Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

सरकारले निर्णय नदिएर बेइजिङ ओलम्पिकमा जान पाइनँ : राष्ट्रपति

काठमाडौं, पुस २८- भारतको दबाबका कारण विश्व ओलम्पिकमा भाग लिन चीन नगएको भनी तत्कालीन प्रधानमन्त्री तथा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले लगाएको लाञ्छनाप्रति राष्ट्रपति रामवरण यादवले आपत्ति प्रकट गरेका छन्। छिमेकी मित्रराष्ट्रमा भइरहेको ऐतिहासिक विश्व खेलको उदघाटन (वा समापनमा) सहभागी हुन आफू इच्छुक रहँदारहँदै तत्कालीन सरकारले कुनै निर्णय नगरिदिएको गुनासो समेत उनले गरेका छन्। 'मेरो भ्रमणको निर्णय म आफैंले गर्ने होइन, सरकारले गर्ने हो,' राष्ट्रपति यादवले सोमबार नागरिकसँग संक्षिप्त कुराकानी गर्दै भने, 'सरकारले मलाई कुनै निर्णय नदिइरहेको बेला (तत्कालीन) प्रधानमन्त्री (दाहाल) आफैं बेइजिङ जाने भन्ने समाचारले म आश्चर्यचकित भएको थिएँ।' यादवका अनुसार, ओलम्पिक उद्घाटनअघि विश्व ओलम्पिक कमिटीले उनलाई निमन्त्रणा दिएको थियो। कमिटीको निमन्त्रणामा जाने कि चीन सरकारबाटै निमन्त्रणामा आउँछ भन्नेबारे राष्ट्रपति कार्यालयले परराष्ट्र मन्त्रालयसँग सम्पर्क गरिरहेको थियो।


बेइजिङस्थित नेपाली राजदूतमार्फत चीन सरकार नेपालका प्रथम राष्ट्रपतिलाई निमन्त्रित गर्न इच्छुक रहेको जानकारीसमेत राष्ट्रपति कार्यालयले पाएको थियो। 'म आफैं ओलम्पिकका लागि चीन भ्रमण गर्न उत्सुक थिएँ,' यादवले भने, 'तर प्रधानमन्त्री (दाहाल)ले एकाएक विमानस्थलबाट फोन गरी आफू बेइजिङ जान लागेको भनेर टेलिफोन गरेपछि म छक्क परेँ।' प्रधानमन्त्रीले विदेश भ्रमण गर्नुअघि राष्ट्रपतिलाई शिष्टाचार भेट गरी 'ब्रिफिङ' गर्ने चलन बसाल्ने राष्ट्रपति कार्यालयको चाहना थियो। तर तत्कालीन प्रधानमन्त्री दाहालले विमानस्थलबाट फोन गरी 'राष्ट्रपतिज्यू, म ओलम्पिकका लागि चीन जान लागेँ, तपाईंसँग भेटघाटका लागि समय पाउन सकिन, यसबीच कोशी (बाढी पीडित क्षेत्र) भ्रमणमा व्यस्त भएँ' भन्ने जानकारी दिए।

'चीन सरकारको निमन्त्रणा आउँदैछ भन्ने मलाई जानकारी आएको थियो, म सरकारको निर्णय पर्खिरहेको थिएँ,' राष्ट्रपति यादवले भने, 'राष्ट्रपतिलाई पनि निमन्त्रणा आएको हुनाले बेइजिङ को जाने भन्नेबारे प्रधानमन्त्रीले मसँग दुई चार शब्द सोध्नुहुन्छ भन्ने लागेको थियो तर तर शपथ लिएको केही दिनमै प्रधानमन्त्रीले आफैं बेइजिङ जान लागेको भनेर मलाई विमानस्थलबाट फोन गर्नुभयो, म छक्क परेको थिएँ।' चीनले नेपालबाट राष्ट्रपति वा प्रधानमन्त्रीको उपस्थिति ओलम्पिक उद्घाटन वा समापनका लागि अपेक्षा गरेको थियो। उद्घाटनका बेला नेपालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए। उनले स्वास्थ्यका कारण आफू सहभागी हुन नसक्ने जानकारी दिएका थिए।


संविधानसभा निर्वाचनको चार महिनासम्म पनि माओवादी नेतृत्वमा सरकार गठन गर्न नदिइएको भन्दै माओवादीले दबाब दिइरहेको थियो। तत्कालीन प्रधानमन्त्री कोइराला सार्क शिखर सम्मेलनमा भाग लिई श्रीलंकाको राजधानी कोलम्बोबाट फर्किने क्रममा एक दिन नयाँ दिल्ली बसी भारतीय प्रधानमन्त्री मनमोहन सिंह र सत्तारूढ गठबन्धनकी नेतृ सोनिया गान्धीसँग भेटेका थिए।

त्यसपछि माओवादीले कोइराला सत्ता छाड्न अनिच्छुक रहेको भन्दै तत्काल संसदबाट प्रधानमन्त्रीको निर्वाचनका लागि तारताकेता गरिरहेको थियो। कोइराला भने संक्रमणकालमा संसदको बहुमतभन्दा पनि सहमतिय प्रणालीबाट चल्नुपर्ने धारणासाथ आफ्नै नेतृत्वको सरकार जारी राख्ने पक्षमा थिए।

राष्ट्रपति यादवले प्रधानमन्त्रीको निर्वाचनका बेला हत्तपत्त बेइजिङ उड्दा नयाँ सरकार बनाउन राष्ट्रपतिले आलटाल गरे भन्ने आलोचना आउनसक्ने अवस्था अनुमान गर्दै थिए। उपराष्ट्रपति परमानन्द झा हिन्दीमा शपथ लिएपछि विवादमा आइसकेका थिए। राष्ट्रपति भने संविधानसभा निर्वाचनपछिको पहिलो गणतान्त्रिक सरकार गठन प्रक्रियाबारे संविधानविद्हरूसँग छलफलमा व्यस्त थिए। ओलम्पिक समाचारका लागि बेइजिङमा रहेको यस संवाददातालाई ओलम्पिक उद्घाटनको पूर्वसन्ध्यामा बेइजिङस्थित नेपाली राजदूत टंक कार्कीले राष्ट्रपतिका लागि एउटा पाँचतारे होटलको 'स्वीट् रूम' हेरिसकेको बताएका थिए। उनी काठमाडौंमा सरकारको निर्णय प्रतीक्षा गर्दै थिए।

दाहालले राष्ट्रपति यादव भारतको दबाबमा बेइजिङ ओलम्पिकमा जाने हिम्मत नगरेको भनेर दोस्रोपल्ट सोमबार महेन्द्रनगरमा पनि भाषण गरेपछि राष्ट्रपतिले आपत्ति प्रकट गरेका हुन्। दाहालले आमसभालाई सम्बोधन गर्दै भनेका थिए, 'तपाईंहरूलाई लाग्छ राष्ट्रपति सञ्चो नभएर चीन नगएका हुन् वा चीन मन नपरेर ओलम्पिकमा भाग लिन नगएका हुन्? होइन, आकाशबाणी (भारत)बाट आयो, तँ नजा भनेर अनि उनी गएनन्, मलाई पनि त्यस्तो आकाशबाणी आएको थियो तर मैले त्यो आकाशबाणी त्यतै फर्काइदिएँ।' दाहालले यसअघि काठमाडौंको नयाँ बानेश्वरमा पार्टीको भव्य आमसभामा पनि राष्ट्रपति भारतको दबाबका कारण बेइजिङ नगएको आरोप लगाएका थिए। 'यस भनाइप्रति मेरो आपत्ति छ, मैले आफू जान चाहँदा चाहँदै सरकारले निर्णय गरिदिएन, अहिले उल्टै मलाई दोष लगाउनु कति उचित हुन्छ?' राष्ट्रपति यादवले भने, 'त्यतिबेला प्रधानमन्त्रीले विमानस्थलबाट फोन गरेपछि मैले भन्नैपर्‍यो,' 'ल तपाईंलाई शुभयात्रा छ, नेपाल र चीनबीचको घनिष्ट छिमेकी सम्बन्धलाई तपाईंको भ्रमणले अझ उचाइमा पुर्‍यायोस् भन्ने म शुभकामना दिन्छु।' 

1 comment:

Unknown said...

के तपाईंलाई कुनै पनि प्रकारको तत्काल loanण चाहिन्छ? Liquidण माफी गर्न orण वा तपाईंको व्यवसाय सुधार गर्न loanण आवश्यक तपाईं अन्य बैंक र वित्तीय संस्था द्वारा अस्वीकार गरिएको छ? के तपाईंलाई loanण वा धितो चाहिन्छ? यो ठाउँ हेर्ने ठाउँ हो, हामी यहाँ छौं तपाईंको सबै वित्तीय समस्याहरूको समाधान गर्न। हामी जनताको लागि पैसा ण लिन्छौं। पैसाको आवश्यकतामा नराम्रो लेनदेनकर्ताको साथ आर्थिक मद्दत चाहिन्छ। Investment% को उचित दरमा व्यावासायिक लगानीको लागि भुक्तान गर्न, मलाई यो विधि प्रयोग गर्न दिनुहोस् जुन तपाईंलाई सूचित गर्नुहोस् कि हामी भरपर्दो र सहयोगी सहयोग प्रदान गर्दैछौं र हामी तपाईंलाई ndण दिन तयार छौं। हामीलाई आज ईमेलमार्फत सम्पर्क गर्नुहोस्: daveloganloanfirm@gmail.com कल / पाठ: +1(501)800-0690 र व्हाट्सएप: +१ (5१5) 4040०-56060०

Lण चाहिन्छ?
मलाई सोध।