कोइरालाको नाम नोबल शान्ति पुरस्कारका लागि सिफारिश
घाइते डीएसपीलाई दाहालपत्नी र हिसिलाले भेटे
माओवादी आमहड्तालको पहिलो दिन नयाँ बानेश्वर क्षेत्रको कमान्ड सम्हालिरहेका चौधरी अल्झेर लडेपछि प्रदर्शनकारीले इँट्टा र रडले हानेर मरणासन्न पारेपछि प्रहरीका उच्च अधिकारीले आक्रमण नियोजित भएको बताएका थिए। चौधरी भेट्न पुगेका नेतृले भने आक्रमणमा पार्टी संलग्न नभएको परिवारलाई बताए। यमी पुग्दा चौधरी निदाएकाले कुराकानी भएन। स्वास्थ्यमा सुधार आएपछि आइसियुबाट क्याबिनमा सारिएका उनलाई टाढैवाट हेरेर यमीले पत्नीसँग उनको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेकी थिइन्। जुस चौधरी पत्नीलाई दिँदै उनले भनिन्, 'अहिले कस्तो छ?' प्रतिउत्तरमा पत्नीले पहिलाभन्दा सञ्चो भएको बताइन्।
अस्पताल स्रोतका अनुसार यमीले चौधरीमाथि भएको आक्रमणप्रति दुःखमनाउ गरेकी थिइन्। उनले भनिन्, 'माओवादीले नियोजित रूपमा आक्रमण गरेको भन्दै प्रचार भएको छ, तर उहाँमाथि हाम्रो पार्टीले आक्रमण गरेको हैन, त्यो दुर्घटना मात्र हो।' उनले घटना अत्यन्त दुखपूर्ण रहेको बताउँदै चाँडै सञ्चो हुन शुभकामना दिइन्। माओवादी अध्यक्ष दाहाल आफैं चौधरीको स्वास्थ्य अवस्थाबारे बुझ्न जाने चर्चा भए पनि करिब ११ बजे दाहालपत्नी सीता अध्यक्षको सन्देशबाहक बनेर अस्पताल पुगिन्। चिकित्सकहरूले घाइते चौधरीलाई कुरा नगर्न सचेत गराएकाले सीताले चौधरीपत्नीसँगै भलाकुसारी गर्दै अध्यक्ष दाहालको सन्देश सुनाएकी थिइन्। अस्पताल स्रोतका अनुसार सीताले घटनाप्रति दुखमनाउ गर्दै 'अध्यक्ष दाहालले शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ' भनेर सन्देश सुनाइन्। प्रहरीले बानेश्वर घटनाको अनुसन्धानका लागि मंगलबार कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरणकुमार गौतमको अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो।
दुई दिन आइसियुमा राखेर हालै क्याबिनमा सारिएका चौधरीको स्वास्थ्यमा सुधार आइरहेको छ। धारिलो हतियार प्रहारबाट टाउकोमा छवटा गम्भीर चोट लागेका चौधरीको शल्यक्रिया गरी ४५ वटा टाँका लगाइएकाले उनी बोल्न सक्ने अवस्थामा छैनन्। आफन्तका अनुसार टाउकोभरि पट्टी बेरिएका उनी बोल्दा दुख्ने भएकाले घाउ निको नभएसम्म नबोल्न चिकित्सकहरूले सुझाव दिएका छन्। चौधरीले परिवारका सदस्यसँग सामान्य कुराकानी गर्ने गरेका छन्। परिवारका अनुसार बुधबारदेखि चौधरीले खाना खान सुरु गरेका छन्।
नक्कली नोट छाप्ने कारखानामा प्रहरी छापा
काठमाडौँ, पुस ९ (नागरिक)- ललितपुरको बाँडेगाउँमा नक्कली नोट छाप्ने कारखानामा प्रहरीले छापा मारेको छ। घटनास्थलमा ठूलो परिमाणमा नेपाली तथा भारतीय नोट र नक्कली नोट छाप्ने मेसिननसहित एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको नागरिकन्युजकर्मी केपी ढुंगानाले महानगरीय प्रहरी आयुक्तका प्रमुख मदन खड्कालाई उदधृत गर्दै जनाएका छन्। एआईजी खड्काका अनुसार विशेष सुराकीका आधारमा ललितपुर प्रहरी परिसरका एसपी विक्रम थापाको कमान्डमा घटनास्थललाई चारैतिरबाट घेरा हाली प्रहरीले छापा मारेको थियो। घटनास्थलबाट प्रहरीले भारतीय नागरिक जहाँगिर सेख हकितलाई नियन्त्रणमा लिएको छ। प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको र भोलि पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गर्ने बताएको छ।
चर्को भाषण प्रहसनमा सीमित
केही घन्टा पनि टिक्न नसक्ने भाषण गर्नु र त्यस्तो भाषण गर्न पार्टीको नेतृत्व पंक्तिबाट भारतविरोधी नीति पारित गर्नु माओवादीको अपरिपक्व र उत्तेजक व्यवहार हो। यसको सिकार माओवादी आफैं भएको छ। बानेश्वर आमसभामा सरिक हजारौंहजार कार्यकर्ता/समर्थक र त्यसको समाचार हेर्ने लाखौं नागरिकले देखे-सुनेको आफ्नो भाषणलाई अध्यक्ष दाहालले एउटा प्रहसनमा सीमित गरिदिएका छन्। नेपालका शक्तिहरूले निर्णय गर्न नसकेको भन्दै भारतसँग वार्ता गर्ने भनेर आफूले गरेको घोषणा व्यंग्यात्मक टिप्पणीमात्र भएको उनले स्पष्टीकरण दिन खोजेका छन्। यसबाट उनी हलुका साबित भएका त छन् नै, संविधानसभाको ठूलो दलका प्रमुख नेताको विश्वसनीयता पनि पिँधमा पुर्याइदिएका छन्।
विशाल जनसभा देखेर उनी बहकिएका पनि पक्कै होइनन्। उनको पार्टीले सत्ता समीकरण फेर्न नयाँ दिल्लीलाई दबाव दिनुपर्ने आशयसाथ 'राष्ट्रियता'को मुद्दालाई प्राथमिकता दिने हालैमात्र निर्णय गरेको थियो। नेपाली राष्ट्रियतालाई भारत विरोधका रूपमा विकास गर्न चाहने पञ्चायतकालीन दर्शनसँग मिल्दो धारणा प्रकट गरेर दाहालले जुन वैचारिक दरिद्रता र सचेत तथा जागरूक नेपालीको हुर्मत लिन खोजेका थिए, त्यो बेलुनको हावा खुस्केको मात्र हो। दिल्ली जाने आकाशे फल पन्छाएर संसदमा फर्किने व्यावहारिक निर्णयमा माओवादी पुग्ने निर्णय जिम्मेवारपूर्ण छ। तिनले अब संविधानसभा र व्यवस्थापिकामार्फत आफूलाई ठूलो दलको दायित्वपूर्ण भूमिकामा समर्पित गर्न सक्नुपर्छ। उत्तेजक सडक भाषणबाट न संविधान बन्छ, न नयाँ नेपाल बन्छ, न नेपाल सार्वभौम हुन सक्छ, न नागरिक स्वतन्त्रता कायम हुनसक्छ।
राष्ट्रपतिको कदमबारे छलफल गर्न नपाउनु माओवादीको प्रमुख समस्या हो भने त्यसका लागि सरकारविरूद्ध संकल्प प्रस्ताव ल्याउने संवैधानिक बाटो खुला छ। अन्य संवैधानिक तथा राजनीतिक उपाय पनि पहिल्याउन सकिन्छ, त्यसका लागि उसले संविधानसभाजस्तो ऐतिहासिक जननिर्वाचित थलोकै आश्रय लिनुपर्छ, विदेशको होइन। आन्तरिक रूपमा बलियो लोकतान्त्रिक देशको मात्र राष्ट्रियता बलियो हुन्छ, त्यस्तो देशको मात्र राष्ट्रिय स्वाधिनता स्थापित हुनसक्छ र त्यस्तो देशमा मात्र नागरिक सर्वोच्चता कायम हुन सक्छ भन्ने ख्याल गर्नु माओवादीका लागि अपरिहार्य छ। संविधानसभाका विषयवस्तुप्रति मात्र जागरण अभियान अहिलेको आवश्यकता हो। संविधानसभाभित्रै सभासद्हरूको कठिन परिश्रमसहितको गृहकार्य र छलफल अर्को आवश्यकता हो, न कि जनताले कष्ट पाउने राष्ट्रिय आम हड्ताल। माओवादी उत्तेजनाको चरम विन्दुबाट संसदतर्फ फर्किएको छ। यो उसको स्वीकारोक्ति हो भने नेपाली राष्ट्रियता र लोकतन्त्रका लागि यो सुखद् सन्देश हो।
Italian prime minister in hospital after attack
4 dead in Baghdad blasts
The commander of US forces in Iraq, General Ray Odierno, recently predicted a rise in the number of attacks ahead of legislative elections scheduled for March 7, and said that he could request Washington to slow down the withdrawal of US troops from the country if necessary. US combat troops are due to leave Iraq by August 2010. Some 115,000 US troops are currently serving in Iraq.
PM's jumbo team raises questions
Passenger bus accounts for 13 lives
Victims