्राप्त कुकुर नै थिए। हुन त यस्ता प्रविधि मिनुस्तासँग पनि थिएन। पछि हामीले यस्तो विशेष उद्दार गर्ने रेस्क्यु उपकरण चाहिन्छ भन्ने माग पनि राख्ोका छौं। भुकम्पमा अँएको ४८ घण्टासम्म सर्च एण्ड रेक्क्युको काम मात्र भयो। चिनियाँ टोलीले आफ्नो नागरिकको लास टकटक झिकेर लगिहाल्यो। अनौठो त के भने, उनीहरूले लास झिक्दा नेपाली सेनाबाहेक अरूलाई मिनुस्ताको भवन क्षेत्रभित्र कसैलाई छिर्न दिएनन्। मिडियालाई समेत तस्बिर खिच्न दिएनन् उनीहरुले।

भत्किएका भवनमा उद्दारको लागि १० दिनसम्म हातैले काम गरियो। डोजर लगाइएन। त्यसपछि मात्र इन्जिनियरिङ युनिटका डोजर लगाइ उद्दार गर्न थालियो। अनौठो, १४ दिनपछि क्यारेभियन सपुरमार्केटभित्र ज्युइदै मान्छे निकाइयो। लक्कीली ऊचाहिं जुस, खाने कुरा नजिक अर्ध भागमा पुरिएको रहेछ। यहाँको लोकल मोबाइलले काम गरेपछि भित्र अड्किएको व्यक्ति फोन सम्पर्कमा आएको कारणले बचाउन सफल भइयो।

भुकम्पलगत्तै हेडक्वार्टरको मुख्य चासो देखियो, पोर्ट औ प्रिन्सको सुरक्षा के छ? किनकि, भुकम्पका कारण जेलभित्र रहेका पाच हजारजति खुंकार डकैट, गुण्डाहरु प्रहरीको हतियार लिएर फरार भए। पोर्ट औ प्रिन्स जहाँ बढी क्षति भएको छ, जहाँ सुरक्षा थ्रेट छ, त्यहाँ सुरक्षा व्यवस्था के छ भनेर यूएन हेडक्वार्टरले बारम्बार ताकेता गरिरह्यो। हामीसँग रहेका फौज नपुगेर नेपब्याट १, जो हाइटीको मध्य क्षेत्रमा कार्यरत छ, त्यहाँबाट दुई कम्पनी थप फौज मगाइयो। यस्तो वेलामा मानवीय आधारमा विभिन्न मुलुकले सहयोग दिदा रहेछन् तर तिनको उचित व्यवस्थापन गर्न निकै चुनौति देखियो।

घाइतेलाई उपचार गर्दै नेपाली सेनाको स्वास्थ्य टोली


पोर्ट औ प्रिन्समा रहेको एयरपोर्ट दुई दिनसम्म एयरपोर्ट चलेन। त्यसपछि अमेरिकी सेनाको विशेष दस्ता ८२ एयर बर्न डिभिजन फोर्स आयो। अमेरिकाले खासगरि इराक र अफ्गानिस्तानमा तैनाथ गराउने उक्त फोर्सलाई हाइटीमा केन्द्रीत गरायो। हाइटीका बासिन्दा अमेरिकी सेना झरेको देख्दा आतंकित भए। अमेरिकी सेना कतै कब्जा गर्न आएको त होइन? नानाथरि आंशका उब्जिए। हाइटीमा 'रिजनल' स्वार्थ भएका सेनाले पनि त्यही शंकाको घेरामा हेरे। अमेरिकाको ५ वटा बटालियनले आफ्नो विभिन्न दैविक उद्धारका सामाग्री ल्याएर नेपाली सेनासँगै काम गर्‍यो। उनीहरूले मानवीय उद्दारको नाममा आएको बताए। किनभने त्यो फोर्स अमेरिकामा तयारी अवस्थामा थियो तर लगत्तै हाइटीतिर मोडिहाल्यो।

हामी भूकम्पपछि हाहाकार नहोस् भनेर पेट्रोलिङ, खाद्यान्न गस्तीतिर हाम गरिरह्यौं। संसार भरका धनी मुलुकको सहोग हाइटीतिर ओइरिन थाल्यो। पोर्ट औ प्रिन्सको एयरपोर्ट सही अवस्थामा नभएकोले राहत सामग्री बोकेको हवाइजहाज डोमिनिकन रिपब्लिकमा अवतरण गरियो तर त्यहाँबाट जति पनि राहत आउछ, त्यसको पेट्रोल गर्ने काम नेपाली सेनाले गर्‍यो। अमेरिकनको विशेष सहयोगमा विस्तारैविस्तारै सुरक्षाको खतरा कम हुदै गयो। अमेरिकी सेनाले एयरक्राफ्ट क्यायिर विशेष पानी जहाज र हस्पिटल जहाज ल्याएर उद्दार गर्न थाल्यो। अचम्म त के भने अमेरिकाको उक्त हस्पिटल जहाजमा १० वटा अप्रेसन थियटर थिए, जवकि नेपालमा आर्मी अस्पताल, विर हस्पताल, शिक्षण अस्पतालमा जस्ता ठूला हस्पतालमा त्यति धेरै धेरै अप्रेसन थियटर सायदै होलान्। उक्त जहाजका आफ्नै हेलिकप्टर थिए। सिधै हेलिकप्टर अवतरण गराएर उपचार गर्थ्यो, जसको कारणले हाइटीको कोहाहल केही साम्य हुन मद्दत गर्‍यो।

विस्तारै मान्छेहरूमा राहत महसुस हुदै गयो। अर्थतन्त्रलाई सामान्यमा ल्याउनका लागि बजारमा किनमेल हुन थाल्यो। तर पैसा छैन। अलिकति पैसा छ, पसल छैन। पसल छ, तर पैसा छैन। पैसा सबै बैंकमा छन्। जनजीवन सामान्यमा ल्याउनको लागि खानेकुरा किन्न सकिने, पैसाको कारोबार हुन आवश्यक थियो। हाम्रो क्षेत्रमा पर्ने १६ वटा बैंकको सुरक्षा दिइ तिनलाई सञ्चालनमा ल्याउन सहयोग गरियो। यूएनमा जाँदा हामीले गर्नुपर्ने काम पेट्रोलिङ, गस्ती, सुरक्षा, घाइतेको उपचार आदि सबै कुरा हाइटीमा आएर अभ्यास गर्न पाइयो। तर त्यसबीचमा हामीसँग नमिठो अनुभव संगाल्यौं। २४ औं घण्टामा लासमा कुल्चिएर हिड्दा, खाद्यान्न सहयोगमा अहोरात्र खटिदा हामी पनि आफै विरामी पर्ने स्थितिमा पुग्यौं।

घाइतेलाई उपचार गर्दै नेपाली सेनाको स्वास्थ्य टोली


हाम्रो कामको जताततैबाट प्रशंशा भयो। दिनप्रतिदिन हामीमाथि सुरक्षा थपिदै गयो। नेपाली सेनालाई हाइटीको राजधानीको मुख्य भाग जिम्मेवारी दिएको थियो। सेना नभएको मुलुकमा हामीले राजधानीलाई सुरक्षा दिइरहेका थियौं। भुकम्पका कारण ३५० जना बस्ने ठाउमा ६०० जना थपिइसकेको छ। बस्ने, खाने समस्या छ, ट्वाइलेट भरिएको छ। रासन पुगेको छैन। मिसनका मान्छेलाई सबैभन्दा पहिलो प्राथमिकता आफ्ना मान्छेको लास झिक्नेतिर दिए। त्यसपछि मात्र सुपरमार्केटलगायतका ठूला भवनको भग्नावेश गर्न। ७-१० दिनसम्म काम गर्‍यौं। त्यसवेलासम्म पुरै थकान लागिसकेको थियो।

दैविक प्रकोपको वेला मिडियाको पनि ठूलो भूमिका हुदो रहेछ। एकपटक हामी राहत उद्दारको सुरक्षा गरिरहेका थियौं, सीएनएनले त्यसको प्रत्यक्ष प्रसारण दिइरहेको थियो। भनिरहेको थियो, नेपालले राहत वितरण गरेको विस्कुटको डेट एक्पाएर भएको छ। वास्तवमा त्यो राहत हामीले वितरण गरेका थिएनौं, हामीले त केवल अरू संस्थाको राहत वितरणलाई सुरक्षा मात्र प्रदान गरिरहेका थियौं। सबै खालका सहयोगको लागि दैविक उद्दार सम्वन्य गर्ने कार्यालय ओचाले संयोजन गरिरहेको थियो।

दैविक उद्दारकै चटारो भइरहेका वेला एकाएक हल्ला फिजियो, सुनामी आउदैछ भन्ोर। ब्यारेक खाली छोडेर केन्सकोपको डाडातिर उक्लिन हो कि भन्ने दोधार स्थिति आइपुग्यो। हल्लाकै आधारमा पोर्ट औ प्रिन्सका बासिन्दा रातारात डाडातिर उक्किए। हामीहरु भने अन्यौलमा थियौं। सुनामीको आधारिक सूचना थिएन। पछि मिनुस्ताबाटै आधिकारिक खबर आयो, त्यो गलत हल्ला हो भनेर।

हामीहरू अझै सामान्य अवस्थामा पुगेको थिएनौं, किनकि भुकम्प गएपछि छ दर्जनपटक सानातिना कम्पन आइरहे। त्यसबाट निकै त्रास वातावरण सिर्जना भइरह्यो। सबैको मनमा त्रास थियो, नेपाल सकुसल फर्किन्छ कि फर्किदैन। परिवारलाई भेट्न पाइन्छ कि पाइदैन भन्ने। सपनामा बारम्बार भुइचालो अँएको देखिन्थ्यो। बाहिर हिड्दाखेरि लासैलास देखिन्थ्यो। गन्ध आएर हिड्न नसकिने स्थिति थियो। महाभुकम्पबाट मारिएका करिब दुई लाख ३० हजार हाइटीबासी मृत आफन्तको शरीर हेर्दै रोइरहेका थिए। लासलाई उचित व्यवस्थापन नगरेमा अर्को महामारी फैलिने खतरा थियो।

हाइटीका केहीले बाटोमै लास जलाए। उसो त ९५ प्रतिशत क्रिश्चियन भएको हाइटीमा लास जलाउने चलन छैन। तापनि लास गाड्ने ठाउ नहुदा जलाउनु उनीहरुको बाध्यता थियो। ब्लकले बनेका हाइटी घरहरु पुरै भत्किदा स्थानीय बासिन्दा सबै खुला चौरमा पालमुनि बस्न थाले।

भुइचालोलगत्तै राष्ट्रसंघले सिभिल कर्मचारीलाई १२ हजार डलरसहित डोमिनिकन रिपब्लिकमा घुम्ने प्याकेज दियो। त्यो एकखालको स्टे्रस म्यानेजमेण्ट पनि हो। तर हामी (सेना) लाई केही थिएन। २४ औं घण्टा काम गरिरह्यौं, विना रोकटोक। यी सिभिल कर्मचारीको महसुस खड्कियो। उनीहरुको विदाले गर्दा सेनाको काममा पनि बाधा भयो। लगातारको कम्पनले पनि हाम्रो फौजमा मनोवैज्ञानिक असर परेको छ। अहिले पनि जाच गरियो भने हामीमा स्टे्रसको मात्र बढी नै पाइने पक्का छ। हामीले त्यस्तो उपचारको विधि नपाएकोले आफैले आफैलाई हौसला दिनेबाहेक विकल्प पनि थिएन। भुकम्पले नेपालीीलाई सामान्य मात्र क्षति भयो। हाम्रो कम्पाउण्डभित्रको वर्कशप पुरै चर्कियो। सौभाग्य, त्यहाँ हाम्रो मान्छे कोही थिएन। अर्को साइबर क्याफे नै ढल्यो। त्यो दिन बडाभोजमा सरिक भएकोले साइभरमा पनि कोही थिएन।

पछिल्लो अवस्थामा भुकम्पपीडितलाई राहत दिलाउने काम ६ महिनासम्म मात्र दिने सकिने, त्यसपछि दीगो व्यवस्थापन गर्न पैसाका लागि पुर्ननिर्माण योजना वा खानाका लागि काम भन्ने कार्यक्रम ल्याउनुपर्छ भन्ने अन्तर्राष्ट्रिय संघस्ांस्थाको मान्यता छ। त्यही अनुसार हामी पनि राहत तथा सुरक्षा दिइरहेका छौं। हाम्रो मातहातमा १५८ वटा पुर्नस्थापना केन्द्र रहेका छन्, ती सबै खुला चौर तथा विद्यालयमा पाल टागेर बसिरहेका छन्। तिनको सुरक्षा गर्ने पनि अर्को चुनौति छ। त्यहाँ बलात्कार, चोरी, डकैति हुनसक्ने खतरा पनि उत्तिकै छ। अझै पनि २० प्रतिशत लास भग्नावेशमा पुरिएका छन्। तिनलाई व्यवस्थापन गर्नु अर्को चुनौति हो।

हाइटीको महाभुकम्पमा उद्दार गर्दा बारम्बार स्वदेशको झल्झली याद आउथ्यो। यही घटना काठमाडौंमा घटेमा कस्तो होला? कल्पना त नगरौं, यस्तो कहिलै नहोस्। तर त्यसको तयारी त हामीले गर्नेपर्छ। यस्तै घटना घटेमा नेपालमा कम्तिमा पनि ५ लाखको हाराहारीमा हताहत हुनसक्छ। समयमा उद्दार पक्कै पनि आउँदैन। किनकि, हाम्रो समुद्रसम्म पुग्ने मार्ग छैन। एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ, त्यो भत्किएमा हेलिकप्टर अवतवरणबाहेक अरु उपाय नै छैन। पृथ्वीराजमार्गका दुईवटा पुल मात्र भत्किएमा उद्धार कार्य नै हुनसक्दैन।

काठमाडौंका बाटाहरु अति साँघुरा छन्, कुनै पनि अस्पालनमा सायदै खुला जमिन भेट्न सकिन्छ। अस्पतालमा हेलिप्याड बनाइएका छैनन्। हजारौं संख्यामा हताहत भएमा हाम्रो संस्कृति अनुसार लासको व्यवस्थापन गर्न कठिन हुनेछ। हामीसँग रेस्क्युका स्रोत र साधनहरु अति नै कम छन्। तालिमको अभाव छ। स्थानीय जनतामा भुकम्पसम्बन्धी जनजागरणको कमी छ। कच्ची घरहरु अझै व्याप्त छन्। नयाँ घर बनाउदा पनि तोकिएको मापदण्डविपरित बनाइएका छन्। मुख्यगरि सार्वजनिक उपभोगका भवनहरु स्कुल, कलेज, सरकारी भवनहरु पनि जीर्ण अवस्थामा छन्। त्यसैले हामी सबैले समयमै सचेत भइ हाइटीको जस्तो दुर्दशा नेपालीले भोग्न नपरोस्। धन्य हाइटीमा हाम्रो सिंहबाहीनी माता र पशुपतिनाथको कृपाले केही भएन।

३१ वर्षको मह यात्रा


कला क्षेत्रका सदाबहार बादसाह मानिने मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मंगलबार ३१ वर्षको यात्रा पूरा गरेका छन्। महको यो यात्रा बाहिर देखिए जस्तै सधैँ सुमधुर रहेन। सम्बन्ध ३१ औं वर्षको अनुभव सुनाउँदै मदनकृष्णले भने- 'लामो यात्रामा रिसाउने त भइहाल्छ नि। दुवैले राम्रो सोच्छौं, चित्त नबुझ्दा कम्प्रोमाइज गर्ने बानी हाम्रो छ।' सम्बन्ध ३१ औं वर्ष पुगेको अवसरमा मदनकृष्ण श्रेष्ठले सुनाएको अनुभवः
छुट्टा छुट्टै क्षेत्र र उमेर समुहका हामीले सँगै काम थालेको ३१ वर्ष पुगेको छ। हरिवंश र मेरो लागि यो दिनको वशेष अर्थ छ। यो हाम्रो खुशीको दिन हो। धेरैले देख्छन् हाम्रो सम्बन्ध राम्रो र सुमधुर किसिमले अघि बढिरहेको छ। ३१ वर्षे यो यात्रा सधैँ सुमधुर मात्र रहेन। यो लामो यात्राका क्रममा हामी धेरै पटक रिसाएका छौं। मलाई हरिवंशका कतिपय कुराहरु चित्त बुझ्दैन। कतिपय मेरा कुराहरु उसले मान्दै मान्दैन। तर पनि हाम्रो यात्रा गज्जबले जमेको छ। म नेवार उ बाहुन। तर हामीमा जातीयताको कुनै गन्ध छैन। हामी एकअर्काप्रति बडो इमान्दार छौं। सबभन्दा पहिला पैसामा इमान्दार छौं अनि काममा । दुई जनामा काम गर्दा कम्प्रोमाइज हुन्छ।

कतिपय अवस्थामा आफूले चाहँदा चाहँदै पनि उसले राम्रै गर्न खोज्यो होला भनेर छाडिदिने बानी हामी दुवैमा छ। खासमा भन्नुपर्दा यो यात्रा यहाँसम्म आइपुगेपछि अहिले यसो सोच्दा लाग्छ हामीमा श्रीमान्-श्रीमतीमा जस्तो सहनशीलता पनि छ। आखिर एउटा घरका श्रीमान्-श्रीमती कसले नराम्रो सोच राखेको हुन्छ र ! कति कुरा उसले राम्रै गर्न खोज्यो होला भनेर विश्वासमा छोडदिन्छु। मेरा धेरै नराम्रा पक्षलाई उसले सही दिन्छ। कुरा नमिल्ने भनेकै बुझाइको कुरामा हो। आखिर हामी दुवैले राम्रै गर्न खोजिरहेका हुन्छौं। त्यस्तो बुझाइ नरहना साथ सम्बन्ध त विच्छेद भइहाल्छ नि।

सम्बन्धको ३१ वर्ष पूरा गरेकै दिन हामीले माओवादी नेता बाबुराम भट्टराईलाई भेट्यौं। मैले यही कुरा सुनाएँ। राजनीतिक सहमति खोज्नुभन्दा पहिले आफैँसँग सम्झौता गर्नोस् भने। सम्झौतापछि मात्र सहमति हुनसक्छ। कांग्रेस वा माओवादीले चाहेको मात्र संविधान बनाउने कोसिस भए त्यसले झगडा ल्याइहाल्छ नि। मैले आफ्नो कुरा आफ्नै किसिम लागू गर्दा हरिवंशलाई पनि सोध्नुपर्छ। उसका इच्छाहरु पनि बुझ्नुपर्छ। कतिपय कुराहरु उसका राम्रा हुनसक्छन्। हाम्रो एउटा सम्बन्ध छ भने जस्तै नेताहरुले यो देशको जिम्मेवारी मेरो हो भनेर बुझे हुन्थ्यो जस्तो लाग्छ। पार्टी पार्टीमा पनि सम्बन्ध हुन्छ। त्यसैले कसैले पनि यही हुनुपर्छ भनेर अड्डी कस्यो भने द्वन्द्व भइहाल्छ।

हाम्रो यो सम्बन्धको यात्रा सधैँ एकै रहेको छैन। अलि अलि तल वा माथि भए पनि हामी सधैँ न्युनतम विषयमा इमान्दार नै हुन्छौं। ती विषयले हामीलाई सधैँ जोडिरहेको हुन्छ। दलहरुमा पनि त्यस्तै भइदिए हुन्थ्यो जस्तो लाग्छ। बाबुराम भट्टराईले आज हामीलाई १ मे को प्रदर्शनमा हिंसा हुँदैन भनेर खुब आश्वस्त पार्न खोजे। नेताहरुको बोलाइ र गराइमा सधैँ भिन्नता देखिँदै आएको छ खै के हुने हो!

महको ३१ बर्षे यात्रा पूरा

काठमाडौं मदनकृष्ण श्रेष्ठको म र हरिवंश आचार्यको ह अर्थात मह, ३१ वर्ष पहिले उनीहरु मदनकृष्ण र हरिवंशबाट महमा परिणत भएका थिए। कला क्षेत्रमा बादशाह मानिने मह जोडीले मंगलबार ३१ औँ वर्ष पुरा गरेका छन्। मदनकृष्ण श्रेष्ठका अनुसार ,फरक–फरक क्षेत्र र उमेर समूहका भएपनि सँगै ३१ वर्षे यात्रा राम्रोसँग काटेको बताउँछन्।
३१ वर्षको यात्रा पूरा गरेपनि सम्बन्धमा कहिलेकाही उतार चढाव आएको र जातीयताको कुनै गन्ध नआएको बताउँछन्। बुझाइमा कुरा नमिले पनि दुवैले राम्रो गर्न खोजेको भन्दै काममा कम्प्रोमाइज गर्ने बताए। महको सम्बन्धले ३१ वर्ष पुरा गरेकोमा मह जोडीले माओवादी नेता बाबुराम भट्टराईसँग भेट गरेको बताए।
आफ्नो र हरिवंशको सम्बन्ध सम्झौताले प्रगाढ भए जस्तै राजनीतिक दललाई समेत सम्झौता गर्न लगाई चाँडो भन्दा चाँडो संविधान निर्माण गर्न प्रोत्साहन गरे। उनका अनुसार राजनीतिक सहमति खोज्नुभन्दा पहिले आफैँमा सम्झौता गरे पार्टी पार्टीबीच सम्बन्ध राम्रो हुने बताए। आफुबीच राम्रो इमान्दारीता भए झै दलमा पनि त्यस्तै भइदिए राम्रो हुने उनले बताए। मह जोडीको बाबुरामसँगको भेटमा १ मेको प्रदर्शनमा कुनै हिंसा नहुने बताएका छन्। मह जाडीले विभिन्न जनचेतनाफैलाउने नाटक, टेलीश्रृङ्खला बनाई जनतामा चेतना फैलाउने काम गरेका छन्।

अस्तव्यस्त बनाउने गोप्य आदेश

काठमाडौं। एकीकृत माओवादीले गर्न लागेको 'विद्रोह'सम्बन्धी केही सैद्धान्तिक र केही व्यावहारिक योजनाबारे सुइँको पाइएको छ।
सैद्धान्तिक योजनाअन्तर्गत विद्रोह आवश्यक छैन भन्नेहरूलाई पार्टीबाट कारबाही गर्ने, विद्रोहलाई बाध्यात्मक कदम ठानी विजयसम्म पुर्या्इछाड्ने र विद्रोहपछि एकलौटी सत्ता टिक्न नसक्ने भएकाले संयुक्त मोर्चाका आधारमा सरकार सञ्चालन गर्ने रणनीति माओवादीले अख्तियार गरेको बुझिएको छ भने व्यावहारिक योजनामा चाहिँ राजधानीलाई अस्तव्यस्त बनाइने उल्लेख छ।

माओJustify Fullवादी पार्टीसूत्रले जनआस्थालाई दिएको जानकारीअनुसार केन्द्रले जारी गरेको सर्कुलरमा तीनवटा 'असाधारण प्रश्नहरू' उठाइएको छ। पहिलो असाधारण प्रश्न(विद्रोह अहिलेको आवश्यकता हो कि रहर हो? भन्ने छ। विद्रोह अहिलेको रहर नभएर आवश्यकता बनेको र माओवादीले विद्रोह नगरे प्रतिविद्रोह हुन्छ भन्ने निष्कर्षसमेत निकालिएको छ। अहिले जसले विद्रोह आवश्यक छैन भन्छ, त्यसलाई दक्षिणपन्थी अवसरवादी भन्दै पार्टीबाट गलहत्याउन सर्कुलरमार्फत कडा निर्देशन गरिएको स्रोत बताउँछ। त्यसैगरी, दोस्रो असाधारण प्रश्नमा भनिएको छ( 'विद्रोह जित्न सकिन्छ कि सकिँदैन?' यसबारे माओवादी नेतृत्वको निष्कर्ष छ, जित्न सकिन्छ। किनभने यसका लागि आधार तयार भइसकेको छ। पहिलो, निष्त्रि्कय मतदाता मात्रै होइन, कि भौतिक रूपमै लड्न सक्ने जनताको अपार समर्थन र शक्ति पार्टीको पक्षमा छ। दोस्रो, दसौँ हजारको लडाकुदस्ता पार्टीसँग मौजुद छ। तेस्रो, सत्ताधारीमा चरम बिखण्डन एवं संकट छ र चौथो, अन्तर्राष्ट्रिय समुदायलाई पनि तटस्थ राख्न सकिने अवस्था देखिएको छ। यी चार कारणले गर्दा विद्रोहका लागि वस्तुगत एवं आत्मगत अवस्था विद्यमान रहेको निष्कर्ष माओवादीले निकालेको सूत्र बताउँछ।

१९ हजार जनसेना, साढे १३ हजार सहिद परिवार, साढे चार हजार बेपत्ता परिवार, एक लाख वाइसिएल, १० हजार जनयुद्धका घाइते, एक लाख होलटाइमर र तीन लाख पार्टी सदस्यलाई माओवादीले आफ्नो शक्तिको स्रोत मानेको छ। यीमध्ये एक व्यक्तिबराबर चार परिवार आफ्नो प्रभावमा रहेको ठहरसहित माओवादीले निष्कर्ष निकालेको छ( 'अब हामीले जित्छौँ, फर्किने कुरा छैन। अहिलेको सेनाको नेतृत्व पनि लुते छ, दलका कार्यकर्ता रक्षात्मक अवस्थामा छन्, शासकमा आफैँभित्र अन्तरविरोध छ। दलहरूमा ठूलो संकट छ, उनीहरूकै दलित र जनजातिले माओवादीका एजेन्डालाई समर्थन गरेका छन्। जनयुद्धमा ब्याटल लडेका अधिकांश लडाकु बाहिरै छन्। वाइसिएल भंग पनि भन्ने मात्रै हो, गर्ने होइन। कब्जा गरिएको सम्पत्ति पनि फिर्ता हुँदैन।'

त्यसैगरी, भारतले प्रत्यक्ष रूपमा सैन्य हस्तक्षेप गर्न नसक्ने, तत्काल अमेरिका पनि नआउने अनि युरोपियन युनियन र अनमिनले पनि न्युट्रल बसेर सहयोग पुर्या उने निष्कर्षमा माओवादी पुगेको बताइन्छ। चीनले माओवादीको आन्दोलनलाई समर्थन नगरे पनि सरकारमा गएपछि भने समर्थन गर्ने वचन दिएको दाबी माओवादी नेताहरूको छ। अमेरिका आर्थिक मन्दीमा फसेको, उत्तरकोरिया, अफगानिस्तान, इरान, इराक, आदि मामिलामा अल्झिएको र उसले माओवादी आन्दोलनलाई दक्षिण एसियाको चुनौती भने पनि सीधै हस्तक्षेप गर्न नसक्ने तथा भारतले पनि सीधै केही गर्न नसक्ने, हदै भए नाकाबन्दीसम्म गर्न सक्ने निष्कर्ष माओवादीको छ। तर, भारतमा पनि गोर्खाली फौज छन्, भारतीय सहरका प्रत्येक महलमा चौकीदारी गर्नेहरू माओवादीमा संगठित छन्। यस्तो वेलामा धनीदेखि उच्चपदस्थको भान्छामा समेत पहुँच भएका व्यक्तिलाई आन्दोलित गरेर भारतलाई दबाब दिन सकिने विश्वास पनि माओवादी नेताहरूको छ। भारतले हस्तक्षेप गरे यतैबाट हजारौँ समर्थक पठाएर दिल्लीमा विरोध प्रदर्शन गरी उसलाई दबाब दिने नीति अख्तियार गरिने भएको छ।

माओवादीले सर्कुलर गरेको तेस्रो असाधारण प्रश्न हो, 'विद्रोह जितेर त्यसलाई टिकाउन सकिन्छ कि सकिँदैन?' विद्रोहपछि माओवादी एक्लैले सरकार चलाउने नभएर कांग्रेस, एमालेलगायतका दलको संयुक्त मोर्चा र गठबन्धनकै आधारमा माओवादी नेतृत्वको सरकार बन्ने र त्यसलाई टिकाउन सकिने निष्कर्ष माओवादीले निकालेको बुझिएको छ। तर, त्यो गठबन्धन हुने वेलामा कांग्रेस(एमालेमा नयाँ धु्रवीकरण भइसक्ने उसको विश्लेषण छ। यसरी विद्रोहलाई अहिलेको बाध्यात्मक आवश्यकता भन्दै विद्रोह जितिने र त्यसलाई टिकाउन पनि सकिने सैद्धान्तिक निष्कर्षमा माओवादी पुगेकाले अबको आन्दोलन माधव नेपालले राजीनामा दिएर मात्रै नरोकिने माओवादी नेताहरूले कार्यकर्तालाई आश्वस्त पारेका छन्।

माओवादीले घोषणा गर्ने विद्रोहका केही चुनौती पनि छन्। जस्तो कि यो किसिमको आन्दोलनमा छापामार युद्धजस्तो हानिसकेर सुरक्षित स्थानमा फर्कन सकिँदैन। एकपटक विद्रोह भनेर सडकमा आइसकेपछि त्यत्तिकै हारेर फर्कनु भनेको पनि प्रतिगमनका लागि ठाउँ छाडिदिनुसरह हुनेछ।

यसरी हुँदै छ विद्रोहको तयारी
वैशाख १८, मई दिवसको अवसर पारेर माओवादीले मेचीदेखि महाकालीसम्मका मानिस राजधानीमा उतार्दै छ। नेवाः राज्यसमितिलाई सबै मान्छेको व्यवस्थापन गर्न जिम्मा दिइएको छ। तर, व्यवस्थापन एक साताको गरिए पनि आन्दोलनमा आउनेलाई एक महिनाका लागि मानसिकता बनाउन भनिएको छ। माओवादीका अधिकांश पार्टी कमिटीमा मंसिरदेखि लेबी उठ्न सकेको छैन। अहिले अन्तिम धक्का भनेर कार्यकर्ता परिचालन भएपछि सो लेबी असुल हुने, कर्मचारीसित एक महिनाबराबरको चन्दा माग्न पाइने र व्यापक रूपमा चन्दा उठाउने मौका पनि उसलाई मिलेको छ। यसले पार्टीभित्र बढ्दो चरम आर्थिक संकटलाई पनि टार्ने उनीहरूको अनुमान छ।

राजधानीका पार्टी प्यालेसहरू, सिभिल होम्सका घर, अपार्टमेन्ट र कतिपय क्लब माओवादीले बुकिङ गरेका छन्। बुकिङ गरिएका स्थलमा कम्बल र कार्पेट किनेर थुपार्न थालिएको छ। राधास्वामी, सत्संग भवन र स्कुल(कलेजमा पनि मानिस राखिने भएको छ। गोठाटारमा कृपालुजी महाराजको कार्यक्रमका लागि टाँगिएको टेन्टमा हजारजना माओवादी कार्यकर्ता बस्ने भएका छन्। राजधानीमा बाहिरबाट तीन लाख ल्याउने भनिए पनि जिल्लाको कार्यक्रममा समेत सहभागी हुनुपर्ने भएकाले एक लाख मात्र राजधानी भित्र्याइने भएको छ। सोमबार राति ११ बजेसम्म एक सय १५ गाडी मानिस राजधानी आइसकेका छन्। उपत्यकामा पनि घर(घरबाट मानिसलाई प्रदर्शनमा उतारिने भएको छ। बाहिरबाट आएका मानिसलाई चाहेको ठाउँमा १० मिनेटमा जम्मा हुन सक्नेगरी राखिने भएको छ। उनीहरूलाई माघ १९ मा जसरी मोबाइल र ल्यान्डलाइन अफ हुन सक्ने भएकाले सामूहिक रूपमा बस्न भनिएको छ।

प्राप्त जानकारीअनुसार १८ वटा आर्कबाट आज बुधबारदेखि घरदैलो र जनपरिचालन गरिने भएको छ। सबैतिरबाट सिंहदरबार घेराउका लागि मानिसलाई केन्द्रित गरिनेछ। १९ गतेदेखि कर्मचारीलाई कार्यालय बन्द गर्न लगाउने र चालकहरूलाई हाकिमका गाडी नचलाउन उर्दी गर्ने योजना छ। काठमाडौं र पोखरामा कूटनीतिज्ञ तथा पर्यटक बढी हुने र उनीहरूबाट गलत सन्देश बाहिरी दुनियाँमा नजाओस् भन्नका लागि आन्दोलन शान्तिपूर्ण बनाउन जोड गरिने, तर वैशाख १८ पछि पनि सरकारले नचेते वीरगञ्ज, भैरहवा, नेपालगञ्जलगायतका नाकाबाट तेल आदि सामग्रीको ढुवानी रोकेर अप्ठ्यारो बनाउने योजना माओवादीले बनाएको बुझिएको छ। काठमाडौंमा क्यासिनो मजदुर, ट्याक्सी ड्राइभर, सुरक्षा गार्डहरू, माइक्रो ड्राइभर आदिलाई चाहेका वेलामा बोलाएर सडक जाम गर्ने र भिआइपी मुभमेन्ट रोक्ने र अस्तव्यस्त बनाइदिने योजना रहेको स्रोत बताउँछ।

त्यसैगरी, प्रहरी(सेनालाई नबिच्काउने, सकेसम्म कन्भिन्स गर्ने, प्रदर्शन अत्यन्तै शान्तिपूर्ण गर्ने, बिबिसी, सिएनएन आदिका रिपोर्टरलाई आफ्नो नजिकमा राख्ने नीति माओवादीले लिएको छ। यसैबीच, हिजो सााझ केही छानिएका सञ्चारकर्मीहरुसाग कुरा गर्दै चिनियाा राजदूत छिउ गो हुङले जसको भए पनि आफूहरु वैधानिक सरकारको पक्षमा रहेको बताएका छन्।