Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

सलमान र आमिर सँगै

मुम्बई, असोज २२ - सलमान खान र आमिर खानबीच साझेदारी हुने भएको छ। दुवैले एउटै फिल्ममा अभिनय गर्नेछन् र फिल्ममा दुवैको लगानी रहनेछ। स्त्रि्कप्टको टुंगो लगाउन बाँकी रहेको उक्त फिल्ममा आमिर खान प्रोडक्सन र सल्मानका भाइ सोहेल खानको प्रोडक्सन हाउसले संयुक्त लगानी गर्ने सम्भावना छ। एक स्रोतका अनुसार फिल्ममा सलमान र आमिरको बराबर दृश्य हुनेछ र अरू कलाकार तथा निर्देशकको छनोट हुन बाँकी छ। सलमान र आमिरले एकसाथ अभिनय गरेको एकमात्र फिल्म सन् १९९४ को राजकुमार सन्तोषीद्वारा निर्देशित 'अन्दाज अपना अपना' हो। आमिरको 'गजिनी' रिलिज भएपछि दुईको सम्बन्ध गाढा भएको हो। त्यसबेला देखि नै दुवैले संयुक्त काम गर्ने चर्चा सुरु भएको थियो। समान भूमिका र उति नै दृश्य दिनुपर्ने शर्त उनीहरूको भएकोले दुवैले बाहिरका फिल्म खेल्ने साइत जुर्न नसकेको हो। केही अघिसम्म सलमान र आमिर दुवै फेरि 'अन्दाज अपना अपना'को दोस्रो भागमा आउन लागेको र यसका लागि निर्देशक सन्तोषीले तयारी गरिरहेको समाचार प्रकाशित भएको थियो। दोस्रो भागमा अभिनय गर्न आमिर राजी नभएकाले यो प्रोजेक्ट अगाडि बढ्न नसकेको समेत बताइएको थियो। समाचारप्रति आमिरका प्रवक्ताले यसो भनेका थिए, 'अहिले आमिर थ्री इडियट्स र बन्ने क्रममा रहेका अरू तीनवटा फिल्ममा व्यस्त छन्। अहिलेलाई 'अन्दाज अपना अपना'बारे कुनै योजना छैन।'

No comments: