Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

थ्री इडियट्सलाई दस अवार्ड


मुम्बई, पुस २७ (एजेन्सी)- बलिउडको प्रतिष्ठित स्क्रिन अवार्डमा राजकुमार हिरानीको फिल्म 'थ्री इडियट्स'ले
उत्कृष्ट फिल्मसहित १० अवार्ड पाएको छ। २१ विधामा मनोनित यो फिल्मले निर्देशक (राजकुमार हिरानी), लोकप्रिय अभिनेत्री (करिना कपुर), हास्य कलाकार र नयाँ अभिनेता (ओमी वैद्य), खलपात्र (बोमन इरानी) र सम्पादन (राजकुमार हिरानी)को अवार्ड पायो। यो फिल्मले पटकथा, कोरियोग्राफी र संवादको पनि अवार्ड पायो। फिल्म 'पा'मा गरेको १३ वर्षीय बालकको चरित्रका लागि अमिताभ बच्चनले उत्कृष्ट अभिनेताको अवार्ड पाए। यसै फिल्मका लागि विद्या बालान उत्कृष्ट अभिनेत्री र अरुन्धती नाग सहअभिनेत्री घोषित भए। यो फिल्ममा मुख्य भूमिकामा अभिनय गरेका बाबुछोराको जोडी अमिताभ-अभिषेकले दशककै सबभन्दा राम्रो जोडीको पनि अवार्ड पायो।  लोकप्रिय अवार्डबाट भने शाहिद कपुर र करिना कपुरलाई पुरस्कृत गरियो। वर्षभरिका लोकप्रिय अभिनेताको अवार्ड शाहिदले 'कमिने'का लागि र करिनाले 'थ्री इडियट्स'का लागि पाए। सहअभिनेताको अवार्ड 'लभ आजकल'का लागि ऋषि कपुरलाई दिइयो। यो फिल्म उत्कृष्ट कथा, गीत र गायक (राहत फतेहअलि खान) विधामा अब्बल ठहरियो।  नयाँ निर्देशकको अवार्ड 'फिराक'का लागि नन्दिता दास, नयाँ अभिनेत्रीको अवार्ड 'देव डी'का लागि माही गिललाई प्रदान गरियो। 'देव डी' कै लागि राजीव रविले उत्कृष्ट सिनेम्याटोग्राफरको अवार्ड हात पारे। 'दिल्ली ६'मा दिएको संगीतले एआर रहमानलाई संगीतकारको अवार्ड दिलायो।  गायिकाको अवार्ड 'वेक अप सिड'की कविता सेठले पाइन्। क्याट्रिना कैफलाई वर्षभरि सबभन्दा बढी मनोरञ्जन प्रदान गरेकी कलाकार घोषित गरियो।

बाबुराम भूमिगत मोर्चाको तयारीमा

काठमाडौं। जनसेना र हतियार आफ्नो नियन्त्रणमा नआएसम्म अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'साग आत्मसमर्पण गर्नुबाहेक आफ्ना लागि अरु विकल्प नरहेको निष्कर्षमा माओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराई पुगेका छन्। तर जनसेनाभित्र डा.भट्टराईको पक्षमा माहौल बन्न नदिन अध्यक्ष प्रचण्ड सक्रिय देखिएका छन्। जनसेनाभित्र भट्टराईको पक्षमा बन्दै गएको माहौललाई भत्काउन अध्यक्ष प्रचण्डले भारतीय एजेन्टका रूपमा प्रस्तुत गरेको माओवादीका एक केन्द्रीय सदस्यले तरुणलाई बताए। उनका अनुसार डा. भट्टराईलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने दबाब भारतबाट आएको होइन, बरु दसैंअघि नै क्यान्टोनमेन्टमा रहेका जनसेनाको तर्फबाट पार्टी हााक्न प्रचण्ड सक्षम र सरकार हााक्न डा.भट्टराई सक्षम भन्ने सुझाव आएको थियो। उक्त सुझावपछि अध्यक्ष प्रचण्ड सााच्चिकै झस्के। उनले एक महिनाभित्रै सबै क्यान्टोनमेन्टका कमान्डरहरूलाई सरुवा तथा हेरफेर गरी जनसेनालाई आफ्नो पूर्ण नियन्त्रणमा लिए। तर पनि जनसेनाभित्र डा.भट्टराईको पक्षमा भित्रभित्रै माहौल बन्दै गयो। 'नौ महिना सरकार चलाउादा इतिहासमै सफल अर्थमन्त्री सावित भएका कारण पनि डा. भट्टराईलाई प्रधानमन्त्री बनाएर हेर्दा कस्तो होला? भन्ने सोचाइ कार्यकर्तामा जाग्नु स्वाभाविकै हो,' माओवादीका एक केन्द्रीय सदस्यले तरुणलाई बताए। तर डा. भट्टराई प्रधानमन्त्री बन्नु भनेको आफू समाप्त हुनु हो भन्ने कुरा राम्रोसाग बुझेका अध्यक्ष प्रचण्ड भट्टराईलाई भारतीय दलाल सावित गर्ने प्रपञ्चमा लागेका हुन्। बाबुराम भट्टराई प्रधानमन्त्री बनून् भन्ने कुरा भारतीय नेताहरूको मुखबाटै सार्वजनिक गराउने प्रयासमा अध्यक्ष प्रचण्ड केन्द्रित रहे। तर भारतीय नेताहरूको मुखबाट यो कुरा सार्वजनिक भएन। गिरिजाप्रसाद कोइरालासाग वार्ता गर्न दुई महिनाअघि सिंगापुर पुगेका प्रचण्डले भारतीय प्राध्यापक एसडी मुनीलाई भेटे। मुनी डा.भट्टराईका गुरु पनि हुन््। भेटवार्तामा एसडी मुनीले आफ्ना विद्यार्थी डा. भट्टराईको क्षमता माथि तारिफ गर्दै भने– 'यो मान्छेलाई प्रधानमन्त्री बनाउने निर्णय गर्नोस्, तत्काल माओवादीको नेतृत्वमा सरकार बन्छ, होइन भने अब माओवादी सरकारमा पुग्न गाह्रो छ।' यो कुरा सार्वजनिक रूपमा बोलिदिादा आफूलाई सहज हुने प्रस्ताव पनि अध्यक्ष प्रचण्डले एसडी मुनीलाई राखेका थिए। तर उनले मानेनन्। त्यसपछि झन् सशंकित भएका प्रचण्डले स्वदेश फर्केपछि नारायणकाजी श्रेष्ठ, मोहन वैद्यहरूसाग क्यान्टोनमेन्टमात्र डा. भट्टराईको पक्षमा नभएर अन्तर्राष्ट्रिय जगतसमेत उनको पक्षमा भएको विषयमा छलफल गरेका थिए। यो कुरा सार्वजनिक नगरेसम्म आफूहरूलाई सहज नहुने निष्कर्षमा तीनैजना नेताको सहमति भएपछि प्रचण्डमार्फत बोल्न लगाउने र बैठकबाटै प्रचण्डले नै सरकारको नेतृत्व गर्ने कुराको टुंगो लगाउने सहमति भएको थियो। क्यान्टोनमेन्टका जनसेना र हतियारलाई कडा निगरानीमा राख्ने, जनसेनाका डिपुटी कमान्डरहरू अनन्त, बलदेव र जनार्दन शर्माका अंगरक्षक परिवर्तन गरी उनीहरूका गतिविधिमाथि अध्ययन गर्ने र डा. भट्टराई भारतीय एजेन्ट हो भन्ने कुरा सर्कुलर गर्ने निर्णय भयो। उक्त निर्णयअनुसार अहिले जनसेनालाई राष्ट्रियताका विषयमा प्रशिक्षण सुरु गरिएको छ। 'हतियार चलाउने प्रशिक्षण भन्दै तीन/तीन सयको समूह बनाएर तालिम गराइएको बताइए पनि वास्तवमा त्यहाा माओवादीभित्र डा. भट्टराईमार्फत भारतले चलखेल गराइएको विषयमा क्लास सञ्चालन गरिएको छ,' समाचार स्रोतले तरुणलाई बतायो। यसैगरी, जनसेनामात्र होइन डा. भट्टराईको पक्षमा रहेका केन्द्रीय सदस्यहरूलाई पनि साम, दाम, दण्ड, भेदको नीति प्रयोग गर्दै आफ्नो पक्षमा ल्याउने अभियान प्रचण्डले सुरु गरेका छन्। कुनैबेला डा. भट्टराईसागै सती जान तयार भएका दीनानाथ शर्मालाई एबीसी टेलिभिजनमा भएको सम्पूर्ण लगानी बेहार्ने सर्तमा अध्यक्ष प्रचण्डले आफ्नो पक्षधर बनाएका छन्। पार्टीका गतिविधि अखबारमा ल्याएको आरोपमा दीनानाथका ज्वाइा एवं एबीसी टेलिभिजनका सञ्चालक शुभशंकर काडेललाई जनयुद्धकालमा सफाया गर्ने निर्णय भएको थियो। डा. भट्टराईले कडा आपत्ति नजनाएको भए दिनानाथका ज्वाइा पार्टीभित्रैबाट मारिने थिए। तसर्थ, यत्रो सहयोग गरेको व्यक्तिसमेत आफ्नो विपक्षमा लागिसकेको अवस्थामा अध्यक्ष प्रचण्डको खुला विरोधमा लाग्ने आाट डा. भट्टराईले नगरेका हुन्। पार्टी नछाड्ने र भित्रभित्रै मोर्चा बनाएर आफू देखा नपरी राजनीतिक खेल आरम्भ गर्ने निष्कर्षमा डा.भट्टराई पुगेका छन्। यता, डा. भट्टराई समर्थकलाई सिध्याउन भारतीय दलाल करार गर्नुबाहेक अरु बाटो नभएको निष्कर्षमा अध्यक्ष प्रचण्ड पुगेका छन्। डा.भट्टराई समर्थक र आफूसाग रहेकाहरू मिल्दासमेत अल्पमतमा पर्दै गएका प्रचण्डको पछिल्लो समयमा विलासी जीवन बिताउन तस्करहरूसाग मिलेको भनी पार्टीभित्र व्यापक आलोचना हुादै आएको थियो। यसपछि उनी किरण र नेत्रविक्रमहरूको पनि सर्वस्वीकार्य नेता बनेका छन्। किरण पक्षधरहरू डा.बाबुरामलाई प्रधानमन्त्रीका रूपमा देख्नुभन्दा पार्टी फुटाउन दिनु राम्रो भन्ने निष्कर्षमा पुगिसकेको उनीनिकट एक केन्द्रीय सदस्यले बताए। आफ्नो शक्तिको चाल नपाएका भट्टराई भने प्रचण्डले माफी मागे एकपटक फेरि आत्मसमर्पण गर्ने टुंगोमा पुगेका छन्। तर उनीनिकट नेताहरूले भने गोप्य मोर्चाको तयारी गरेको विश्वस्त सूत्रले बताएको छ।

पर्साका सहायक प्रजिअमाथि गोली प्रहार, अंगरक्षकको मृत्यु

पर्साका सहायक प्रजिअ बलबहादुर मल्ललाई आज बिहान १० बजेर १० मिनेट जाँदा वीरगन्जको रानिघाटमा अज्ञात व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा उनका अंगरक्षक आनन्दराज खड्काको मृत्यु भएको छ। मल्ललाई गोलीको छर्रामात्र लागेको हुनाले उनी खतरामुक्त छन्। नागरिकन्युजकर्मी उपेन्द्र लामिछानेले जनाएअनुसार, क्वार्टरबाट कार्यालय जान कारमा चढ्दै गर्दा अज्ञात बन्दूकधारीले हानेको दुई वटा गोली अंगरक्षक खड्कालाई लागेको थियो। गोली लागेका खड्कालाई अस्पताल लाँदालाँदै बाटैमा मृत्यु भएको थियो। मल्ल भने कारभित्र बसिसकेका हुनाले गाडीको शिशा छेडेर छर्रा मात्रै उनलाई लागेको थियो। घटनालगत्तै स्थानीय एफएम रेडियोहरुमा फोन गरी संयुक्त जनतान्त्रिक मुक्ति मोर्चाले यसको जिम्मा लिएको बताइएको छ।

कोइराला परिवारको जग्गाकब्जा गर्ने चेतावनी

विराटनगर, पुस २७ -विराटनगर-७ ब्रम्हपुरा टोलमा रहेको कोइराला परिवारको जग्गामा बस्दै आएका झण्डै ८० परिवारले मोहीयानी जग्गा पाउनुपर्ने अडान राखेका छन्। मोही जग्गा नामसारी नगरिदिए त्यहाँ रहेको कोइराला परिवारको १४ बिघा जग्गा कब्जामा लिने उनीहरुले धम्की दिएका छन्। पुस्तौदेखि सुकुम्वासीहरु उक्त जग्गा भोगचलन गर्दै आएपनि नामसारी गरिदिन कोइराला परिवारले आनाकानी गरेकाले उनीहरुको पूरै जग्गा कब्जा गर्ने मनस्थितिमा पुगेको उपेन्द्र कामतले आइतवार पत्रकार सम्मेलनमा भने। जंगल खनजोत गरी कोइराला परिवारले उपभोग गरिरहेको १४ बिघा जग्गा मध्ये ०४२ सालमा मोहीका नाममा दुई/दुई कठ्ठा जग्गा नापेर छुट्टियाइदिएका थिए। ८० परिवारले भोगचलन गर्दै आइरहेको कोइराला परिवारको करिब चार बिघा घडेरी जग्गा उनीहरुले नामसारी गरिदिन दबाब दिएका छन्। ‘५० औं पटक डेलिगेशन जाँदा पनि आजभोली भन्दै जग्गा पास गरिदिएन'-कामतले भने,‘हरसम्भव प्रयास गर्दापनि कोइराला परिवारले हामीलाई टेरेन।' कोइराला परिवारका सदस्य गिरिजाप्रसाद कोइराला, शेखर कोइराला, प्रकाश कोइराला, उनको श्रीमती नानु कोइराला, नोना कोइराला र सुरेश कोइरालाको नाममा रहेको उक्त टोलको एकसय १५ बिघा जग्गामध्ये सबै बेचेर हाल १४ बिघा मात्र बाँकी छ। जसमध्ये सुकुम्वासीहरुले चार बिघा जग्गा नामसारी गरिदिन दबाबदिदै आएका छन्।

मेरा हरेक पार्ट सेक्सी देखियून् ―रेजिना उप्रेती

रेजिना उप्रेती यतिबेला नाम र दाम दुवै कमाउन सफल नायिकाको रूपमा चिनिन्छिन्। लामो समयदेखि कलाकारिता क्षेत्रमा सक्रिय रेजिना यसै हप्तामात्र कतारमा रहेका नेपालीले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा भाग लिएर नेपाल फर्किएकी छिन्। हरेक विषयमा तार्किक जवाफ दिने र बोल्न निडर रहने रेजिनासँग यसपटक सेक्सका बारेमा कुराकानी गरिएको छ।

सेक्सका बारेमा तपाईंको धारणा?

– यसको बारेमा सबैलाई थाहा छ। मैल केही भनिरहनु नपर्ला।

सेक्सको पहिलो अनुभव बताउन मिल्ला?

– मिडियालाई सार्वजनिक रूपमा त भन्दिनँ! बरु तपाईंलाई छुट्टै भनौँला।

सेक्स मानवीय आवश्यकता हो?

– सायद भगवान्ले जरुरी देखेर नै बनाएको होला। वंश सञ्चालनका लागि आवश्यक चिज हो सेक्स।

उमेरले सेक्स डिमाण्ड गर्दा पूर्ति गर्न के गर्नुहुन्छ त?

– भोक लागेपछि खानुपर्छ भने जस्तै यसलाई पनि त्यही रूपमा लिऊँ न, हुन्न र?

संसारकै महिला सेक्सी को जस्तो लाग्छ?

– मान्छेको आ–आफ्नो हेर्ने तरिका हुन्छ। कोही साडीमा नै सेक्सी दखिन्छन् भने कसैलाई अर्धनग्न कपडा लगाउँदा पनि सेक्सी देखिँदैन। सेक्सी त हेराइमा भरपर्छ जस्तो लाग्छ मलाई।

रेजिना उपे्रतीको चाहिँ कुन पार्ट सेक्सी लाग्छ?

– यो नै भन्ने छैन। म हिरोइन हुँ। त्यसैले पनि मेरो शरीरको हरेक पार्ट सेक्सी देखियून् भन्ने लाग्छ। तर, दर्शकहरूको भनाइमा अनुहार भन्दा मेरो शरीर (बडी) नै सेक्सी छ।

महिलाको कुन अङ्ग सेक्सी लाग्छ?

– यही अङ्ग भन्ने छैन। कसैका आँखा त कसैको गाला अनि कपाल र हाँसोमा पनि सेक्स अपिल हुन्छ। त्यो कुरालाई कसले कसरी ग्रहण गर्छ भन्ने मात्र हो।

नेपाली चलचित्रमा पोख्त एक्सपोजर को हुन्?

– यही भन्ने छैन। त्यो त कुनै निर्देशकले कसरी एक्सपोज गराउँछन् भन्नेमा भरपर्छ।
होइन र?

तपाईंले मन पराएको पुरुषसँग सेक्स गर्न पाउनुभयो भने कुन ठाउँ रोज्नुहुन्थ्यो होला?

– त्यो ठाउँ किन अहिले नै भन्नु र? डिष्टर्भ भइहाल्छ नि।

सेक्स नगरीकन मानिस बाँच्न सक्दैन र?

– किन सक्दैन र। महात्मा, ऋषि मुनिहरू र तपस्वीहरू बाँचेकै थिए नि।

तपाईं आफ्नो सेक्सी भाग कसरी एक्सपोज गर्नुहुन्छ?

– त्यो त मैले भन्न मिल्दैन। निर्देशक र नृत्य–निर्देशकले कुन भाग सेक्सी देखिन्छ र कुन भाग देखाउन कस्तो डे्रस लगाउन दिनुपर्छ भन्ने उनीहरूको सोचअनुसार नै हामीले आफूलाई प्रस्तुत गर्ने हो।

नेपालीमै शपथ खाने अन्तिम निर्णय

काठमाडौं। मधेसवादी दलहरूले अझै हिन्दी भाषाको वकालत गरिरहेका वेला निष्त्रि्कय उपराष्ट्रपति परमानन्द झाले मातृभाषामै शपथ लिन पाउनेगरी संविधान संशोधन भए पनि आफूले अब नेपाली भाषामै शपथ लिने बताएका छन्।
मधेसको पहिलो सम्पर्कभाषा हिन्दी भएकाले आफूले पहिलोपटक हिन्दीमा शपथ लिएको बताउादै झाले नेपाली भाषा तराई(मधेसको दोस्रो सम्पर्कभाषा भएकाले आफूले नेपालीमा शपथ लिने निर्णयमा पुगेका हुन्।

'मलाई नेपाली भाषासाग कुनै भेदभाव छैन, यो सबै नेपालीको राष्ट्र भाषा हो, त्यस कारण नेपाली मेरो पनि राष्ट्रभाषा हो' जनआस्थासाग झाले भने( त्यसैले अब दोस्रोपटक शपथ नेपाली भाषामै लिउँ्क भन्ने सोचाइमा पुगेको छु।' मधेसवादी दलले हिन्दी भाषाकै वकालत गरिरहेका वेला उपराष्ट्रपति झाले आफू फेरि हिन्दी भाषामै शपथ लिने पक्षमा नरहेको जानकारी पनि दिए। मैले हठ गर्नुहुँदैन, हिन्दी तराई(मधेसको सम्पर्क भाषा हो, त्यसमा मैले शपथ लिइसकेको छु, फेरि संविधान संशोधन गरी हिन्दी वा अरू कुनै मातृभाषामा शपथ लिने प्रावधान राखिए पनि पहिले त्यही भाषामै शपथ लिइसकेकाले त्यही भाषामा शपथ लिनु जरुरी छैन। उनले हिमाल, पहाडदेखि तराईसम्मका नेपालीको सम्पर्कभाषा नेपाली भएकाले पनि आफू दोस्रोपटक नेपाली भाषामा शपथ लिन तयार भएको स्पष्टोक्ति दिए।

अन्तरिम व्यवस्थापिका संसद्मा सरकारले मातृभाषामा पनि शपथ लिन पाउनेगरी विधेयक प्रस्तुत गरिसकेको छ। मधेसवादी दलहरूले सो विधेयकले भाषासम्बन्धी समस्या समाधान नगर्ने बताउँदै आएका छन्। उनीहरूले मातृभाषाको छनोट शपथ लिने व्यक्ति स्वयंले गर्न पाउनुपर्ने तर्क राख्दै आएका छन्। उपराष्ट्रपतिको मातृभाषा मैथिली भएकाले उनले मैथिलीमा शपथ लिनुपर्ने केहीले भनिरहेका वेला झाले भने( 'पहिले पनि कसैको दबाबमा मैले हिन्दीमा शपथ लिएको होइन र अहिले पनि नेपालीमा शपथ लिने निर्णय कसैको दबाबमा गरेको होइन।'

एकै ठाउँमा पाँच शिशुको शव फेला पर्‍यो

काठमाडौँ, पुस २२ - काठमाडौँको कुलेश्वरस्थित फोहर फ्याँक्ने स्थानमा करिब चार महिनाका शिशुको पाँच वटा शव फेला परेको छ। विष्णुमति नदी किनारको फोहर फ्याँक्ने स्थानमा प्लास्टिकले पोको पारेर फ्याँकेको अवस्थामा स्थानीय बासिन्दाले शव फेला पारेको नागरिकन्युजकर्मी केपी ढुंगानाले जनाएका छन्। नजिकैका क्लिनिकहरुमा गर्भपतन गरेपछि ती शवहरु फ्याँकिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

मुलुकी ऐन ज्यानसम्बन्धीको महल २८ (ख)ले गर्भ तुहाएको नमानिने अवस्थामा सुरक्षित गर्भपतन गर्न सकिने व्यवस्था मिलाइदिएपछि नेपालमा गर्भपतन गर्नेहरुको संख्या नाटकीय रुपमा बढेको छ। ०६० चैतमा यो गर्भपतनसम्बन्धी कानुन परिवर्तन गरी लागू गरिएपछिको पहिलो वर्ष नै गर्भपतन गर्ने महिलाको संख्या ७ सय १९ पुगेको थियो। छ वर्षको अवधिमा यो संख्या ३ लाख नाघिसकेको तथ्यांक छ। तर विद्यमान कानुनमा पनि तीन महिनासम्मको गर्भलाई मात्र सुरक्षित रुपमा तुहाउन सकिने व्यवस्था छ। त्यसैगरी गर्भवती महिलाको स्वीकृतिबिना र छोरी वा छोरा पहिचान गरेर गर्भपतन गर्न नपाइने व्यवस्था छ। त्यसैगरी अनिच्छित वा अन्य कारणले रहन गएको गर्भलाई सरकारले तोकेको स्वास्थ्य संस्था, चिकित्सक वा स्वास्थ्यकर्मीबाहेकबाट पतन गराउन नपाइने व्यवस्था कानुनमा छ। यस्तो संख्या देशभर २ सय ४५ स्थानमा मात्र छ। बुधबार फेला परेका शव चार महिनासम्मका देखिएकाले अवैध रुपमा त्यसलाई तुहाइएको हुनसक्ने अनुमान गरिएको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी निरीक्षक तुलसी भट्टराईले प्रहरीले यस घटनामा अनुसन्धान गरिरहेको बताएका छन्।

Snake saves family from fire

A Chinese man who nursed a dying snake back to health claims it saved his family by raising the alarm when their house was on fire. Yu Feng, of Fushun, in Liaoning province, found the dying black snake outside his home, reports the Liaosheng Evening Post. "I treated it with herbal medicines, and in 20 days it recovered," he said. He took the snake to a nearby mountain more than a mile away to release it back into the wild - but the next morning it was back at his house.

"I then set it free another two times, but it always came back," Yu added. "People around me said the snake had come back to repay my kindness, so I kept it." He named the snake Long Long and adopted it as a pet - then one night, he claims it saved the whole family. Yu explained: "I was asleep when suddenly I felt something cold on my face. I opened my eyes and it was Long Long. "He had never woken me up before but I was so sleepy I went back to sleep. But Long Long grabbed my clothes with his teeth and whipped the bed with his tail.

"Then he went to my mother's bed and whipped her bed with his tail. I woke up then and smelt something burning, and saw my mother's electric blanket was on fire so I leapt up and turned it off." Local reptile experts say snakes don't have the intelligence to act in this way - but Yu believes Long Long acted out of kindness, to repay Feng for saving his own life.