Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

बाबुराम भूमिगत मोर्चाको तयारीमा

काठमाडौं। जनसेना र हतियार आफ्नो नियन्त्रणमा नआएसम्म अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'साग आत्मसमर्पण गर्नुबाहेक आफ्ना लागि अरु विकल्प नरहेको निष्कर्षमा माओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराई पुगेका छन्। तर जनसेनाभित्र डा.भट्टराईको पक्षमा माहौल बन्न नदिन अध्यक्ष प्रचण्ड सक्रिय देखिएका छन्। जनसेनाभित्र भट्टराईको पक्षमा बन्दै गएको माहौललाई भत्काउन अध्यक्ष प्रचण्डले भारतीय एजेन्टका रूपमा प्रस्तुत गरेको माओवादीका एक केन्द्रीय सदस्यले तरुणलाई बताए। उनका अनुसार डा. भट्टराईलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने दबाब भारतबाट आएको होइन, बरु दसैंअघि नै क्यान्टोनमेन्टमा रहेका जनसेनाको तर्फबाट पार्टी हााक्न प्रचण्ड सक्षम र सरकार हााक्न डा.भट्टराई सक्षम भन्ने सुझाव आएको थियो। उक्त सुझावपछि अध्यक्ष प्रचण्ड सााच्चिकै झस्के। उनले एक महिनाभित्रै सबै क्यान्टोनमेन्टका कमान्डरहरूलाई सरुवा तथा हेरफेर गरी जनसेनालाई आफ्नो पूर्ण नियन्त्रणमा लिए। तर पनि जनसेनाभित्र डा.भट्टराईको पक्षमा भित्रभित्रै माहौल बन्दै गयो। 'नौ महिना सरकार चलाउादा इतिहासमै सफल अर्थमन्त्री सावित भएका कारण पनि डा. भट्टराईलाई प्रधानमन्त्री बनाएर हेर्दा कस्तो होला? भन्ने सोचाइ कार्यकर्तामा जाग्नु स्वाभाविकै हो,' माओवादीका एक केन्द्रीय सदस्यले तरुणलाई बताए। तर डा. भट्टराई प्रधानमन्त्री बन्नु भनेको आफू समाप्त हुनु हो भन्ने कुरा राम्रोसाग बुझेका अध्यक्ष प्रचण्ड भट्टराईलाई भारतीय दलाल सावित गर्ने प्रपञ्चमा लागेका हुन्। बाबुराम भट्टराई प्रधानमन्त्री बनून् भन्ने कुरा भारतीय नेताहरूको मुखबाटै सार्वजनिक गराउने प्रयासमा अध्यक्ष प्रचण्ड केन्द्रित रहे। तर भारतीय नेताहरूको मुखबाट यो कुरा सार्वजनिक भएन। गिरिजाप्रसाद कोइरालासाग वार्ता गर्न दुई महिनाअघि सिंगापुर पुगेका प्रचण्डले भारतीय प्राध्यापक एसडी मुनीलाई भेटे। मुनी डा.भट्टराईका गुरु पनि हुन््। भेटवार्तामा एसडी मुनीले आफ्ना विद्यार्थी डा. भट्टराईको क्षमता माथि तारिफ गर्दै भने– 'यो मान्छेलाई प्रधानमन्त्री बनाउने निर्णय गर्नोस्, तत्काल माओवादीको नेतृत्वमा सरकार बन्छ, होइन भने अब माओवादी सरकारमा पुग्न गाह्रो छ।' यो कुरा सार्वजनिक रूपमा बोलिदिादा आफूलाई सहज हुने प्रस्ताव पनि अध्यक्ष प्रचण्डले एसडी मुनीलाई राखेका थिए। तर उनले मानेनन्। त्यसपछि झन् सशंकित भएका प्रचण्डले स्वदेश फर्केपछि नारायणकाजी श्रेष्ठ, मोहन वैद्यहरूसाग क्यान्टोनमेन्टमात्र डा. भट्टराईको पक्षमा नभएर अन्तर्राष्ट्रिय जगतसमेत उनको पक्षमा भएको विषयमा छलफल गरेका थिए। यो कुरा सार्वजनिक नगरेसम्म आफूहरूलाई सहज नहुने निष्कर्षमा तीनैजना नेताको सहमति भएपछि प्रचण्डमार्फत बोल्न लगाउने र बैठकबाटै प्रचण्डले नै सरकारको नेतृत्व गर्ने कुराको टुंगो लगाउने सहमति भएको थियो। क्यान्टोनमेन्टका जनसेना र हतियारलाई कडा निगरानीमा राख्ने, जनसेनाका डिपुटी कमान्डरहरू अनन्त, बलदेव र जनार्दन शर्माका अंगरक्षक परिवर्तन गरी उनीहरूका गतिविधिमाथि अध्ययन गर्ने र डा. भट्टराई भारतीय एजेन्ट हो भन्ने कुरा सर्कुलर गर्ने निर्णय भयो। उक्त निर्णयअनुसार अहिले जनसेनालाई राष्ट्रियताका विषयमा प्रशिक्षण सुरु गरिएको छ। 'हतियार चलाउने प्रशिक्षण भन्दै तीन/तीन सयको समूह बनाएर तालिम गराइएको बताइए पनि वास्तवमा त्यहाा माओवादीभित्र डा. भट्टराईमार्फत भारतले चलखेल गराइएको विषयमा क्लास सञ्चालन गरिएको छ,' समाचार स्रोतले तरुणलाई बतायो। यसैगरी, जनसेनामात्र होइन डा. भट्टराईको पक्षमा रहेका केन्द्रीय सदस्यहरूलाई पनि साम, दाम, दण्ड, भेदको नीति प्रयोग गर्दै आफ्नो पक्षमा ल्याउने अभियान प्रचण्डले सुरु गरेका छन्। कुनैबेला डा. भट्टराईसागै सती जान तयार भएका दीनानाथ शर्मालाई एबीसी टेलिभिजनमा भएको सम्पूर्ण लगानी बेहार्ने सर्तमा अध्यक्ष प्रचण्डले आफ्नो पक्षधर बनाएका छन्। पार्टीका गतिविधि अखबारमा ल्याएको आरोपमा दीनानाथका ज्वाइा एवं एबीसी टेलिभिजनका सञ्चालक शुभशंकर काडेललाई जनयुद्धकालमा सफाया गर्ने निर्णय भएको थियो। डा. भट्टराईले कडा आपत्ति नजनाएको भए दिनानाथका ज्वाइा पार्टीभित्रैबाट मारिने थिए। तसर्थ, यत्रो सहयोग गरेको व्यक्तिसमेत आफ्नो विपक्षमा लागिसकेको अवस्थामा अध्यक्ष प्रचण्डको खुला विरोधमा लाग्ने आाट डा. भट्टराईले नगरेका हुन्। पार्टी नछाड्ने र भित्रभित्रै मोर्चा बनाएर आफू देखा नपरी राजनीतिक खेल आरम्भ गर्ने निष्कर्षमा डा.भट्टराई पुगेका छन्। यता, डा. भट्टराई समर्थकलाई सिध्याउन भारतीय दलाल करार गर्नुबाहेक अरु बाटो नभएको निष्कर्षमा अध्यक्ष प्रचण्ड पुगेका छन्। डा.भट्टराई समर्थक र आफूसाग रहेकाहरू मिल्दासमेत अल्पमतमा पर्दै गएका प्रचण्डको पछिल्लो समयमा विलासी जीवन बिताउन तस्करहरूसाग मिलेको भनी पार्टीभित्र व्यापक आलोचना हुादै आएको थियो। यसपछि उनी किरण र नेत्रविक्रमहरूको पनि सर्वस्वीकार्य नेता बनेका छन्। किरण पक्षधरहरू डा.बाबुरामलाई प्रधानमन्त्रीका रूपमा देख्नुभन्दा पार्टी फुटाउन दिनु राम्रो भन्ने निष्कर्षमा पुगिसकेको उनीनिकट एक केन्द्रीय सदस्यले बताए। आफ्नो शक्तिको चाल नपाएका भट्टराई भने प्रचण्डले माफी मागे एकपटक फेरि आत्मसमर्पण गर्ने टुंगोमा पुगेका छन्। तर उनीनिकट नेताहरूले भने गोप्य मोर्चाको तयारी गरेको विश्वस्त सूत्रले बताएको छ।

1 comment:

Unknown said...

के तपाईंलाई कुनै पनि प्रकारको तत्काल loanण चाहिन्छ? Liquidण माफी गर्न orण वा तपाईंको व्यवसाय सुधार गर्न loanण आवश्यक तपाईं अन्य बैंक र वित्तीय संस्था द्वारा अस्वीकार गरिएको छ? के तपाईंलाई loanण वा धितो चाहिन्छ? यो ठाउँ हेर्ने ठाउँ हो, हामी यहाँ छौं तपाईंको सबै वित्तीय समस्याहरूको समाधान गर्न। हामी जनताको लागि पैसा ण लिन्छौं। पैसाको आवश्यकतामा नराम्रो लेनदेनकर्ताको साथ आर्थिक मद्दत चाहिन्छ। Investment% को उचित दरमा व्यावासायिक लगानीको लागि भुक्तान गर्न, मलाई यो विधि प्रयोग गर्न दिनुहोस् जुन तपाईंलाई सूचित गर्नुहोस् कि हामी भरपर्दो र सहयोगी सहयोग प्रदान गर्दैछौं र हामी तपाईंलाई ndण दिन तयार छौं। हामीलाई आज ईमेलमार्फत सम्पर्क गर्नुहोस्: daveloganloanfirm@gmail.com कल / पाठ: +1(501)800-0690 र व्हाट्सएप: +१ (5१5) 4040०-56060०

Lण चाहिन्छ?
मलाई सोध।