Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

मुम्बईका 'भाइ' सँग करणले माफी मागे

मुम्बई, - बलिउड निर्माता करण जौहरले शनिबार भारतको एक क्षेत्रीय राजनीतिक दलसँग माफी मागे। उनको कसुर थियो- आफ्नो फिल्ममा मुम्बई सहरलाई 'बम्बै' उच्चारण गराउनु। सेन्सर बोर्डले पास गरेको फिल्म 'वेक अप सीड' लाई नवनिर्माण सेनाले मुम्बई र पुणेमा चल्न नदिने घोषणा गरेपछि उनले पार्टीका अध्यक्ष राज ठाकरेको घर पुगेर माफी मागे। माफीसँगै करणले फिल्ममा बोलिएको 'बम्बै' शब्दलाई 'मुम्बई' बनाएर सच्याउने पनि भएका छन्। र, फिल्मको सुरुवातमै यो माफिनामा पर्दामा देखाइने पनि छ। केहीअघिसम्म 'बम्बै' भनिने सहरको नाम केही वर्षअघि मुम्बई बनाइएको थियो। केही वर्षअघि शिव सेनाबाट फुटेर नवनिर्माण सेना बनाएका राजलाई मुम्बईको 'राजनीतिक भाई' भन्ने गरिएको छ। करणले ठाकरेसँग माफी मागेपछि अहिले उनको आलोचना पनि भइरहेको छ। महाराष्ट्रका मुख्यमन्त्री अशोक चभानले भने करणले माफी माग्नु गलत भएको बताएका छन्। 'करणले राज होइन, पुलिस कहाँ जानुपर्थ्यो,' उनले भने। भारतको महाराष्ट्र राज्यमा ठाकरे परिवारको बोलबाला र गुन्डागर्दी कायम भएको मानिन्छ। केही वर्षअघि रामगोपाल वर्माको फिल्म 'सरकार'को प्रदर्शनमा बाल ठाकरेको पार्टी शिव सेनाले अवरोध पुर्‍याएको थियो। यो फिल्ममा अमिताभ बच्चनले निर्वाह गरेको भूमिका बाल ठाकरेसँग मिल्दोजुल्दो भएको शिव सेनाको आरोप थियो।

संसारको सबभन्दा ठूलो लोकतन्त्र भारतमा फिल्ममाथि कुनै पार्टी वा समूहले यसअघि पनि पटकपटक प्रतिबन्ध र रोक लगाउँदै आएका छन्। सरकारी सेन्सरबाट पास भएपछि हालैका दिनमा कुनाल कोहलीको फिल्म 'फना' गुजरातमा, प्रकाश झाको फिल्म 'गंगाजल' बिहारमा र राहुल रवैलको फिल्म 'जो बोले सो निहाल'लाई पञ्जाबमा राजनीतिक संगठनले प्रदर्शन गर्न रोकेका थिए। 'सिंह इज किंग' र 'लव आज कल'का केही दृश्यमा सिख समुदायका नेताले आपत्ती प्रकट गरेपछि फिल्मका केही दृश्य हटाइएका थिए।आयन मुखर्जीले निर्देशन गरेको 'वेक अप सिड'मा रणवीर कुपर, कोनकोना सेन शर्मा, अनुपम खेरलगायतले अभिनय गरेका छन्।

No comments: