Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

प्र.म.को झोँक बामदेवतिर

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले ढ्यांग्रे शरीर एमालेमा राखेर नबस्न उपाध्यक्ष बामदेव गौतमलाई सुझाव दिएका छन्। पार्टीको अंचल सम्पर्क समन्वय कमिटीले मंसिर ६ गते शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री नेपालले शरीर एमाले र आत्मा चाहिा अन्तै भएकाहरुलाई पार्टीमा ठाउ दिन नहुने बताएका थिए। उनले कसैको नाम नलिए पनि बामदेव गौतमलाई संकेत गरेको कार्यकर्ताहरुले स्पष्ट बुझेका थिए। आफू प्रधानमन्त्री भएदेखि नै 'यो दक्षिणपन्थीहरुको गठजोडबाट बनेको सरकार हो, यसले शान्ति प्रक्रिया सफल बनाउादैन' जस्ता आरोप लगाएर हिंडेकोमा बामदेवप्रति आक्रोशित बनेका प्रधानमन्त्रीले अति भएर यस्तो जवाफ फर्काएको उनी निकट स्रोतले जनाएको छ। एमालेमा बसेर माओवादीको चिन्ता गर्नेहरुले एमाले छाडेर हिंड्नु राम्रो हुने सुझाव प्रधानमन्त्री नेपालले अचेल पार्टीका नेता कार्यकर्ताहरुसागको भेटमा पनि दिने गरेका छन्। उनले माओवादीबिना शान्ति प्रक्रिया पनि सफल हाुदैन, संविधान पनि बन्दैन र सरकार पनि चल्दैन भन्नेहरु एमाले हुनै नसक्ने बताएका छन्। प्रधानमन्त्रीले पछिल्लो समयमा उपाध्यक्ष बामदेव गौतम, अशोक राई, सचिव युवराज ज्ञवाली र केन्द्रीय सदस्यहरु राजेन्द्र श्रेष्ठ, योगेश भट्टराई, घनश्याम भुषाल लगायतको भूमिकाप्रति आक्रोश व्यक्त गरेका छन्। अध्यक्ष झलनाथ खनाललाई एकलकाटे ढंगले पार्टी चलाउन उक्साउनेहरु पनि उनीहरु नै हुन् भन्ने ठम्याइ प्रधानमन्त्री नेपालको रहेको चर्चा बालुवाटार वृत्तमा चलेको छ।

No comments: