Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

कोइरालाको स्वास्थ्य परिक्षण सुरु/यस्तो थियो हवाई एम्बुलेन्स

काठमाडौ, काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको सिंगापुरको ग्लेनेगलस् अस्पतालमा स्वास्थ्य परिक्षण सुरु भएको छ । भतिजा डा. शेखर कोइरालाका अनुसार उनको स्वास्थ्य परिक्षण उक्त अस्पतालमा बरिष्ठ चिकित्सक ली काल होको नेतृत्वमा भइरहेको छ । 'उहाँलाई यहाँ पनि देशकै परिस्थितिले पिरोलिइरहनु भएको छ' डा. शेखरले इकान्तिपुरसंग टेलीफोनमा भने, 'उहाँले मेरो परिक्षण छिटो गरिदिनु होला, मलाई छिट्टो र्फकनु पर्नेछ भन्नुभयो ।' कोइरालाका अनुसार कोइराला दिउँसो चार बजे अस्पताल भर्ना भएका थिए । उनलाई सिंगापुरबाटै ल्याईको बिशेष खालको एयर एम्बुलेन्समा शनिबार बिहान सिंगापुर लगिएको थियो । अस्वस्थ भएपछि गंगालाल हृदयरोग केन्द्र भर्ना गरिएका कोइराला केही बिसेक भएपछि सम्पूर्ण परिक्षणको लागि सिंगापुर लगिएका हुन् । ग्लेनेगल विश्वव्यापी पाक्वेहेल्थको सञ्जाल अस्पताल मध्येको हो । ६ सय ८० शैयाको यो अस्पताल स्वास्थ्य उपचारको लागि प्रसिद्ध छ । पार्थवेहेल्थले एशिया, यूरोप, मध्यपूर्वमा गरी १६ वटा अस्पताल सञ्चालन गरिरहेको यसको वेवसाइटले उल्लेख गरेको छ ।
यस्तो थियो हवाई एम्बुलेन्स
आपतकालिन स्थितिमा रोगीलाई हवाई मार्गको माध्यमले चिकित्सा सुविधा भएको ठाउमा पुर्‍याउने काम हवाई एम्वुलेन्सको हो । जीवन रक्षक यन्त्र, औषधि, चिकित्सक सहितको यस्तो एम्वुलेन्स सानो दुरीको लागि हेलिकप्टर वा ठूलो दुरीको लागि सानो प्लेन वा जेट प्लेनको रुपमा हुन्छ । कोईरालालाई जेट प्लेन एम्वुलेन्सले लिएर गएको हो । एयर एम्वुलेन्सवाट न्युनतम समयमा विशेषज्ञ चिकित्सकको निगरानीमा उच्च चिकित्सा सुविधा सहित विशेषज्ञ अस्पतालमा पुर्‍याउन सकिन्छ । एम्वुलेन्समा सवै आवश्यक मेडिकल उपकरण युक्त मिनी थियेटर समेत हुन्छ । विशेषज्ञ, नर्स र सहायकको टोली रोगीको स्याहारको लागि हुन्छ । कोईरालालाई लिन आएको एयर एम्वुलेन्समा श्वास प्रश्वास सम्वन्धि सम्पुर्ण उपकरण थिए । जस्तै अक्सिजन, फेसियल मास्क, नेजेल क्यानुला, ट्राकिनोटोमी मास्क, ईसोफेगल अव्टयुरेटर्स, रेस्पिरेटर्स, एम्वु व्याग आदि । यस्ता उपकरण भने अन्य एयर एम्वुलेन्समा समेत हुन्छ । एम्वुलेन्समा तमाम जीवन रक्षक उपकरण र ओषधिहरु रहने गरेको छ । यसलाई वोलचालमा आइसियु अन एयर पनि भनिन्छ । यस्तै मुटुको लागि हर्ट मोनिटर र डिफाईवि्रलेटर लगायतका उपकरण हुन्छन । यस्तै सक्सन, ईमर्जेन्सी ड्रग किट, आभी सल्युसन र ईनफ्युजन सेट, इन्फ्युजन पम्प लगायत का उपकरण रहने गरेको छ । यस्तै विरामीको प्रकृति अनुसार एयर एम्वुलेन्समा थप उपकरण र विशेषज्ञहरु समेत राखिने गरिएको छ । छिमेकी मुलुक भारतमा आन्तरिक सेवाका लागि समेत एयर एम्वुलेन्सको सुविधा उपलब्ध छ ।

Death toll rises to 15 in Pak

PESHAWAR: The death toll from a suicide car bombing at a police checkpoint in the northwestern Pakistani city of Peshawar rose to 15 on Sunday, police and administrative officials said.The bomber detonated his cache of explosives Saturday as police tried to stop and search his vehicle at a checkpost in the city, which sits on the edge of the Taliban-infested tribal belt and has been beset by suicide attacks."The death toll has risen to 15. Twenty-one injured people are still being treated in the hospitals," said senior Peshawar police official Karim Khan.Peshawar district administration chief Sahibzada Anis confirmed the toll in the blast, the fourth suicide attack in beleaguered Peshawar in a week."Four critically injured people including a child succumbed to their injuries in hospitals," Anis told AFP.The Taliban have claimed responsibility for Saturday's blast and a suicide bombing which killed 17 people Friday at the Peshawar headquarters of the powerful Inter Services Intelligence (ISI) agency.The devastating attacks come as Pakistani troops press on with their most ambitious offensive yet against Taliban militants in mountain strongholds in South Waziristan on the Afghan border.Militants have warned of more strikes to come to avenge the military push.The most devastating bomb attack in Pakistan in two years killed at least 118 people in a crowded Peshawar market on October 28.

माओवादीलाई आन्दोलन घाँडो

झलनाथको सन्देशले माओवादी निराश --
काठमाडौं/भारत भ्रमणवाट फर्केका एमाले अध्यक्ष झलनाथ खनाललले नेपालका माओवादीसँग भारतीय सशस्त्र समुहको शंकास्पद सम्बन्ध रहेकोमा भारत सशंकित रहेको खबर ल्याएपछि आन्दोलनवाट सरकारमा पुग्ने आशा माओवादीले पूर्ण रुपमा त्यागेको छ। सहमतिवाट माओवादीसहितको सरकार बनाउने एमाले अध्यक्ष झलनाथ खनालले भारतीय नेताहरूसँग राखेपछि भारतले खनालसमक्ष यस्तो आशंका गरेको थियो। माओवादीले आफ्नै नेतृत्वको सरकार गठनलाई मुख्य शर्त राखेर पछिल्लो चरणमा नागरिक सर्बाेच्चताको परिभाषा बदलेपछि एमाले अध्यक्ष खनाल पनि सहमतिको निकासका लागि सरकारको नेतृत्व त्याग्नसम्म पनि एमाले तयार रहेको वताउदै आएका थिए। खनालको दिल्ली यात्रालाई नयाँ समीकरणको प्रयासका रुपमा अर्थ्याउनेहरूले पनि खनाल फर्केपछि खनालको नेतृत्वमा नयाँ सरकार गठन हुने वताएका थिए। माओवादीले खनाललाई दिल्लीमा दुतको रुपमा पठाएको र खनालले सकारात्मक सन्देश ल्याउने आशामा रहेको माओवादी पनि निर्णायक भनिएको आफ्नो आन्दोलनको रुप बदलेर रत्यौलीमा बदल्न थालेको थियो। तर, खनालले नेपाल र भारतका माओवादीवीच भौतिक रुपमै हतियार ओसार्नेसम्मको सम्बन्ध रहेको भारतले आशंका गरेको खबर ल्याएपछि माओवादी आन्दोलनवाट सरकारमा पुग्न नसकिने निश्कर्षमा पुगेको हो। भारतमा सशस्त्र युद्ध लडिरहेको माओवादीले नेपालका माओवादी संशोधनवादी धारमा गएर बिग्रेको वताउँदै आए पनि नेपालका माओवादीले आफुले नेपालको शान्ति प्रक्रिया र दलीय प्रतिस्पर्धालाई रणनीतिक रुपमा मात्रै उपयोग गरेको भारतीय माओवादीसमक्ष वताएको कुरा भारतले खनालसमक्ष चासो राखेको थियो। भारत भ्रमण सकेर फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एमाले अध्यक्ष खनालले पत्रकारहरूसँग भने–'नेपाल र भारतका माओवादीको हतियार सप्लाई गर्ने तहसम्मको सम्बन्ध रहेको भारतीय आशंका छ, तर मैले नेपालको भूमी छिमेकी देश विरुद्ध प्रयोग हुन नदिने वताएँ।' खनालले दिल्लीमा गएर पनि नेपालमा भन्दै आएझैं सहमतिका लागि एमाले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको वताएका थिए। भारतीय नेताहरूसँगको भेटमा पनि उनले माओवादीसहितको सरकार गठन गरी नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणलाई निश्कर्षमा पुर्यालउने वताएका थिए। यता मुलुकलाइृ थप अस्थिर बनाउन जोसुकैलाई पनि प्रधानमन्त्री बनाउने प्रस्ताव गर्दै आएको माओवादीले पछिल्लो पटक अध्यक्ष खनाललाई प्रधानमन्त्रीको लालिपप देखाएको वताइन्थ्यो। खनालको दिल्ली भ्रमणपछि निर्णाय लिने मुडका साथ आन्दोलन नरम बनाएको माओवादीले दोस्रो चरणको आन्दोलन सकिएका दिनसम्म पनि नयाँ चरणको आन्दोलनको तयारी गरेको छैन। आन्दोलनको उत्कर्ष वताइएको सिंहदरवार घेराउको अघिल्लो दिन माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले आन्दोलन सहमतिका लागि वताएर उनीहरू आन्दोलनवाट सहमतिमा पुग्ने मुडमा पुगेको संकेत गरेका थिए। 'यो आन्दोलनले सहमति कायम गर्न सकेन भने तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्छाैं' भट्टराईले भनेका थिए। गाउँ गाउँवाट गाडीमा लोड गरेर ल्याइएका कार्यकर्तावाट सधैं नाचगान मात्रका कार्यक्रम राखेपछि माओवादी नेतृत्वलाई पनि आन्दोलन परिणामहिन तर खर्चिलो लाग्न थालेको छ। राजधानीमा ल्याइएका सबै कार्यकर्तालाई खानपिन, र सुत्ने ब्यवस्था पार्टीले नै गर्दै आएको छ। बिहान बेलुका खाने रातभरी सुत्ने र दिनभर मादल बजाएर नाच्ने कार्यक्रमले सरकार परिवर्तन हुन्छ र आफ्नो नेतृत्वमा सरकार बन्छ भन्ने माओवादी कार्यकर्ताहरूमा पनि विश्वास हराउन थालेको छ। उनीहरूले जिल्ला जिल्लावाट आएका कार्यकर्तालाई हाजिर गराएर खाने बस्ने ब्यवस्था गरेका छन् र पार्टी नेतृत्वको अनुमति बेगर फर्के कारवाही गर्नेसम्मको चेतावनी दिएका छन्। आन्दोलनवाट सरकारमा पुग्न सकिंदैन भन्ने भन्ने नेतृत्वको मनोविज्ञान पनि कार्यकर्तामा यति छिटै सञ्चारित भएको छ कि त्यो देखेर माओवादी नेतृत्व पनि छक्क परेको छ। दिउसो आन्दोलनका नाममा नाचगान गर्ने र साँझ परेपछि ठाडै खुट्टाले सत्तारुढ दलहरूका नेताका घर र मन्त्री निवासमा खाना खान जाने नेताहरूको प्रबृत्ति देखेर उनीहरू आन्दोलन देखाउन मात्र गरेको निश्कर्षमा पुगेका हुन्। माओवादीले आन्दोलनको आफ्नो कार्यक्रमलाई जनप्रदर्शनको रुपमा देखाउने अन्तिम निश्कर्ष निकालेका थिए। जस अनुसार उनीहरूले बिहीवारको सिंहदरवार घेराउमा कम्तिमा ३ लाख कार्यकर्ता उतार्ने योजना बनाएका थिए। तर उनीहरूले आयोजना गरेको घेराउमा अपेक्षित जनसहभागित न माओवादीले पाउन सक्यो न काठमाडौ ठप्पै पार्छ भन्ने अनुमान गरिएझैं माओवादीको कार्यक्रममा जनसहभागिता नै देखियो। त्यसैले पनि माओवादी आन्दोलन नामको घाँडो न बिसाउने न बोकेर हिंड्ने अवस्थामा पुगेको छ।

रेखासँग नाचे प्रचण्ड

'म फिल्मकी हिरोइन। उहाँ राजनीतिको हिरो। यो कार्यक्रममा हामी सँगै नाचेर दर्शकलाई मनोरञ्जन दिनेछौं,' नायसका रेखा थापाले यसो भनेपछि प्रचण्ड सजिलै मञ्चतर्फ उक्लिए। र, हिरोइनसँग नाच्न तयार भए।
फिल्म : 'नागरिक सर्वोच्चता'
कलाकार (सकारात्मक) : नेपाली जनता
कलाकार (नकारात्मक) : कठपुतली सरकार र विदेशी दलाल

सट नं १५ - २७
यो 'सुटिङ स्पट' होइन। न त यहाँ सुटिङको तयारी नै हुँदैछ। तैपनि माओवादी सम्बद्ध कलाकारले 'सिंहदरबार घेराउ' कार्यक्रमलाई फिल्म सुटिङ जस्तै बनाउन खोजे। मञ्चको पृष्ठभूमिमा राखिएको 'क्ल्याप बोर्ड'बाट यस्तो संकेत मिल्थ्यो। सिंहदरबार-भद्रकाली सडक माओवादी कार्यकर्ताले भरिएको थियो। दुईवटा मिनीट्रक जोडेर बनाइएको मञ्चमा माओवादी कलाकार र नेता बराबर थिए। र, त्यहाँको माहोल सांगीतिक थियो। कलाकारको बाक्लै उपस्थिति रहेको कार्यक्रममा बोलाइयो हिरोइन रेखा थापालाई। यहाँ उनी नाच्न आएकी थिइनन्। उनको भागमा गाउने जिम्मेवारी थियो। उनी मञ्चमा त आइन्। तर तुरुन्तै गाइनन्। उनले भुइँतिर हेरिन्। जहाँ माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेताहरू रामबहादुर थापा 'बादल', मोहन वैद्य 'किरण' लगायतका अरू धेरै पलेँटी कसेर बसेका थिए। सबैतिर आँखा घुमाएपछि रेखाले शर्त राखिन्, 'म गाउँछु। तर, माओवादी अध्यक्ष प्रचण्डले मलाई नाचेर साथ दिनुपर्छ।' यो शर्तको प्रतिक्रियाप्रति धेरै उत्सुक थिए। 'म फिल्मकी हिरोइन। उहाँ राजनीतिको हिरो। यो कार्यक्रममा हामी सँगै नाचेर दर्शकलाई मनोरञ्जन दिनेछौं,' रेखाले यसो भनेपछि प्रचण्ड सजिलै मञ्चतर्फ उक्लिए। र, हिरोइनसँग नाच्न तयार भए। गीत समेत आफैंले गाउने जिम्मा पाएकी रेखाले न फिल्मको गीत गाइन् न त अन्य कलाकारले जस्तो राजनीतिक। उनले भाका हालिन्,
'लालुपाते नुघ्यो भुइँतिर कि लाउ माया मैतिर कि लाउ उहीतिरनीरा नलाउ दुईतिर...'
रेखाको स्वर 'बेसुर' लागे पनि चर्को तालीमा त्यो दबियो। प्रचण्डले पनि जानी नजानी कम्मर हल्लाएर रेखालाई साथ दिए। कार्यक्रममा यति काम भ्याएपछि सुटिङको कारण देखाउँदै रेखा बाहिरिइन्। प्रचण्ड भने भाषण नसकी हिँडेनन्। माओवादी सम्बद्ध कलाकारको संस्था 'अखिल नेपाल चलचित्रकर्मी संघ'ले अगुवाई गरेको कार्यक्रममा मौसमी मल्ल, सुनीलदत्त पाण्डे, लक्ष्मण शेष, चेतन सापकोटा आदिले आफ्नो कला प्रस्तुत गरेका थिए। युवराज लामा, अशोक शर्मा, दीपक श्रेष्ठ, केपी पाठक, विमल पौडेल लगायतका फिल्मकर्मी कार्यक्रममा उपस्थित थिए।

अश्लिल दृश्य दिएको छैन : करिना

अभिनेत्री करिना कपुरले 'कुर्वान' फिल्मको प्रोमोसनको लागि कुनै अश्लिल दृश्य नदिएको दावी गरेकी छिन्। यो फिल्मको प्रोमोसन पोस्टरमा करिनाको ड्रेस बिनाको ढाड देखिएको छ। थ्रिलर 'कुर्वान'को दृश्य बारे करिनाले भनिन्, 'ढाडमा ड्रेसबिनाको दृश्य र सैफको छातीमा बिसाएको दृश्यले फिल्मको थिमलाई वर्णन गरेको छ।' 'जब वी मेट'पछि यो फिल्म पनि दर्शकले मनपराउनेमा करिनाले विश्वास व्यक्त गरिन्। 'माया, धैर्यता र हिंसाको मिश्रण मानिएको फिल्ममा सबै कुरा छन्'- निर्माता करण जोहरले भने, 'फिल्म हेरेमा दर्शक स्वयंले दृश्यमा अश्लिलता पाउने छैनन्।' करिनाले फिल्ममा प्रोफेसरको भूमिका निर्वाह गरेकी छन्। 'यस फिल्मलाई विशेष मानिनुको कारण, यसमा मैले सुन्दर युवती प्रोफेसरको भूमिका निर्वाह गरेको छु। जो एक साधारण व्यति हो। उनले पहिलो पटक आतंककारीको सामना गर्दछिन्। जसले गर्दा उनको साधारण जिवनमा एक्कासी परिवर्तन हुन्छ।' उनले बताईन्। वास्तवमा 'कुर्वान' एक केटीको स्टोरी हो। फिल्ममा करिना, सैफ अलि खान सहति विवेक ओबरोय, ओम पुरी, किरन खेर र दिया मिर्जाले पनि अभिनय गरेका छन्।

बैठक बहिष्कार, भत्ता स्वीकार

साढे ६ करोड दुरुपयोग -- माओवादी, काङ्ग्रेस, एमाले र मधेसी जनअधिकार फोरमसहितले संविधानसभा निर्वाचनको डेढ वर्षमा राज्य कोषको करिब साढे ६ करोड रकम पारिश्रमिक र भत्ताका नाममा झ्वाम पारेका छन्। संविधानसभा निर्वाचन भएको डेढ वर्षमा करिब दुई महिनाभन्दा बढी सदन अवरुद्ध भएको छ, तर अवरुद्ध गर्नेहरूले पनि संसद् भत्ता भने खाइरहेका छन्। संविधान बनाउनका लागि संविधानसभा र राज्य चलाउने नियम कानुन बनाउनका लागि व्यवस्थापिका संसद्को हैसियतमा काम गर्नुपर्ने मुख्य र तराईका क्षेत्रीय दलहरूले आन्दोलनका नाममा संसद् अवरुद्ध गर्ने तर त्यो अवधिको भत्ताचाहिँ नत्याग्ने लाममर्दो स्थितिका कारण सदन नै बदनाम हुन थालेको छ। गत असोजबाट संविधानसभाका ६ सय १ सभासद्को तलब बढेर मासिक रूपमा करिब ५४ हजार पुगेको छ। विपक्षी दलका नेता, प्रमुख सचेतक, सचेतक, उपनेता तथा संसद्का समितिहरूका सभापतिको तलब भने तोकिएभन्दा बढी हुने गरेको छ। त्यसअघि सभासद्हरूको तलब मासिक करिब ४५ हजार थियो। तलब घटबढ जे भए पनि सभासद्हरूले सदन नचलेको अवस्थामा पनि भत्ता लिइरहेका छन्। तर, दुई महिनासम्म सदन अवरुद्ध गर्न जिम्मेवार रहेको दलको सबै सभासद्ले बिनाकाम राज्यकोष दुरुपयोग गरिरहेका छन्। ६०१ जना सभासद्लाई मासिक तलबकै लागि मात्र राज्यले करिब ३ करोड २५ लाख रकम खर्चिने गरेको छ। दुई महिना सदन बन्द हुँदा त्यसबापत सभासद्हरूले दुई महिनामा करिब ६ करोड ५० लाख रकम संसद्को खाताबाट निकालेका छन्। यसबीचमा सबैभन्दा बढी सदन अवरुद्ध गर्नेको अग्रपङ्क्तिमा एकीकृत नेकपा माओवादी छ भने त्यसपछि एमाले, काङ्ग्रेस र तराईका क्षेत्रीय दलहरू रहेका छन्। एकीकृत माओवादीले सरकार छाडेपछि सुरु गरेको संसद्को अवरोध अझै पनि जारी छ, तर उनीहरूका सभासद्ले मासिक भत्ता भने नियमित रूपमा खाइरहेका छन्। विगतमा सदन बन्दा गर्दा एमाले, काङ्ग्रेस र तराईकेन्द्रित दलका सभासद्हरूले पनि त्यसै गरेका थिए। सदन अवरुद्ध गरेको अवस्थामा मासिक भत्ता लिनु नैतिक रूपमा सही नभए पनि दलहरूले त्यसलाई पचाउँदै आएका छन् र पछिल्लोपटक त्यसको लाभ माओवादीका सभासद्हरूले लिइरहेका छन्। तर, कतिपय सभासद्हरूले संविधानसभा नरोकिएको र त्यसबापत भत्ता खानु जायज भएको (कु)तर्क गरिरहेका छन्। सदन अवरुद्ध हुँदा भत्तासमेत रोकिने कानुनी प्रावधान नबनेका कारण मुलुकको राज्यकोष बिनाअर्थ रित्तिँदै गएको छ। सभामुख सुवास नेम्वाङले दिनहुँ जस्तै संसद्को बैठक राख्ने र स्थगित गर्ने मात्र कार्य गरिरहनुलाई पनि भत्ता पचाउने मेसोको रूपमा लिन थालिएको छ।

सीडीओ पिट्नुको कारण 'व्यक्तिगत पनि'

काठमाडौँ, कात्तिक २५ - कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले दिउँसो पर्साका प्रमुख जिल्ला अधिकारीमाथि गरेको हातपातको विरोधमा सरकारी कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्। राज्यमन्त्रीलाई कारबाही गर्नुपर्ने माग गर्दै नेपाल निजामति कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी महासंघले बुधबारदेखि आन्दोलन थालेका छन्। संगठनले आज दिउँसो कृषि मन्त्रालय घेराउ गरी गृह मन्त्रालयमा काम ठप्प पार्ने जनाएको छ। त्यसैगरी महासंघले दुवै मन्त्रालय घेराउ गर्ने बताएको छ। त्यसैगरी बुधबार पर्सा र बाराका सरकारी कर्मचारीहरुले कामकाज ठप्प बनाएका छन्। पर्साका छिमेकी जिल्लाहरुमा पनि सरकारी कर्मचारीहरु आन्दोलित भएका छन्।

सीडीओ पिट्नुको कारण 'व्यक्तिगत पनि'
कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले दिउँसो पर्साका प्रमुख जिल्ला अधिकारीमाथि जिल्ला प्रशासन कार्यालय परिसरमा हातपात गर्नुको कारण व्यक्तिगत पनि रहेको स्रोतले बताएको छ। स्रोतका अनुसार असोज २१ गते वीरगन्ज भन्सारबाट अवैध रूपमा भित्र्याइएका टायर छोडन प्रजिअ र भन्सार प्रमुखलाई बारम्बार ताकेता गर्दा पनि नछोडेकाले त्यसको आक्रोशमा बेगमले हातपात गरेकी हुन्। वीरगन्ज भन्सारले केही दिनअघि अवैध रूपमा लुकाएर ल्याएको ट्रकका ११ वटा टायर ना३ख ९३५७ नम्बरको ट्रकबाट बरामद गरेको थियो। त्यसलाई छुटाउन बेगमले प्रजिअ र भन्सार प्रमुखलाई दबाब दिएकी थिइन्। उनका श्रीमान वीरगन्ज बाइपास रोडस्थित घरमा टायर रिसोलिङलगायत पार्टपूर्जाको पसल चलाउँछन्।

प्रजिअमाथि हातपात भएपछि बारा जिल्ला प्रशासन कार्यालय र पर्साका सबै सरकारी कार्यालय बन्द भएका थिए। 'यो एकदमै अकल्पनीय र निन्दनीय घटना हो,' स्थानीय निकाय कर्मचारी संघका जिल्ला अध्यक्ष मंकेश्वर ठाकुरले भने, 'यस्ता घटनाले जिल्लाका कर्मचारीको मनोबल घटेको छ।' उनले घटनाको बिरोधमा सडक आन्दोलन गर्ने चेतावनी दिए। जिल्लाका अन्य निजामती कर्मचारी संघसंगठनहरूले यो घटनालाई अमर्यादित र गैरकानुनीको संज्ञा दिदै बुधबारबाट अनिश्चितकालीन आन्दोलन गर्ने बताएका छन्।

वीरगन्जमा आयोजित 'माननीय महिला सभासद्हरूको छात्रा शिक्षा अभियान' अन्तर्क्रियाको प्रमुख अतिथिका लागि आएकी बेगमले सिमरा विमानस्थलमा आफूलाई लिन 'पुरानो पिकअप' पठाएको भन्दै भण्डारीलाई चार झापड हिर्काएकी हुन्। कार्यकर्तासहित सिमरा विमानस्थलबाट जिल्ला प्रशासन कार्यालय पर्सा पुगेकी मन्त्री बेगमले स्वागत गर्न कार्यालय परिसरमा उभिएका भण्डारीलाई उनको कमिजको कलर समातेर झापड हानेकी हुन्। विमानस्थलमा सुरक्षाकर्मीका लागि (स्कटिङ) एक घन्टा कुर्दा पनि कोही नआएपछि प्रजिअलाई फोन गर्दा झर्केको उनले बताइन्। 'सिडियोलाई फोन गर्दा झर्केर म के गरुँ भने, मैले म त्यहीं आएर कुरा गर्छु भनें,' उनले सञ्चारकर्मीहरूसँग भनिन्, 'सिडियो अफिस पुगेर उनले मलाई हेपेको भनें। उनले औंला ठड्याएर के गरुँ त भनी उल्टै प्रश्न गरेपछि मैले चार थप्पड हानें।'

बेगमले जिल्ला विकास समितीको र्स्कोपियो गाडी मागेकी थिइन। तर, त्यो गाडी बिग्रिएकाले बनाउन काठमाडौं पठाइएको प्रजिअ भण्डारीले बताए। उनले कृषि औजार अनुसन्धान कार्यालय वीरगन्जको बा१झ ८१३५ नम्बरको मित्सुबिसी पठाएका थिए।
'स्कोर्पियो गाडीमा सिडिओ चढने? मन्त्री चढ्न नपाउने?' उनले आक्रोशित हुँदै सञ्चारकर्मीमाझ भनिन्, 'मन्त्री ठूलो कि सिडियो ठूलो?' पर्सा- १ बाट संविधानसभामा प्रत्यक्षतर्फ निर्वाचित बेगम फोरम लोकतान्त्रिककी हुन्। उनले यो घटनाबारे प्रधानमन्त्रीदेखि आफ्नो पार्टीसम्मलाई स्पष्टीकरण दिन तयार रहेको बताइन्। प्रजिअ भण्डारीले स्वागत गर्न उभिएको बेला मन्त्री बेगमले एकाएक पिट्न थालेपछि अचम्ममा परेको बताए। 'मैले केही भन्नै पाइनँ,' उनले भने, 'उनले पटापट पिट्न थालिन्।' पिटाइ खाए पनि मन्त्री तथा सभासद् पदको सम्मान गरेर प्रतिकार नगरेको उनले बताए। 'उनले मेरो चस्मासमेत फुटाइदिइन्,' भण्डारीले थपे, 'मन्त्रीले यस्तो कार्य गर्न सुहाउँदैन भन्दा झनै आक्रोशित भइन्।'

आफूले घटनाबारे गृहमन्त्रीलाई तत्काल जानकारी दिएको भण्डारीले बताए। 'मन्त्रीज्यूले मन्त्रीपरिषद्मा कुरा राख्छु भन्नुभयो,' उनले भने, 'प्रजिअलाई नै पिट्नेले जिल्लाका अन्य कर्मचारीलाई के गर्लान्?'घटनालाई बेगमकै दल फोरम लोकतान्त्रिकले 'अशोभनीय' भन्दै बुधबार बस्ने पार्टी बैठकमा गम्भीर छलफल हुने जनाएको छ। घटनाबारे मंगलबार दिउँसो प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता जितेन्द्र देवले जुनसुकै बहानामा पिटेको भए पनि उक्त कार्य 'अशोभनीय' रहेको बताए।

सीडीओलाई सँधै सत्कारको सास्ती
आफ्नो उचित मनितो नगरेको भनी कृषि राज्यमन्त्री करिमा बेगमले पर्साका सिडिओ दुर्गाप्रसाद भण्डारीलाई कुटेपछि जिल्ला जाने ठूलाबडाको सत्कार कसको जिम्मेवारी हो भन्ने प्रश्न उब्जिएको छ। क्षेत्रीय प्रशासक, सिडिओ तथा प्रहरी प्रमुखहरूले मन्त्री र कार्यकर्ताको सत्कारमै समय, साधनस्रोतको दुरुपयोग भइरहेको भन्दै केन्द्रमा गुनासो गरिरहे पनि अहिलेसम्म सुनुवाइ भएको छैन। जिल्ला गएका भिआइपीहरूको सुरक्षाको मात्रै जिम्मा भए पनि व्यवहारमा सम्पूर्ण आतिथ्य सिडिओले गर्ने गरेका छन्। सरकारले उक्त शीर्षकमा रकम उपलब्ध नगराउने हुँदा पाहुनाको आतिथ्यमा लाग्ने लाखौं रकम विकासे, जनसम्पर्क र राजस्व कार्यालयहरूसँग गुहार मागेर जोहो गर्ने चलन छ। गृह मन्त्रालयका सहसचिव प्रेमकुमार राईका अनुसार सुरक्षाको प्रबन्ध मात्र कार्यक्षेत्र भए पनि गाडी, खानपान, बासको व्यवस्था सिडिओले नै गर्नुपर्ने अवस्था छ। 'अरु कार्यालयसँग मागेर काम चलाउनुपर्ने र आधा समय स्वागत/बिदाइमै खर्च भएको भन्दै व्यापक गुनासो आइरहेको छ,' सिडिओ सम्मेलन र मन्त्रालयमा हुने बैठकहरूमा उठ्ने मुद्दाबारे जानकारी गराउँदै उनले भने।

गृहका अनुसार झापा, मोरङ, जनकपुर, पर्सा, मकवानपुर, चितवन, रुपन्देही, बाँके, कैलाली, कास्की, काभ्रेपलाञ्चोक, इलामलगायतका सिडिओ पाहुनाबाट आजित छन्। मन्त्री, संवैधानिक पदाधिकारी र विशिष्ठ श्रेणीका कर्मचारीहरूको जिल्ला भ्रमण तय हुनेबित्तिकै सम्बन्धित मन्त्रालयले गृहमार्फत सिडिओलाई सुरक्षालगायत प्रबन्ध मिलाउन अनुरोध गर्ने गरेको छ।
'जिल्लामा काम गर्ने वातावरण नबिग्रोस् भनेर पनि सिडिओहरू अरु निकायलाई हारगुहार गरेर सेवा उपलब्ध गराउन बाध्य छन्,' राइले भने, 'यसले भ्रष्ट्राचारलाई बल पुर्‍याइरहेको छ।' प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मन्त्री, अरु उच्चपदस्थले दैनिक भ्रमण भत्ता बुझ्ने र 'बलजफ्ती' प्रशासक/प्रहरीको पाहुना लाग्ने गरेका छन्। जिल्ला भ्रमणमा जाँदा मन्त्रीहरूले हवाइजहाज टिकट, होटल खर्च बिलअनुसार र दैनिक भत्ता ७ सय ५० रुपैयाँ पाउँछन्। स्रोतका अनुसार बिनाविभागीय राज्य र सहायकमन्त्रीहरू जिल्ला गएर हप्तौं कर्मचारीको पाहुना लाग्ने र हज्जारौं भत्ता दाबी गर्ने प्रवृत्ति देखिएको छ। बिनाविभागीय मन्त्री लक्ष्मणलाल कर्णले गृह जिल्ला पर्सा गएको भनी अघिल्लो महिना दैनिक भत्ताबापत एकमुष्ठ ६० हजार भुक्तानी मागेको बिषय मन्त्रिपरिषद्मा अझै चर्चामा छ।

