राज्यमन्त्री बेगमद्वारा पुरानो गाडी दिएको भन्दै प्रजिअ माथी हातपात

विरग्रज, कात्तिक २४। कृषी तथा सहकारी राज्यमन्त्री करिमा बेगमद्वारा पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाराज भण्डारीमाथी पुरानो गाडी दिएको भन्दै हात पात गरेकी छिन्। गृह जिल्ला पुगेकी बेगमलाई कार्यकर्ताहरु समेत अट्ने ठूलो र राम्रो गाडी नदिएको भन्दै फोहरी गाली गर्दै कुटपीटमा उत्रिएकी हुन्। बिहारीशैलीमा आक्रमण गरेको कर्मचारीहरुले आरोप लगाएका छन्। कर्मचारीहरुले मन्त्री बेगमको कुटपिटको विरोधमा जिल्ला प्रशासन कार्यालयमा कामकाज ठप्प पारेका छन्। कर्मचारीका अनुसार जिल्लामा रहेको देशकै ठूलो मध्येको भन्सार नाकाबाट पैसा असुल्नका लागि रहेक दिन जसो दुई तीनजना मन्त्रीहरु जिल्लामा आइरहने हुँदा मोटर, खाना आदिको व्यवस्थामा नै प्रजिअको समय जाने गरेको छ भने मोटर पनि एक अर्कोलाई दिदाँदिदै सरसफाइ गर्नेसमेत गर्न नपाइने गरेको छ।

No comments:

Post a Comment