नक्कली नोट छाप्ने कारखानामा प्रहरी छापा

ठूलो संख्यामा नेपाली र भारतीय नोट बरामद, भारतीय नागरिक पक्राउ-
काठमाडौँ, पुस ९ (नागरिक)- ललितपुरको बाँडेगाउँमा नक्कली नोट छाप्ने कारखानामा प्रहरीले छापा मारेको छ। घटनास्थलमा ठूलो परिमाणमा नेपाली तथा भारतीय नोट र नक्कली नोट छाप्ने मेसिननसहित एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको नागरिकन्युजकर्मी केपी ढुंगानाले महानगरीय प्रहरी आयुक्तका प्रमुख मदन खड्कालाई उद‍धृत गर्दै जनाएका छन्। एआईजी खड्काका अनुसार विशेष सुराकीका आधारमा ललितपुर प्रहरी परिसरका एसपी विक्रम थापाको कमान्डमा घटनास्थललाई चारैतिरबाट घेरा हाली प्रहरीले छापा मारेको थियो। घटनास्थलबाट प्रहरीले भारतीय नागरिक जहाँगिर सेख हकितलाई नियन्त्रणमा लिएको छ। प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको र भोलि पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गर्ने बताएको छ।

No comments:

Post a Comment