मन्त्रीका कार्यकर्ता र ठूलाबडा कर्मचारी परिवार पनि सिडिओ, प्रहरी र जिल्लाका अन्य कार्यालय प्रमुखका लागि थप बोझ हुने गरेका छन्। 'सरकारसँग भत्ता लिने अनि मन्त्री तथा आसेपासे पाहुनाको ओइरो लाग्दा काम प्रभावित भएको गुनासो गृहमार्फत मन्त्रिपरिषद् समक्ष समेत आइरहेको छ, तर केही पनि निर्णय हुन सकेको छैन,' सचिव लिलामणि पौडेलले भने, 'वीरगंज घटनापछि केही नगर्ने हो भने जाडो महिनाभरि तराईका हाकिमको काम पाहुना पाल्ने मात्र हुन्छ।' पाहुनाको चापले भएको हैरानीबारे सिडिओ तथा प्रहरीले सोमबार पनि गुनासो गरेका थिए। मकवानपुरमा फास्ट ट्रयाकको उद्घाटन समारोहमा गएका मन्त्रीहरू, मुख्य सचिव र सचिवहरूसँग मध्यमाञ्चल डिआइजी नवराज ढकालले 'सानोतिनो कार्यक्रमको निहुँ पारेर हुने मन्त्रीहरूको भ्रमणले आजित बनाएको' बताए। 'हामी मन्त्रीहरूलाई स्कटिङ गर्दाको लगबुक बनाउँछौ। कम्तीमा त्यही विवरणअनुसार इन्धन उपलब्ध गराइदिनुपर्‍यो,' ढकाललाई उद्धृत गर्दै एक सचिवले भने, 'तेल माग्न हात फैलाउँदा फैलाउँदा हैरान भैसकियो।'

सुजाता फेरि सनक्क

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य एक्कासि धेरै नै गम्भीर भएपछि उहाँको उपचारबारे छोरी सुजाता कोइराला र चिकित्सकबीच विवाद भएको छ। बुधबार सिंगापुरका लागि उड्नुपर्ने कोइराला स्वास फेर्न कठिन हुनेगरी थलिएपछि हिजो सहिद गंगालाल अस्पतालमा भर्ना गरिएपछि अबको उपचार रणनीतिबारे छलफल गर्न डाक्टरहरूले कोइराला परिवारका दुई सदस्यलाई पनि बैठकमा साथै राखेका थिए। वातानुकूलित कक्षबाट बाहिर निकाले डेढ घन्टाभन्दा बढी समय कोइरालाका लागि सहज नहुने निष्कर्ष निकाल्दै डाक्टरहरूले सबै विधि र उपाय अवलम्बन गरेर यहीँ उपचार गर्ने निर्णय गरेपछि उपप्रधानमन्त्रीसमेत रहेकी सुजाताले असहमति जनाएकी थिइन्। उनले कोइरालालाई सिंगापुर लैजाने अड्डी कसिन्। भतिजा डा. शेखर कोइराला साथमा भए पनि उनले डाक्टरहरूलाई नै निर्णय गर्ने जिम्मेवारी दिनुपर्ने तर्क गरेका थिए।
अस्पतालको भिभिआइपीकक्ष जहाँ कोइरालालाई राखिएको थियो, त्यसको ठीक बाहिरको कक्षमा हिजो अपराह्न साढे चारदेखि भएको यस्तो छलफल सवा पाँचसम्म चलेको थियो। निकैबेर सुजाताले सिंगापुर नै लैजाने जिद्धी गरेपछि डाक्टरहरूले तपार्इं आफ्नो खुसी गर्नुहोस् भनिदिएका थिए। यो सबै सुनिरहेका बिरामी कोइरालाले अत्यन्तै अवरुद्ध स्वरमा सुजातालाई जिद्धी नगर्न भनेपछि उनी चुप लागेकी थिइन्। कोइरालाको उपचारमा संलग्न डाक्टरहरू भगवान् कोइराला, अर्जुन कार्की, मनबहादुर केसी, जगदीश अग्रवाल, यादव भट्ट, दिवाकर शर्मा र अस्पतालका निर्देशक अरुण मास्केसम्मिलित सो बैठकमा सुजाताले जिद्धी गर्दा डाक्टरहरूले परिस्थिति बुझ्न नचाहेको भन्दै 'ल लैजानूस्' भनी उठ्न खोजेका थिए। स्रोतका अनुसार, अस्पताल प्रशासनसँग यसअघि नै सुजाता रिसाएकी थिइन्। भिभिआइपीकक्षमा बिरामीका आफन्तहरू पुग्नका लागि अस्पतालले व्यवस्था गर्नुपर्ने पासका लागि शेखरको नाम भए पनि सुजाताको नाम दिइएको रहेनछ। उनी दिउँसो सो कक्षमा छिर्न खोज्दा अस्पतालका सुरक्षाकर्मीले रोकिदिएका थिए। त्यसपछि उनले ठूलै हल्ला मच्चाएका कारण पछि अस्पताल प्रशासनले उनका लागि विशेष पासको व्यवस्था गरिदिएको थियो।
यसैबीच, भाइरल ज्वरोका कारण थलिएका प्रधानमन्त्री माधवकुमार नेपालले हिजै कोइरालाको स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकहरूसँग कोइरालाको स्व्ास्थ्य अवस्थाबारे परामर्श गर्नुभएको छ। यही कात्तिक २८ गते विश्व खाद्य शिखर सम्मेलनमा भाग लिन इटालीको रोम जाने कार्यक्रम तय गर्नुभएका प्रम नेपालले सो कुराकानीपछि आफ्नो विदेशभ्रमण रद्द गर्ने निर्णय गर्नुभएको छ। स्रोतका अनुसार प्रम नेपालले कोइरालाका डाक्टरहरू अर्जुन कार्की र भगवान् कोइरालासँग निकै लामो परामर्श गर्नुभएको थियो। अपराह्न भएको यो कुराकानीपछि प्रम नेपालले मुख्यसचिव माधव घिमिरेलाई बोलाई सरकारका तर्फबाट कोइरालाको स्वास्थ्य लाभको कामनाका लागि अस्पताल जान निर्देशन दिएबमोजिम नै घिमिरे अस्पताल पुगेका थिए। यसैगरी व्यक्तिगत तवरमा कोइरालालाई भेट्न नेता र मन्त्रीहरूका अलावा सेनापति छत्रमानसिंह गुरुङ, पूर्वसेनापति रुक्मांगद कटवाललगायतका अधिकांश व्यक्ति पुगेका थिए।
स्रोतका अनुसार फोक्सोमा पानी जमेको र उमेरले पनि वृद्ध भइसक्नुभएका कारण प्रमका निजी चिकित्सकसमेत रहेका डाक्टर कार्कीले कुनै जादुमय उपचार हुन सकोस् भन्ने आशा प्रधानमन्त्रीसमक्ष व्यक्त गरेका थिए। उपचारखर्चबारे कुनै चिन्ता नलिन प्रधानमन्त्रीले आश्वस्त पार्नुभएको बताइएको छ। त्यसो त गंगालाल लैजानुअघि पनि सिंगापुर जाँदाको उपचारखर्चबारे सुजाताले हिजै बिहान प्रधानमन्त्रीसँग कुराकानी गरेकी थिइन्। जति लागे पनि सरकारले खर्च गर्ने प्रधानमन्त्रीले बताएपछि त्यही अनुसार सहयोगीहरूसमेत लैजाने उनको योजना थियो। स्रोतका अनुसार कोइरालाका पूर्व निजी डाक्टर मधु घिमिरेले पनि एक साताअघि कोइरालालाई भेटेर सिंगापुरमा उपचारको व्यवस्था मिलाउने भन्दै उतै आउन सल्लाह दिएका थिए। डा. घिमिरे नेपाल छाडेपछि सिंगापुरमा बसी काम गरिरहेका छन्। युरोपेलीस्तरको औषधि उपचार गर्न सकिने भन्दै उनले कोइरालाको सिंगापुर यात्राको बाटो देखाइदिएका थिए। तर, अकस्मात्को कठिनाइका काराण कोइरालाको त्यताको यात्रा यसपटक सम्भव भएन। कोइरालाले आफू बिरामी अवस्थामै रहे तापनि सिंगापुर उड्नुअघि हिजो बिहान १० बजेका लागि नेपाली कांग्रेसका सिनियर नेताहरूलाई बोलाई राजनीतिक वार्ता गर्ने र निर्देशन दिने कार्यक्रम राख्न लगाउनुभएको थियो। कांग्रेसका नेताहरू कोइरालानिवासमा जम्मा हुने क्रम जारी रहेकै अवस्थामा कोइरालालाई अस्पताल लैजानुपरेको हो। स्रोतका अनुसार कांग्रेसभित्रको राजनीतिबाट कोइराला निराश र उत्तेजित दुवै हुुनुहुन्थ्यो। 'नेताहरूलाई गाली गर्ने मनसाय उहाँको थियो, तर अस्पताल भर्ना हुनुपरेपछि त्यो सम्भव भएन,' कोइरालानिवास स्रोतले जनआस्थालाई बतायो। यसअघि गत बिहीबार कोइरालाले रामचन्द्र पौडेल, सुशील कोइराला र शेरबहादुर देउवालाई बोलाउनुभएको थियो, तर उहाँहरू कार्यव्यस्तता भन्दै नगएपछि कोइरालाको उत्तेजना बढेको थियो। स्रोतका अनुसार नेताहरू नआएपछि कोइरालाले भतिजा शेखर कोइरालासँग 'तिमीहरू यो पार्टी हाँक्न सक्छौ?' भनी सोध्नुभएको थियो। शेखरले तपाईंलाई सन्चो छैन सानुबुबा, अलि ठीक भएपछि सल्लाह गरौँला नि! भन्दाभन्दै कोइरालाले आँट गर्न नसक्ने भन्दै कराउनुभएको थियो।